एसएलसीमा यतिधेरै बिषय

Posted on
  • Feb 26, 2009
  • by
  • mukesh
  • in
  • चैत महिनामा शुरु हुने एस्ाएलसी परीक्षामा सय भन्दा बढी बिषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यलय सानोथिमले जनाएको छ । यसरी परीक्षा सामेल हुने बिद्यार्थीहरुलाई तिनीहरुले अध्ययन गरेको बिद्यालयको आधारमा तीन बर्गमा बिभाजन गरिएको छ । सामान्य, सस्कृत र बेद गरी तीन थरीका बिद्यालयहरुमा अध्ययन गरिएका बिद्यार्थीहरुको लाग्ाि तीन बर्ग्र्ाार्न्तगतका बिषयहरुमा एसएलसी परीक्षा सम्पन्न हुदैछ ।
    सामान्य बिद्यालयका बिद्यार्थीहरुले ६ वटा अनिबार्य बिषयमा परीक्षा दिनु पर्दछ । अंग्रेजी, नेपाली, गणित, बिज्ञान, बाताबारण जनसंख्या तथा स्वास्थ्य र सामजिक शिक्षा बिषयका परीक्षाहरु सामान्य बिद्यालयका बिद्यार्थीहरुको लागि अनिबार्य बिषय अर्न्तगत राखिएका हुन ।
    यस बाहेक सामान्य बिद्यार्थीहरुले दुइ वटा ऐच्छिक बिषयहरुको परीक्षा दिनु पर्दछ । पहिलो ऐच्छिक बिषयमा हाल तीस वटा बिभिन्न बिषयहरु मध्ये एउटा बिषयमा बिद्यार्थीले परीक्षा दिन पाउछ । यो बिषयलाइ तीनवटा समूहमा बिभाजन गरिएको छ । जस अनुसार भाषा समूह अर्न्तगत २२ वटा बिषयको परीक्षा लिने ब्यबस्था पनिकाले गरेको छ । नेपाली, अंग्ा्रेजी, प|mेञ्च, रसियन, जर्मन, स्पेनिस, चाइनिज, हिन्दी, जापानी, बंगाली, उर्दु, तिब्बतीयन, संस्कृत, ग्रीक, ल्याटिन, अरेबिक, परसिय, ह्रि्रु, मैथिली, नेपालभाषा, अवधी, भोजपुरी भाषाका प्रश्न पत्र पनिकाले तयार पारेको छ । दोश्रो समूह अर्न्तगत मानबिकीका बिषयहरु समाबेश गरिएको छ । हाल यो समूहमा ७ वटा बिषयहरु राखिएका छन । इतिहास, भुगोल, नागरीक शास्त्र, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या र बातावरण बिज्ञान यो समूह परेका बिषयहरु हुन । तेश्रो समूहमा गणित समूह अर्न्तगत एउटै मात्र बिषय अतिरीक्त गणित हो ।
    दोश्रो ऐच्छिक बिषय अर्न्तगत ब्यबसायिक बिषयहरु राखिएका छन । यो बिषय अर्न्तगत २३ बिषयहरु राखिएका छन । यसमा समाबेस गरिएका बिषयहरुमा कृषि, शिक्षा, कार्यलय सञ्चालन तथा लेखा, कम्प्युटर बिज्ञान, गृहबिज्ञान, बेतबास शिक्षा, संगीत, बाद्यबादन तथा नृत्य, चित्रकला, बास्तुकला, हस्तकला, खाद्यबिज्ञान, बस्त्र सिलाइबुनाइ, लेखा परीक्षण, टाइपिङ, फोटोग्राफी, आयुरबेद, प्राकृतिक चिकित्सा, योग शिक्षा, पत्रकारिता, स्वास्थ्य तथा शरिरीक शिक्षा, औद्योगिक शिक्षा र प्रारम्भिक बाल शिक्षा हुन । यी मध्ये फोटोग्राफी बिषयको प्रश्न पत्र तयार भइरहेको भए पनि परीक्षार्थी नरहेका बुझिएको छ । अरु बिषयहरुमा पनि ज्यादै कम मात्रा परीक्षार्थीहरु रहेका छन । दोश्रो ऐच्छिक बिषयको रुपमा धेरैले लेखा बिषय छान्ने गरेका छन ।
    सस्कृत बिद्यालयका बिद्यार्थीहरुले पढ्ने पाँच वटा अनिबार्य बिषयहरु सामान्य बिद्यालयका बिद्यार्थीहरुको बिषयहरु न हन । सस्कृत बिद्यालयका बिद्यार्थीहरुको लागि छैठौ अनिबार्य बिषय भने अनिबार्य सस्कृत राखिएको छ । सस्कृत बिद्यार्थीहरुले सामान्य बिद्यार्थीहरले पढ्ने अनिबार्य बाताबरण जनसंख्या तथा स्वास्थ्यको सट्टामा अनिबार्य संस्कृत पढ्छन ।
    सस्कृतका बिद्यार्थीहरुले प्रथम ऐच्छिक बिषयमा ६ वटा मध्येबाट एउटा छान्न पाउछन् । यस अर्न्तगत बेद, ब्याकरण, न्याय, ज्योतिष, साहित्यर नितीशास्त्र जस्ता बिषयहरु राखिएका छन । द्धितीय ऐच्छिक बिषय समूहमा एघार बिषय राखिएका हुन । कर्मकाण्ड, आर्युबेद, फलित ज्योतिष, योग शिक्षा, प्राकृतिक शिक्षा, गृह बिज्ञान, अतिरीक्त गणित, शिक्षा, कम्प्युटर बिज्ञान र तिब्बतीय शिर्षका बिषयहरु संस्कृत बिद्यार्थीहरुको लागि दोश्रो ऐच्छिक बिषयको रुपमा राखिएको छ ।
    त्यसै गरी बेद बिद्याश्रामका बिद्यार्थीहरुले पाँच वटा अनिबार्य बिषयको परीक्षा दिनु पर्दछ । अनिबार्य नेपाली, अनिबार्य सामाजिक शिक्षा, अनिबार्य गणित, अनिबार्य सस्कृत ब्याकरण तथा अनुबाद र अनिबार्य संस्कृत भाषा तथा साहित्य बेद बिद्याआथमका बिद्यार्थीहरुका लागि कायम गरिएका अनिबार्य बिषयहरु हुन ।
    बेदका बिद्यार्थीहरुले तीन वटा ऐच्छिक बिषयको पढाइ गर्नु पर्दछ । प्रथ्ाम ऐच्छिक बिषयमा नितीशास्त्र र बेद गरी दुइ बिषय राखिएको छ । द्धितीय ऐच्छिक बिषयमा कर्मकाण्ड र फलित ज्योतिष राखिएको छ । तृतिय ऐच्छिकमा ८ वटा बिषय समाबेश गरिएकोछ । यस अर्न्तगत आयुरबेद, ब्याकरण, योग शिक्षा, ज्योतिष, न्याय, तर्क सङग्रह, प्राकृतिक चिकित्सा र तिब्बतीय भाषा समाबेश गरिएको छ ।
    एसएलसीमा राखिएका केही बिषय समय सान्दर्भिक नभएको र अरु महत्वपर्ुण्ा बिषयहरु समाबेश गर्न नसकिएको शिक्षाबिदहरुको भनाइ रहेको छ ।
    - रविन राचलिका हरीत समूह भक्तपुर


    नेपाली अखबारका दयनीय वेभसाइट

    भक्तपुर, १५ फागुन/ बिश्व जगतलाइ निकै सजिलोसंग समाचार प्रवाह गर्न सकिने वेभसाइट माध्यम नेपाल दयनीय अवस्थामा गुज्रिरहेको छ । नेपाल प्रेस काउन्सिले हालै प्रकाशित गरेको प्रतिबेदनमा नियमित प्रकाशित हुने अखवारको सुची समाबेश गरिएको छ । सो सुचीमा राखिएका ती अखवारहरुको वेभसाइटको निरीक्षण धधध।नभयअष्तष्भक।अomरनचभभलतभamयचन ले गरेको छ । नेपाली अखवारहरुका वेभसाइटहरुको वर्तमान स्थिति बुझ्न गरिएको सो अध्ययनमा अधिकास वेभसाइट दयनीय अवस्थामा पाइएको छ । ती वेभसाइटको अवस्थालाइ सात बर्गमा बिभाजन गरिएको छ ।
    वेभसाइट अबलोकन वा भ्रमण गर्न नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवा भक्तपुरमा प्रयोग गरिएको हो । सामान्य वेभसाइट, बिल अथवा पैसा नतिरेका, झुठा, गलत ठेगाना, अपडेट नगरिएका, खोल्न नसकिएका र अन्यायया परेका वेभसाइट भनी सात बर्गमा बिभाजन गरिएको छ ।
    सामन्य भनेर अवलोकन गर्न सहज रहेका वेभसाइटलाइ जनाएको अधिकास वेभसाइट यस वर्गमा परेका छन । गोरखापत्र, कान्तिपुर, नेपाल समाचार पत्र, लगायतका अखवारहरुको वेभसाइट यस बर्गमा परेका छन ।
    बिल नतिरेका भनेर बर्गिकरणमा परेका अखवारहरुको वेभस्ााइट ब्राउज गर्दा वेभहोष्टले पैसा नतिरेका हुदा ती वेभसाइट निलम्बित भएको जानकारी गराएको थियो । यस बर्गमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष श्री नारायण प्रसाद शर्माले सम्पादन गर्ने गरेको दाङबाट प्रकाशित हुने नयाँ युगबोध दैनिक पनि परेको छ । भक्तपुरमा छापिने समय समाज साप्तिाहिक, त्रिशुली समाचार, युगसम्वाद साप्तिाहिक लगायतका अखवारका वेभसाइट यस बर्गमा परेका छन ।
    केही अखवारहरुले अरु कसैको वेभसाइटलाइ आफ्नो भन्न्ो गरेको छ । यस किसिमका अखवारहरुलाइ झुठा वेभसाइट अर्न्तगत बिभाजन गर्ने गरेको छ । यस बर्गमा पर्ने अखबारहरु मध्ये नारायणमान बिजुक्छेको फोटो छाप्ने मजदुर दैनिक पनि हो । काभ्रे टाइम्स साप्ताहिक, नेशनल न्युज साप्ताहिक, नयाँ रुपरेखा साप्ताहिक, श्री कमाण्डर दैनिक, स्वाभिमान साप्ताहिक लगायतका अखवारहरुलाइ झुठा वेभसाइट दिने अखवार भनी बर्गीकरण गरिएको हो ।
    गलत ठेगाना भनेर प्रेस काउन्सिलको प्रतिबेदनमा दिइएको वेभस्ााइट खोल्दा ब्राउजर त्यस किसिमको ठेगाना भएको वेभ्ासाइट नभएको जानकारी दिएको अखवारको वेभसाइट भनी परिभाषित गरिएको हो । गलत वेभसाइट दिने अखवारहरु श्रमिक साप्ताहिक बारा दर्पण साप्ताहिक, बिश्वजागरण साप्ताहिक, क्यानभास साप्ताहिक, सञ्जीबनीपत्र दैनिक, जनप्रहार साप्ताहिक लगायतका हुन ।
    केही वेभसाइट धेरै पटक प्रयास खोल्न प्रयास गर्दा पनि खुल्न सकेका छैनन । यसरी खुल्न नसकेका अखवारहरुलाइ खौल्न नसकिएका अखवारका वेभसाइट पनि बर्गीकरण गरिएको हो । यसरी खोल्न नसकिएका वेभसाइटहरु जनकपुर टुडे दैनिक, काभ्रेपोष्ट साप्ताहिक लगायतका हुन ।
    धेरै समय सम्म पनि अपडेट नगरिएका वेभसाइटहरुले वेभस्ाइटका दर्शक पुरानै सुचना पश्रिहेका छन । यसरी वेभसाइट अपडेट नगर्ने अखवारहरुमा क्राइम रिपोर्टर सन्ध्याकालिन दैनिक, नेपालभुमि साप्ताहिक, साँघु साप्ताहिक, लम्जुङ आवाज, स्वबिबेक साप्ताहिक, समाधान साप्ताहिक लगायत हुन ।
    काउन्सिलले केही अखवारका वेभसाइट ठेगाना नै आफ्नो प्रतिबेदनमा गलत छापेको छ । यसरी काउन्सिलका खराब नियत भएका ब्यक्तिहरुको कारण ती अखवारहरु अन्यायमा परेका छन । अन्यायमा परेका अखवरहरुलाइ न्याय दिन काउन्सिलले र्सार्बजनिक सुचना प्रकाशित गरी माफी मागेर गल्ती ससोधन गर्नु पर्दछ । काउन्सिलले भञ्ज्याङ दैनिक, लोकबानी साप्ताहिकलाइ न्याय दिन माफी माग्ोर गल्ती संसोधन गर्न अति आबश्यक छ । काउन्सिलले वेभसाइट भएर पनि केही अखवारका वेभसाइट ठेगाना प्रतिवेदनमा समाबेश गरेको छैन । ती वेभस्ााइटहरु पनि यसै बर्गमा राख्न सकिन्छ । काउन्सिलको गल्तीको कारण सामान्य वेभसाइटको बर्गमा पर्नु पर्ने अखवारहरु पनि अरु बर्गमा परेको हुन सक्छ ।
    सामान्य भनेर बिभाजन गरिएका वेभसाइटहरुले आफुलाइ अझ बिकास गर्नु पर्दछ । अरु बर्गका वेभसाइटहरु परिमार्जन गरी बिश्वका कुनै पनि स्थानबाट आफ्ना प्रकाशनहरु पाठकहरुलाइ पढ्न सजिलो पार्न आबश्यक देखिन्छ । -रविन राचलिका हरीत समूह भक्तपुर

    खेलकुद प्रतियोगिता सम्पन्न

    ताप्लेजुङ, १५ फागुन/ शिबरात्रीको अवसरमा ताप्लेजुङको पाथीभारा मन्दिरको प्रचार प्रसारको लागि बिबिध खेलकुद कार्यक्रम आयोजना गरिएको छ । फागुन १२ गतेदेखि १५ गते सम्म प्रतियोगिता आयोजना भएको हो । पाथीभारा देबी मन्दिरसम्म पुग्ने पदमार्गको प्रबद्ध.नको लागि लामो दुरीको दौड पनि प्रतियोगितामा सामेल गरिएको छ । महिला र पुरुषको छुट्टाछुुट्टै प्रतिस्पर्धामा १२५ जना धावकहरुले भाग लिएका छन ।
    दौड प्रतियोगिता पाथीभार मन्दिर परिसरबाट शुरु भएर फुङलिड बजारमा आएर सम्पन्न भएको छ । दौडमा बिजय हुने धावकहरु मध्ये पुरुषमा प्रथम, द्धितीय र तृतिय हुनेलाइ क्रमश रु ४० हजार, रु ३० हजार र रु २० हजार प्रदान गरिएको छ । त्यसै गरी महिलाहरु मध्ये प्रथम हुनेलाइ १५ हजार रुपियाँ, दोश्रो हुनेलाइ १५ हजार रुपिया र तेश्रो हुनेलाइ १० हजार रुपिया राशिकोे पुरस्कार दिइएको छ । प्रतियोगितामा ब्याडमिन्टन र भलिबल खेलको पनि प्रतिस्पर्धा भएको छ । -रविन राचलिका हरीत समूह भक्तपुर

    बुद्धको जन्मभुमिमा कपिलबस्तु महोत्सब


    बुटवल, १५ फागुन/२०११ सालको पर्यटन बर्षा बुद्धलाइ केन्दूबिन्दु बनाएर कपिलबस्तु जिल्लामा पाँच लाख बिदेसी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यो लक्ष्य साकार पार्न जिबिस कपिलबस्तुले फागुन १९ गते देखि २८ गते सम्म कपिलबस्तु रंगशालामा कपिलबस्तु महोत्सब २०६५ आयोजना गरेको छ ।
    बेलाबेलामा बुद्धको जन्मस्थानको बारेमा हुने बिबादको स्थायी समाधान महोत्सबमा खोजिने आयोजकहरुले बताएका छन ।
    महोत्सबमा कपिलबस्तुबाट उत्पादित बिबिध सामग्रीहरु पर््रदशन गरिएको छ । यस बाहेक आयात गरिएका बिद्युतिय समाग्री र सवारी साधन पनि दर्शकहरुले अवलोकन गर्न पाउछन ।- रविन राचलिका हरीत समूह भक्तपुर

    नेमकिपाको दरवारमा खानेपानीको समस्या

    भक्तपुर, १५ फागुन/ नेमकिपाको मुख्य कार्यलय रहेको गोल्मढी दरवारको अगाडि पट्टी रहेको धारामा पानी थाप्नको लागि असख्य भाडाहरु राखिएको देख्न सकिन्छ । धारा नजिकै आधुनिक घरहरु बनाउदा प्राचिन ढुङगेधारको मुहान सुके पछि हाल सो धारामा सरकारी पानी अडाले पाइपलाइ मार्फ पानी बितरण गरेको छ । तर पनि पानी आउने समय निश्चित नहुदा पानी थाप्न बस्नेहरुको पनि दिनभर उपस्थिती देखिन्छ ।
    खानलाइ पानी नभए पनि धाराबाट पानी झर्ने बितिकै स्थानीय केटाकेटीहरुलाइ लोला र प्लाष्टिक बाँडेर लोला हान्नलाइ स्थानीय राजनितिक कार्यकर्ताहरुले उक्साउने गरेका छन । बाटो हिड्ने तन्नेरी उमेरका युवायुवती लोला आतंकको कारण त्रसित देखिएका छन । यसरी खानेपानीको दुरुपयोग गर्ने बालबालिकालाइ अभिभाबकले सचेत गरेको पनि पाइदैन ।
    शुरुमा आफैले लोला आतंक सिर्जना गरेर पछि लोलाको बिरुद्धमा जुलुश र बिरोध गर्न दलका कार्यकर्ता तयारी गरिरहेका छन ।-रविन राचलिका हरीत समूह भक्तपुर

    0 comments: