महान् चाड बडा दशैं आजदेखि सुरु

Posted on
  • Sep 30, 2008
  • by
  • mukesh
  • in

  • बीरगंज, १४ असोज/नेपालीहरूको महान् चाड बडा दशैं आजदेखि सुरु भएको छ ।
    दशैंको पहिलो दिन आज घटस्थापना पूजा कोठा तथा दशैंघरमा विधिपर्ूवक दीयो, कलश र गणेशको पूजा गरी माटोको पर्ूण्ा घडामा गाईको गोवरले लिपेर जौं र मकै रोपेर घटस्थापना गरिन्छ । तर्ीथबाट ल्याएको माटोमा वैदिक विधिपर्ूवक पंचधातु एवं पंचपल्लव राखी पूजा गरिन्छ ।
    बडा दशैंको पहिलो दिन आज घटस्थापनाको साइत बिहान ७ बजेर ४९ मिनेटदेखि आठ बजेर एक मिनेट जांदासम्म रहेको भए पनि दशैं टीकाको स्पष्ट साइत ननिस्किएको ज्योतिषीहरूले बताएका छन् । दशैंको प्रारम्भसंगै दशैंका लागि किनमेल गर्ने र आ-आफ्ना घरतर्फजाने क्रम तीव्र भएको छ ।वहानै सवेरैदेखि भगवतिको दर्शनका लागि भक्तजनहरुको घुंइचो माइस्थानस्थित गहवा माइ मन्दिरमा लागेको छ ।
    नवरथा प्रारम्भ भएको छ । प्रत्येक हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो घरमा र मठमन्दिरमा शक्तिको प्रतीक घटस्थापना गरी जमरा राखेका छन् । महाकाली भगवतीको पूजा उपासना गरि नौ दिनसम्म नौवटा दर्ुगा भवानीको पूजा र शक्तिको उपासना गरिन्छ । मन्दिर नै मन्दिरको देश नेपालका सवै मन्दिरमा दसैंको घटस्थापना देखि पूर्णर्ीमासम्म भव्यताका साथ पूजाआजा गरिन्छ । मन्दिरमा दर्शन गर्ने भक्तजनहरूको भीड लाग्ने गर्दछ ।
    पर्सर्ााजल्लाका ऐतिहासिक भगवति मन्दिर विन्दवासिनी, गहवा, माई, आमो देवी, राजदेवी, बौधी माई, कुमारी माई, विर्ता माई, राधेमाई, गुलाइची माईमा भक्तजनहरूको भीड सबेरैदेखि लागेको छ ।
    सम्पर्ूण्ा शक्तिपीठमा पुगेका भक्तजनहरूले असत्य र अन्याय माथि विजय हासिल गर्न सकियोस, अभावबाट सम्पन्नतातर्फपुग्न सकियोस भन्ने कामना सहित शक्तिको उपासना गर्दछन् । श्रीमहाकाली, श्री महालक्ष्मी र श्री महासरस्वतीको उपसना गर्दै
    ँया देवी र्सवभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ भनेर सम्पर्ूण्ा जीवहरूमा शक्तिरूपले विराजमान देवीको बार बार नमस्कार गरिन्छ । चण्डीपाठ पढीन्छ ।
    विजया दशमीलाई राष्ट्रिय चाडका रूपमा सवै वर्ग, समुदाय र जातजातिले मनाउने गर्दछन् । आसुरी शक्तिमाथि विजय हासिल गरेको खुशीयालीमा मनाइने किम्वदन्ती बोकेको दसैं चाडमा घटस्थापनाको सातौ दिनमा दशैं पूजाकोठामा फूलपाती भित्र्याइन्छ । आठौ दिनलाई महाअष्टमी अर्थात कालरात्री भनिन्छ । जमरा राखेको कोठामा नवदर्ुगा भवानीको प्रतीकमा बली चढाइन्छ । बलिका रूपमा बोका, हांस, कुखुरा, परेवा, रांगा दिने परम्परा छ । नवमीको दिन कन्या पूजा गरिन्छ । १० औं दिनलाई विजया दशमी भनिन्छ र दर्ुगा भवानीको प्रसादको रूपमा मान्यजनका हातबाट दहि, अबिर, अक्षता मिलाएर बनाएको रातो टिका, र जमरा लगाई सुस्वास्थ्य, दिर्घर्ाा सम्पन्नता, ऐर्श्वर्य, किर्ती प्राप्तिका लागि आर्शिवाद लिइन्छ । टिका थाप्ने र आर्शिवाद लिने काम पूणिर्माको दिनसम्म चलेर दसैं पर्व सम्पन्न हुन्छ । सेल, रोटी, मिर्ठाई, मासु, च्यूरा, मासुभात, फलफूल भगवतीको प्रसादका रूपमा खाने, दसैंको दिन टिका लगाउदा नयां कपडा लगाउने, पिङ खेल्ने गरिन्छ । विभिन्न स्थानमा दसैं मेला दसैं महोत्सव लाग्दछ । दसैंको शुभकामना दिने प्रचलन छ ।
    दसैमा मालाश्रीको धुनले मानिसको मनलाई शक्तिपीठहरूतर्फडोर्‍याउछ । नेपालका शक्तिपीठहरूमा पुस्तादेखि कोजाग्रत पूणिर्मासम्म ढुंगाको पूजा आजा गरिन्छ । जमरा थाप्दै आर्शीवाद लिइन्छ ।
    माता दर्ुगा मंगल, कल्याण तथा आनन्दकी प्रतीक पनि हुन् । दसैंमा शक्तिपीठहरूमा देवीको पूजाआजा गर्ने चलन छ भने काठमाडौं उपत्यकामा गुह्येश्वरी, शोभा भगवती, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, रक्तकाली, दक्षिणकाली, नरदेवीमा धुमधामका साथ पूजा-आजा, भजन-किर्तन गर्दै सप्तमिदेखि दशमीसम्म बली चढ्ने शक्तिपीठहरूमध्ये संकटा, हनुमानढोकास्थित मातृशक्तिका रूपमा परम्परादेखि पूजा गरिदै आएकी तुलजा भवानीको मन्दिरमा अष्टमी र नवमीका दिन भव्य पूजा गरिन्छ । दसैंको एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर भक्तजनहरूका लागि नवमीका दिन खुला गरिन्छ ।
    घटस्थापनाको दिन दर्ुगा भवानीको विधिपर्ूवक पूजा आराधना गरेर जमरा राखेपछि प्रत्येक दिन देवीको स्त्रोत्र पाठ गर्दै पूजा गरिन्छ । सप्तमीका दिन फूलपाती भित्र्याइन्छ । त्यसदिन गोरखाबाट फूलपाती ल्याएर हर्षबर्ढाईका साथ हनुमान ढोकामा भित्र्याउने चलन छ । अष्टमीका दिन पूजा आजा गरेर सांझ कालरात्री गरिन्छ । यसरी हर्षोल्लासका साथ मनाइने हिन्दुहरूको महान पर्व बडादसैं शरद ऋतुमा पर्ने भएकोले पनि चिसो हावा, पारिलो घाम एवं स्वच्छ मौसमका कारण पनि थप रमाइलो हुन्छ ।

    0 comments: