जनमुक्ति सेनाको संख्या ३२ हजार पुर्‍याउछौं-पासाङ

Posted on
  • Jan 30, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, १७ माघ । नेकपा माओवादीको जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङले जनमुक्ति सेनाको संख्या ३२ हजार पुर्‍याउने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले नेपाली सेनाले सैन्यभर्ती नरोकेकाले दरबन्दी पर्ूर्ति गर्न आफूहरुले पनि आवश्यक प्रक्रिया थाल्ने बताएका हुन् ।
    'वृहत शान्ति सम्झौतालाई पालना गर्ने हो भने नेपाली सेनाले भर्ती तत्काल रोक्नर्ुपर्छ ,' पासाङले चेतावनीका साथ भने,'सेनाले सम्झौता पालना गर्दैन भने हामी पनि दरबन्दी पर्ूर्ति गर्न भर्ना खोल्न वाध्य हुनेछौं ।' आफूहरुसंग ३२ हजार जनमुक्ति सेनाको दरबन्दी रहेकोमा हाल १९ हजार मात्र रहेकाले पूर्ति गर्न प्रक्रिया थाल्ने बताए । जनमुक्ति सेनाले वृहत शान्ति सम्झौता पालना गर्दै आएको दाबी गर्दै नेपाली सेनालाई उल्लंघन गर्नबाट रोक्न सरकारले कडा निर्देशन दिनुपर्ने बताए । नागरिक सरकारको निर्देशन सेनाले निशर्त पालना गर्नुपर्ने उनको भनाई थियो ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै पासाङले नेपाली सेना नयां राजाबाट नियन्त्रित हुनथालेको बताए । यद्यपि नयां राजा को हुन् भन्नेबारे बोल्न चाहेनन् । उनले भने,'नेपाली सेना नयां राजाहरुको नियन्त्रणमा छ ।' प्रधानसेनापति रुक्माङ्गत कटवालले मनोमानी गर्न थालेको आरोप लगाए । शान्ति सम्झौताको विपरित जान खोजेको भन्दै अगाडि भने,'सरकारको निर्देशन नमान्ने जोकोहीमाथि कारबाही गर्नुपर्छ ।'
    नेपाली सेना र जनमुक्ति सेनालाई जुधाउने षड्यन्त्र भइरहेको भन्दै सचेत हुन आग्रह गरे । उनले भने,'दिग्गज नेताहरुनै सेना र जनमुक्ति सेनालाई जुधाउने अभ्रि्रायका साथ शान्ति सम्झौता विपरित बर्बराउन थालेका छन् ।' जनमुक्ति सेनालेकै कारण गणतन्त्र स्थापना भएको र नेताहरु जेलबाट मुक्त भएको उनको दाबी थियो ।
    वृहत शान्ति सम्झौतामा सैन्यभर्ती नगर्ने विषय स्पष्ट उल्लेख भएको बताउदै त्यसलाई पालना नगरिए मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने खतरा औल्याए । शान्ति प्रक्रिया निष्कर्षमा नपुगुन्जेल भर्ना गर्न नपाइने र गर्नुपरे पनि द्विपक्षीय सहमतिबाट सम्झौता परिर्वतन गरी गर्न सकिने भन्दै भर्तीबारे अर्को सहमति बनाउनुपर्ने बताए । नेपाली सेना र जनमुक्ति सेना अर्को द्वन्द्व सृजना गर्ने पक्षमा नभएको भन्दै अनावश्यक रुपमा द्वन्द्व नबढाउन चेतावनी दिए । सेनाको संख्याबारे सुरक्षा नीति आउन लागेको भन्दै त्यसलाई कर्ुन आग्रह गरे । सुरक्षानीतिअनुरुप सेनाको संचालन र संख्या निर्धारण हुने उनको भनाई थियो ।
    नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले नेपाली सेनाले खाली रहेको दरबन्दी पर्ूर्ति गर्न पाउने जिकिर गरे । सैन्यभर्तीलाई अनावश्यक विवादको विषय नबनाउन आग्रह गर्दै भने,'९५ हजार दरबन्दी रहेकोमा खाली दरबन्दी पर्ूर्ति गर्न पाउनर्ुपर्छ ।' माओवादीका लडाकु र नेपाली सेनालाई एउटै कोटामा राखेर हर्ेन नमिल्ने बताए । नेपाली सेना राष्ट्रको सेना हो भन्दै माओवादी पार्टर्ीीे सेनालाई त्यही ढंगबाट हर्ेन नसकिने बताए । सहमति र सहकार्यको राजनीति विपरित द्वन्द्व बढाउने बाटोमा माओवादी बढेको आरोप लगाए । माओवादीको पछिल्लो व्यवहार हैकमवादी र र्सवसत्तावादी रहेको आरोप लगाए । माओवादीका लडाकुले गरेर देशमा गणतन्त्र नआएको बताउदै भने,'माओवादीको लडाकुका कारण हामी जेलमुक्त भएका होइनौं, नेपाली जनताको बलले नेपालमा जनआन्दोलन सफल भएको हो ।'
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली सेनामा भर्ती रोक्ने भन्ने शान्ति सम्झौतमा उल्लेख नभएको बताए । नेपाली सेनाले खोलेको भर्तीको विरोध गर्नुको तुक नरहेको बताउदै अगाडि भने,'खाली रहेको दरबन्दी पूरा गर्न राष्ट्रिय सेनाले भर्ना खोलेको हो, यसमा अनावश्यक विवाद सृजना गर्नुको ओचित्य छैन ।' संविधानमै नेपाली सेना र माओवादी लडाकुको अलग अलग व्यवस्था रहेको भन्दै माओवादीले सेनाको नियमित प्रक्रियामा अवरोध उत्पन्न गराउन नमिल्ने जिकिर गरे । नेपाली सेना र माओवादीका लडाकुलाई समान स्तरमा राख्न नमिल्ने बताए । सबैका सबै माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नमिल्ने भन्दै समाजका अन्य क्षेत्रमा पनि समायोजन गर्न सकिने बताए ।
    गम्भीर हुन आग्रह गरे ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमतिका साथ सेना समायोजन र व्यवस्थापनलाई सम्बोधन गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई गति दिए र संविधान निर्माणमा जुट्न आग्रह गरे ।

    0 comments: