चरम लोडसेडिङका कारण स्वास्थ्य क्षेत्र प्रभावित

Posted on
  • Feb 25, 2009
  • by
  • mukesh
  • in


  • मुकेश बस्नेत
    वीरगंज, १४ फागुन/ चरम लोडसेडिङका कारण स्वास्थ्य सेवा अस्तव्यस्त हुन पुगेको छ। बारा, पर्सर्ाा रहेका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरू लोडसेडिङको मारमा परेका छन्। बिरामीहरूले समयमै उपचार नपाएपछि ठूलो जनधनको क्षति बेहोरिरहेका छन्।
    वीरगंजमा रहेको नारायणी उपक्ष्ँेत्रीय अस्पताल, प्रसूति गृहमा उज्यालो हुञ्जेल जेनेरेटर चल्दैन। अन्य निजी अस्पतालहरू कृष्णा, एएमसी, नेशनल मेडिकल कलेज, वीरगंज आंखा अस्पताल, शाह नर्सिङ होम लगायत निजी क्लिनिकहरूले महंगो इन्धन खरिद गरेर जेनेरेटर चलाइरहेका छन्। जेनेरेटरबाट ध्वनि प्रदूषण हुंदा बिरामीहरू थप मर्कामा परेका छन्। र्इनर्भटर बिग्रिने, दिनहुं ब्याटि्र मरम्मत गर्नुपर्ने समस्याले स्वास्थ्य क्षेत्र प्रताडित भएको छ।
    अस्पतालमा रहेका इमर्जेन्सी, मेडिकल, र्सर्जिकल, चिल्ड्रेन, आइसीयू, वर्न, गाइने, वार्डहरूमा रहेका उपकरणहरू लोडसेडिङका कारण प्रयोगविहिन भएपछि रोगी विरामीहरूको उपचार गर्न कठिनाइ भइरहेको नाउक्षे अस्पतालमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भन्छन्,- ँसांझ ५ बजेपछिमात्र जेनेरेटर चल्छ, विरामीहरूले उपचार गराउन विद्युतको बाटो पर्खिनुपर्ने बाध्यता छ।’
    लोडसेडिङका कारण एक्स-रे, भिडियो एक्स-रे गर्न सकिंदैन। निजी क्लिनिकहरूमा महंगो मूल्य तिरेर एक्स-रे गर्न बाध्य भएका छन् यहांका बिरामीहरू। त्यस्तै नुमुलाइजर नचलेपछि शिशुहरूलाई समयमा उपचार गराउन सकिदैन। जटिल शल्यक्रिया, प्रसूति सेवा, सक्सन मेशिनहरू सबै विद्युतमै निर्भर भएको चिकित्सकले गुनासो गरेका छन्।
    ल्याब, कल्चरल, किडनी फङसन, आइसीयूमा रहेका कार्डियन मोनिटर लगायत उपकरणहरू पनि लोडसेडिङका कारण चल्न सकेका छैनन् । ग्यांस प्लान्ट उद्योगहरूले पर्याप्त अक्सिजन उत्पाद नगर्दा अक्सिजनको अभाव छ। ब्लड बैंकमा रक्त सञ्चित गर्ने प्रिmज, टिटानस, रेबिज लगायत भ्याक्सिनहरू तथा अन्य औषधिहरू लोडसेडिङका कारण बिग्रिने संभावना बढेको छ।
    अस्पतालबाट निस्केका फोहर, प्रदूषणहरूलाई उचित व्यवस्थापन गर्ने इन्सिनेटर चल्न नसकेपछि अस्पताल दर्ुगन्धित भएको छ। अस्पतालमा पानी, बिजुलीको सुभल पहुंच हुन नसकेको अस्पतालमा कार्यरत कर्मचारीहरूले गुनासो गरेका छन्।

    0 comments: