११ औ राष्ट्रिय पोलियो अभियानको अवसरमा पोलियो कप क्रिकेट प्रतियोगिता

Posted on
  • Feb 22, 2009
  • by
  • mukesh
  • in


  • बीरगंज ११ फागुन/ ११ औ राष्ट्रिय पोलियो अभियानको अवसरमा सम्पन्न पोलियो कप क्रिकेट प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्साले जितेको छ।
    आज केयर नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा समेतको आयोजनामा बीरगंजको आर्दशनगर रंगशालामा आयोजित पोलियो कपमा पत्रकार महासंघ पर्साले बीरगंज जेसीजलाई ७० रनको अन्तरमा पराजित गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको पत्रकार महासंघले १५.२ ओभरमा सम्पर्ूण्ा बिकेट गुमाएर १२४ रन बनाएको थियो। बीरगंज जेसीज भने १२.२ ओभरमा ५४ रन बनाएर अल आउट भएको थियो।
    बिजयी महासंघ पर्साका अध्यक्ष शत्रुध्न नेजाललाई पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले र उप बिजेयता जेसीजका अध्यक्ष निशान्त लामिछानेलाई जनस्वाथ्य पर्साका प्रमुख योगेन्द्र भगतले शिल्ड प्रदान गर्नु भएको थियो। प्रतियोगितामा २२ रन लिएर दर्ुइ बिकेट लिएकोमा म्यान अफ द म्याच घोषित गरिएको थियो। मनोज गुपतालाई केन्द्रिय सदस्य महेश दाशले शिल्ड प्रदान गर्नु भएको थियो।
    पर्साका सम्पर्ूण्ा ५ बर्षमुनिका बालबालिकालाई पोलियोको दर्ुइ थोपा खुवाउने प्रचार प्रसारको क्रमाम मैत्री पर्ूण्ा क्रिकेट आयोजना गरी अभिभावकलाई सन्देश दिएको केयर नेपालको कार्यक्रम अधिकृत नमिता शर्माले बताउने भएको छ।

    संचारकर्मी र जनताको सुरक्ष्ँाको लागि स्थानीय प्रहरी-प्रशासनलाई गम्भीर हुन आग्रह

    वीरगंज, ११ फागुन/नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले संचारकर्मी र जनताको सुरक्षाका लागि प्रहरी, प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन्।
    उनले प्रेस स्वतन्त्रताका लागि आन्दोलनरत नेपाल पत्रकार महासंघले यही फागुन १५ गते देखि चौथो चरणको आन्दोलनको सुरुवात गर्ने चेतावनी दिएका छन्।
    आज अध्यक्ष झाको नेतृत्वमा रहेको सञ्चारकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुख जिल्ला अधिकारी शंकर कोइरालालाई भेटघाट गर्दै महासंघ पर्साका सदस्य ज्ञानेन्द्रराज मिश्रमाथि गोली प्रहार भएको घटनाको छानवीन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।
    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखहरुसंग महासंघका अध्यक्ष धर्मेन्द्र झा, केन्द्रीय सदस्य महेश दास, जिल्ला अध्यक्ष शत्रुघन नेपाल, सचिव केसी लामिछाने, राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष राजु श्रेष्ठ, मेची महाकाली मिडिया सोसाइटी पर्साका अध्यक्ष श्रीराम रायमाझीले संयुक्त रुपमा भेटेर पत्रकारको सुरक्षा अवस्थाबारे कुराकानी गरेका थिए।
    अध्यक्ष धमेन्द्र झाले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर भईरहेको आक्रमण नरोकिएकोमा चिन्ता व्यक्त गरेका छन्। अज्ञात समूहको गोली प्रहारबाट र्घाईते भएका वीरगंजको गढिमाई एफ एमका कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघका सदस्य ज्ञानेन्द्रराज मिश्रको स्वास्थ्य स्थिति बुझ्न उनको घर पुग्नुभएका अध्यक्ष झाले संचारकर्मीहरुले आफ्नो सुरक्षाका लागि आफै पनि सजक हुनुपर्ने बताए।
    संचारकर्मीहरुले आचारसंहिताको पर्ूण्ा पालना गरेको खण्डमा मात्रै पनि आक्रमणका ५० प्रतिशत सम्भावना नियन्त्रण हुने बताउंदै उहांले संवेदनशिल भएर समाचार सम्पे्रशण गर्न सम्पर्ुण्ा संचारकर्मीहरुलाई आग्रह गरेका छन्।

    फोमन पर्साको प्रेस विज्ञप्ति

    वीरगंज, ११ फागुन/ नेपाल आम सञ्चार मञ्च -फोमन) पर्साले आज एक प्रेस विज्ञप्ति जारी गरी मञ्चका का.स. तथा बाइपास दैनिकका प्रकाशक/ प्रबन्ध निर्देशक धिरेन्द्र दारुकाको माघ १० गते शनिवार बाइपास दैनिकमा प्रकाशित ँ३० केजी मासुमा वीरगंज बन्द’ समाचार सर्न्दर्भमा मधेशी जन अधिकार फोरम मधेश, पर्साका कार्यकर्ताहरुले असन्तुष्टि जाहेर स्वरुप अराजक रुप अख्तियार गर्दै स्थानीय घण्टाघरमा प्रकाशित पत्रिका जलाउने कार्य गरेकोमा सो कार्यको घोर भर्त्सना गरेको छ।
    विज्ञप्तिमा समाचारका विषयमा भएका असन्तुष्टि संवादद्वारा समाधान गर्नुपर्ने बाटोलाई छाडी अराजकता देखाउंदै नागरिक समाजको ऐनाको रुपमा रहेको पत्रिका जलाउनु कदाचित उचित नरहेको ठहर गर्दै जुनसुकै पार्टर्ीी कार्यकर्ताहरुले संचारकर्मीमाथि हातपात गर्नु, संचारगृहमाथि तोडफोड गर्नु, पत्रिका जलाउनुले समस्याको समाधान ननिस्कीने हुंदा आगामी दिनमा समाचार लेखन प्रक्रियाबाट चित्त नबुझेको खण्डमा संवादबाट सो समस्याको समाधान निकाल्नसमेत फोमन पर्साका सचिव विजय भण्डारीले आग्रह गरेका छन्।

    दुइ वटा सवारीसाधनमा आगजनी

    वीरगंज, ११ फागुन। अज्ञात समूहले पर्साको लालपर्सामा एक टाटा सुमोमाथि आगजनी गरेको छ।
    आज बिहान अज्ञात ५/६ जना अपरिचित युवकहरुले लालपर्साको खोला छेउ चालकलाई पेस्तोल देखाएर ना १ च ६८७४ नंंको टाटा सुमोमा आगजनी गरेको प्रहरीले जनाएको छ।
    आफूलाई ज्वाला समूहका कार्यकर्ता बताउने व्यक्तिहरुले गाडी मालिकले चन्दा सहयोग नगरेको आरोप लगाउंदै गाडी आगजनी गरेको चालकले बताएका छन्।
    केही अपरिचित व्यक्तिहरुले बिहेका लागि गाडी भाडामा चाहियो भन्दै वीरगंजबाट मगाएको गाडी नियन्त्रण्ँमा लिएर आगजनी गरेको प्रहरी सहायक निरिक्षक सागरशम्शेर राण्ँाले जानकारी दिनुभयो।
    यसैवीच बाराको पथलैया निजगढ सडक खण्डमा अज्ञात व्यक्तिले एक पुरानो ट्रकमा आगजनी गरेको छ।
    आज बिहान पर्ूव-पश्चिम राजमार्गस्थित बालगंगा पुल नजिकै ट्रकमा नम्बर प्लेट नभएको एक ट्रकमाथि आगजनी गरिएको प्रहरीले जनाएको छ।
    राती १ बजे सिमराको बाटो हुंदै ट्रयाक्टरले तानेर सो स्थानमा पुर्‍याइएको ट्रकमा आज बिहान आगो लगाएर नष्ट पारिएको र ट्रकमा हुने महत्वपर्ूर्ण्ँ पार्टपर्ुजा समेत निकालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
    बीमा रकम असुल्न ट्रक धनीले नै आगजनी गर्न लगाएको हुन सक्ने प्रहरीको आशंका छ। ट्रकधनीबारे अनुसन्धान भइरहेको जनाएकेा छ।

    तीन जना पक्राउ

    वीरगज ११ फागुन / बाराको महेशपुरबाट अपहरणमा संलग्न रहेको अभियोगमा बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा बारा महेशपुर वडा नं. ७ निवासी चन्दादेवी चौधरी , जितन चौधरी र बद्रि महतो कोईरी रहेका छन्। प्रहरीले गत माघ २६ गते कलैयाको द शन्नि एकेडेमीमा अध्ययनरत विद्यार्थी मुकेश चौधरीलाई अपहरण गरी एक लाख फिरौती बुझेको अभियोगमा बालकका अभिभावकको उजुरी अनुरुप अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको जनाएको छ।

    0 comments: