माओवादी चौथो डिभिजनमा जनसेना भर्ना सुरु
हरि शर्मा
नवलपरासी फागुन २०। माओवादीले जनसेनामा नयां भर्ती खोलेपछि नवलपरासीको चौथो डिभिजनमा पनि सेना भर्ना कार्य शुरु भएको छ।
माओवादी सेनाको हेडक्वार्टरले भर्ना शुरु गर्न शिविरहरुलाई निर्देशन दिए अनुरुप माओवादी चौथो डिभिजनमा भर्ना शुरु गरिएको हो।
भर्नाका लागि मूख्य शिविर र सहायक शिविरवाट फारम वितरण शुरु भएको चौथो डिभिजनले जनाएको छ। ३ हजार ७८ माओवादी सेना रहेको चौथो डिभिजनमा १ हजार ६ सय दरवन्दी खाली भएपछि भर्ना शुरु गरिएको चौथो डिभिजनका कमाण्डर यमवहादुर अधिकारी ँप्रतिक्षा’ले वताए। युद्धकालमै छपाएका फारमवाट भर्ना फारम लिन शुरु गरिएको छ।
चौथो डिभिजन अर्न्तगत नवलपरासीको मुख्य शिविर झ्यालटुंगा डांडा, कावासोतीको हात्तिखोर, रामनगरको जर्गाहा र रुपन्देहीको सैना मैना सहायक शिविरवाट भर्ना फारम वितरण शुरु गरिएको प्रतिक्षाले वताए। शुरुमा अनमिनले अयोग्य ठहराएका सेनाहरुलाई लिइने र त्यसपश्चात अन्यलाई भर्ना लिने चौथो डिभिजनले जनाएको छ । फारम भने अयोग्य ठहराएका र अन्य नयांलाई पनि उपलव्ध गर्राईएको बताईएको छ। अनमिले योग्य ठहराएका माओावादीका १९ हजार ६ सय २ लडाकुहरु हाल ७ मुख्य र २१ सहायक शिविरमा रहेका छन्। अनमिनले पहिलो पटकको दर्तामा ३१ हजार ३ सय १५ रहेका माओवादी सेनाका लडाकुहरु मध्ये दोश्रो प्रमाणिकरणमा १२ हजार ६ सय ४८ लाई अयोग्य ठहराएको थियो भने माओवादी सेनाले ११ हजार ७ सय लाई भर्ना गर्ने जनाएको छ।
धमलाको फोक्सोमा इन्फेक्सन
दिपेश केसी
काठमाडौं, २० फागुन/ रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको फोक्सोमा इन्फेक्सन देखिएको छ। आज वीर अस्पताल पुर्याइएका उनको स्वास्थ्यजांचका क्रममा इन्फेक्सन देखिएको हो।
स्वास्थ्योपचारमा संलग्न डा.बलराम थापाका अनुसार धमलालाई निमोनियाको संकेत देखिएको छ। फोक्सामा इन्फेक्सन भएको भन्दै औषधी खान सुझाव दिइएको छ। उनको मुटुमा समेत समस्या देखिएको छ। हाल पर्ुपक्षका लागि भन्दै डिल्लीबजार कारागारमा राखिएका धमला लामो समयदेखि अस्वस्थ थिए। नेपालगञ्जमा दर्ुघटनामा परेदेखिनै उनको फोक्सामा समस्या देखिएको हो।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्षलाई प्रशंसा पत्र
वीरगंज, २० फागुन/ भारत सरकारका केन्द्रीय रसायन मन्त्री रामविलास पासवान र दलित जनजाति पार्टर्ीी अध्यक्ष एवं संविधानसभा सभासद विश्वेन्द्र पासवानले संयुक्तरुपमा साझा राष्ट्रिय महाधिवशेनमा विशेष सहयोग पुर्याएवापत् रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्तालाई अभिनन्दनसहित प्रशंसापत्र प्रदान गर्नुभएको छ।
मधेशी शहदि पार्क वीरगंजमा दलित जनजाति पार्टर्ीी जनवर्गीय संगठनहरुले दर्ुइ दिनेसाझा राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा भेला भएका १० सौं हजार नरनारीका बीचमा अध्यक्ष गुप्तालाई आज दिउंसो प्रशंसा पत्र प्रदान गरिएको हो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment