थारुद्वारा चार बुंदे मांग ५ दिनभित्र पूरा नभए निर्ण्ाायक आन्दोलनको चेतावनी

Posted on
  • Mar 3, 2009
  • by
  • mukesh
  • in
  • बन्दको दोश्रो दिन तर्राईको जनजीवन प्रभावित
    वीरगंज, २० फागुन/ थारु कल्याणकारी सभाले विभिन्न मांग राख्दै आह्वान गरेको तीन दिने मधेश बन्दको दोस्रो दिन बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित भएको छ।
    आज पनि वीरगंज बजारमा बन्दको कुनै प्रभाव नपरे पनि लामो तथा छोटो दूरीका सवारीसाधनहरू ठप्प भएका छन्। औद्योगिक कोरिडोरमा रहेका उद्योग, कलकारखानाहरू पनि बन्द भएका छन् ।
    यसैवीच थारु जातिलाई आदिबासी नभनी मधेशी भनेको विरोधमा आज थारु समुदायले सडक अवरुद्ध गरेका थिए। आज बिहान ७ः४५ बजे जीतपुर-३ बीरगंज-पथलैया सडकखण्डमा करिब २५/३० जनाको एक समूहले अवरुद्ध गरेका हुन्। बिहान ८ः२० बजे सडक सुचारु भएको थियो ।
    त्यसैगरी थारुहरुलाई मधेशीकरण गर्न पाईदैन भन्दै थारु र्समर्थक बिद्यार्थीहरु
    आज बिहान ९ बजे चितवनको रत्नगर-३ स्थित शहिद स्मृती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका थिए। करिब १५० जना बिद्यार्थीहरुले टांडी चोकमा बिहान ९ः२५ बजेदेखि सडकमा टायर बालेर बाटो अवरुद्ध गरेको प्रहरीले जनाएको छ।
    त्यसैगरी आज बिहान १० बजे रौतहट, जुडिबेला गा.वि.स.-९ मा एक समूहले ना.३.ख.७०७ नं.को बसकोे सिसा फुटाएका हुन् भने अन्य क्षति नभएको तथा प्रहरीले घटनास्थलमा पुगी छानबिन गरिरहेको छ।
    यसैगरी आज बिहान ७ः२० बजे हरिपुर-९ नवलपुर मलंगवा सडकखण्डमा पर््रदर्शनकारीले सडकमा ढुंगामुढा तर्ेसाई बाटो अवरोध गरेका छन्।
    यसैवीच थारु कल्याणकारिणी सभाले नेपाल सरकार समक्ष विभिन्न चारबुंदे माग राख्दै पांच दिन भित्र यी मांग पूरा नभए तर्राईका थारु लगायतका आदिवासी समुदायहरुले निर्ण्ाायक आन्दोलन गर्ने चेतावनी दिएको छ।
    आज थारु कल्याणकारी सभा केन्द्रीय समिति एक प्रेस विज्ञप्ति जारी गरी अन्तरिम संविधान तत्काल संशोधन गरी तर्राईका आदिवासी समुदायलाई मधेसी वर्गबाट हटाएर उनीहरुको स्वतन्त्र पहिचानको संवैधानिक ग्यारेन्टी र आदिवासीको अधिकार र सुविधा मधेसी वर्गले पाउने अवस्थाको अन्त्य, अन्तरिम संविधानको आधारमा तराइका आदिवासी समुदायको अधिकार मधेसी वर्गलाई दिन ल्याइएको अध्यादेश फिर्ता, आदिवासी समुदायले पाउनर्ुपर्ने विभिन्न किसिमका रोजगारी, आरक्षण तथा अन्य सुविधा मधेसी समुदायलाई दिन बन्द गरियोस्, आदिवासी समुदायको हक अधिकार र आरक्षण मधेसी समुदायले होइन स्वयं आदिावसी समुदायले पाउने ग्यारेन्टि, तर्राईका आदिवासी समुदायलाई मधेसी समुदायमा राखी मधेसीकरण गर्ने, तर्राईका आदिवासी समुदायको जातिय पहिचान र अधिकार समाप्त पार्ने सरकारी अभियान सदाका लागि अन्त्य गरिएको घोषणा लगायतको मांग रहेको उल्लेख छ।
    विज्ञप्तिमा अधिकार प्राप्तिका लागि तर्राईका थारु तथा विभिन्न आदिवासी समुदायले गर्ने आन्दोलनलाई गलत मोड दिन, आन्दोलनलाई लक्षबाट भड्काउन विभिन्न घुसपैठिया तत्वहरु सक्रिय हुनेतर्फसबैले सचेत हुन जरुरी छ भन्दै प्रहरी दमन गरेर पहाडी-मधेशी गठबन्धन शासकवर्गले आन्दोलनलाई विकृत बनाउने प्रयाश गर्दै आएको र ेविराटनगर लगायतका विभिन्न ठाउंमा सत्तासीन मधेसी जनअधिकार फोरमका कार्यकर्ता तथा उनीहरुद्धारा परिचालित भिजिलान्तेहरु पनि आदिवासी समुदायको आन्दोलनमा दमन गर्न उत्रिएको आरोप लगाएका छन्।
    बन्दको क्रममा आदिवासी आन्दोलनलाई निस्तेज पार्ने उद्देश्यले घुसपैठिया शक्तिहरुले एम्बुलेन्स, प्रेस तथा अन्य अत्यावश्यक सेवामा आक्रमण गर्ने गरेको पाइएको छ भन्दै तर्राईमा हुने आदिवासी आन्दोलनका क्रममा प्रेस, एम्बुलेन्स, दमकल, कुटनीतिक नियोग, तथा अन्य अत्यावश्यक भनी किटान भएका सेवाका सवारी साधनमा आक्रमण नगर्न थारु कल्याणकारिणी सभा सबैमा अपिल गर्दै गलत तत्वहरुले कान्तिपुर पब्लिकेसनका प्रकाशनहरु जलाउने काम गरेको प्रति थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले भर्त्सना गरेका छन्।

    बम विस्फोट, १ जना घाइते, १ पक्राउ


    वीरगंज, २० फागुन/ बम विस्फोट हुंदा एकजना घाइते भएका छन् भने बम विस्फोटको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
    मंगलवार राति ८ः१५ बजे वी.उ.म.न.पा.-११ स्थित रामविनय शाहको घरको भित्तामा अज्ञात व्यक्तिले सुतली बम पड्काउंदा सोही ठाउं बस्ने बर्ष२५ कोे अभयकुमार गुप्ताको हातमा र्छरा लागी र्घाईते भएका हुन्।
    घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने घटनास्थलबाट र्सलाही, भेली-३ बस्ने राम केबल राउतलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    कुटपिटको विरोधमा सडक अवरुद्ध


    वीरगंज, २० फागुन/ कुटपिटको विरोधमा टयाक्टर चालकले बीरगंज-पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।
    आज बिहान ११ः३० बजे ना.१.त.३६०२ नं.को. ट्याक्टर चालकलाई कवाडीको कर उठाउने बिषयमा जि.वि.स. ढांटवालाले कुटपिट गरेको बिषयमा विवाद हुंदा ट्याक्टर चालकहरुले परवानीपुरमा सडकमा ट्याक्टर तर्ेसाई बाटो अवरोध गरेको थिए।

    मन्दिरको परिक्रमा गर्दागर्दै मृत्यु

    महोत्तरी, २० फागुन/ रामजानकी मन्दिरको परिक्रमा गर्ने क्रममा एक अपरिचित व्यक्तिको मृत्यु भएको छ।
    आज बिहान १०ः२५ बजे लोहापट्टी-४ स्थित रामजानकी मन्दिर अगाडी परिक्रमा भेलामा सहभागी यात्रुमध्ये नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ४०/४५ वषर्ीय एक अधवैशेको परिक्रमा गर्ने क्रममा मृत्यु भएको हो। घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ।

    अवैध सम्बन्धबाट जन्मिएको दुइ सन्तानको हत्या

    रामेछाप, २० फागुन/ अवैध सम्बन्ध राखी जन्मिएको दर्ुइ सन्तानको हत्या गरेको आरोपमा प्रहरीले दर्ुइजनालाई पक्राउ गरेको छ।
    मंगलवार बिहान ७ः३० बजे रामेछाप, बेताली-९ बस्ने ४० वषर्ीया बिष्णुमाया सुनुवारले सोही ठाउं बस्ने धन बहादुर भुजेलसंग अवैध सम्बन्ध राखी २ सन्तान जन्माएर मारेको समाचार प्राप्त भएको छ।
    घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    दर्ुघटनामा परी तीनजना घाइते

    र्सलाही, २० फागुन/ र्सलाही र धादिङको छुट्टाछुट्टै स्थानमा सडक दर्ुघटनामा परी तीनजना घाइते भएका छन्।
    आज बिहान ९ः४० बजे हरिवन-६ नयँंरोड नजिकै ज.२ प.२०४३ नं.को मोटरसाइकलले सोही स्थानको वडा नं. ४ बस्ने बर्ष१६ को नवराज उपे्रतीलाई ठक्कर दिंदा उनी घाइते भएका हुन्।
    यसैगरी मंगलवार दिउंसो ३ः१५ बजे हरिवन-९ मा बा.१ ज.९४०७ नं.को माईक्रोबसबाट खसेर वरथवा-५ बस्ने बर्ष६० को नथुनी साह गम्भीर र्घाईते भएका हुन्।
    घाइतेद्वयको उपचार नमुना अस्पताल हरिवनमा भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।
    यसैवीच मंगलवार राति ९ बजे धादिङको थाक्रेे गा.वि.स.२ नजिकै बा.१.ख. ५५१८ नं.को ट्रकले ठक्कर दिंदा मकवानपुर-८ निवासी बर्ष२५ को सुब्बा थिङ गम्भीर घाइते भएका छन्। घाइतेको उपचारको लागि काठमाडौं पठाइएको छ भने बस र चालकको खोजीकार्य भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    0 comments: