गणतन्त्र उल्टाउने खेलमा केही तत्वहरु लागिपरेको मन्त्री भट्टराइको आरोप

Posted on
  • Feb 22, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, ११ फागुन । अर्थमन्त्री डाक्टर बाबुराम भट्टराइले गणतन्त्रलाई उल्टाउने खेलमा केही तत्वहरु लागेको आरोप लगाउनु भएको छ ।
    माओवादीको सरकारलाई ढाल्न र गणतन्त्रलाई उल्टाउन केही सामन्तहरु अहिले पनि अंध्यारो कोठामा वसेर षडयन्त्र गरेको वताउंदै मन्त्री भट्टर्राईले उनीहरुविरुद्ध आवश्यक परे अर्को लर्डाई लड्न पनि तयार रहेको वताउनु भयो।
    नवलपरासीको रामनगर गाउं विकास समितिस्थित भूमहिमा निर्माण हुन लागेको मोतीलाल वहुमुखी क्याम्पसको शिलान्यास गर्न आज भुमहि आउनु भएको मन्त्री भट्टर्राईले सो कुरा वताउनु भएको हो ।
    नेपाली जनताले चाहे अनुरुपको परिवर्तन हुन नसकेको वताउंदै मन्त्री भट्टर्राईले सम्पर्ूण्ा सत्ता आफूहरुको हातमा नभएको कारण पनि समस्या उत्पन्न भएको वताउनु भयो । माओवादीले जनताका लागि ल्याएका विभिन्न कार्यक्रममा वाधा उत्पन्न गर्राई रहेको वताउंदै मन्त्री भट्टर्राईले नयां नेपाल निर्माणका लागि सवैको सहयोग आवश्यक रहेको वताउनु भयो ।
    लोडसेडिङका कारण जनताले सास्ती खेपिरहेको र सरकारले १० वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरि विदेशमा समेत वेच्ने लक्ष्य राखेको वताउनु भयो ।
    कार्यक्रमपश्चात् आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टर्राईले सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरे अनुरुप निजी क्षेत्रका विद्यालयमा कर लगाईएको वताउंदै भट्टराइले जनतालाई ठगेर कर तिर्न अटेर गरिरहेका निजि विद्यालयबाट उर्ठाईएको कर गरिवका छोराछोरीको शिक्षामा लगानी गर्ने वताउनु भयो । उहांले क्याम्पस स्तरको निःशुल्क शिक्षाका लागि पनि सरकारले सोच वनाई रहेको वताउनु भयो ।
    मंसिर ३० गतेदेखी पुस ७ गतेसम्म क्याम्पस सञ्चालनार्थ आयोजना गरिएको महायज्ञमा सवैभन्दा वढि रकम रामनगर निवासी मोतीलाल न्यौपानेले ३१ लाख ११ हजार प्रदान गर्नु भएको थियो भने उहांकै नाममा क्याम्पसको नाम प्रस्तावित गरी मोतीलाल बहुमुखी क्याम्पस नामाकरण गरीएको छ ।

    बहराइनमा पहिलो पटक पत्रकार संघको गठन

    गोकुल बर्देवा
    बहराइन, ११ फागुन/ नेपाल-बहराइन पत्रकार संघको २० फेबु्रवरीमा भएको वृहत प्रथम साधारण भेलाले ११ सदस्यीय पत्रकार समिति गठन गरेको छ ।
    नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न साधारण सभामा उल्लेखनीय संख्यामा परदेशवासी नेपालीहरुको सहभागिता रहेको थियो । नेपाल बहराइन पत्रकार संघका कार्यक्रम संयोजक सन्तोष दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी, बुद्धिजीवी, बहराइनमा कार्यरत व्यवसायी, स्वतन्त्र नागरिक, बहराइनमा कार्यरतहरुले आप\mनो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्नु हुने नेपाली क्लब बहराइनका अध्यक्ष टंक बस्नेतले बहराइनमा गठन हुन गइरहेको पत्रकार संघलाई स्वागत गर्दै यसले परदेशवासी नेपालीहरुको समस्या र असजिला कुराहरुलाई बाहिर ल्याउन सक्नर्ुपर्ने बताउनु भयो । अर्का वक्ता एकता समाजका महासचिव एल.बी. रानाले भन्नुभयो-बहराइनमा कार्यरत संघ संस्थालाई एकसुत्रमा बांधेर उनीहरुलाई जागरुक राख्न नेपाल बहराइन पत्रकार संघ सहयोगी हुन सक्नर्ुपर्छ ।
    त्यस्तै अर्का वक्ता मगर संघका महासचिव भगेन्द्र पुलामी मगरले पत्रकारिता जगत राज्यको चौथो अंग भएको हुंदा यसको जिम्मेवारी गहन भएको हुंदा सोही अनुसार पत्रकार पनि निर्भिक भई हिंड्न सक्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उपस्थिति भई आप\mनो भनाई राख्नु हुने वक्ताहरुमा नेपाली हाउस बहराइनका अमर परियार, भोजपुर हातेमालो समितिका दीपक र्राई, मेचीकाली जनसेवा मञ्चका उपाध्यक्ष हरि सुवेदी, नेपाली चर्च मण्डलीका प्रतिनिधी बीनोद सेन, तमु समाजका प्रतिनिधी चन्द्र गुरुङ, यूनिटी लाइफ एसुरेन्सका अध्यक्ष प्रकाश दर्नाल हुनुहुन्थ्यो । आफनो सहभागिता जनाउनु हुने अन्य संघ संस्थाका प्रतिनिधीहरुमा खोटाङ जनकल्याण समितिका अध्यक्ष श्याम कुमार र्राई, तमु समाजका संस्थापक अध्यक्ष गम बहादुर गुरुङ, बहराइनबाट प्रकाशित अंग्रजी पत्रिका द्यबजचबष्ल त्चष्दगलभ का प्रतिनिधी अनिरुद्र प्रसाद, क्ष्ःभ् का प्रतिनिधी दिपक नेपाल आदीको उपस्थित थियो ।
    नेपाल बहराइन पत्रकार संघको ऐतिहासिक प्रथम साधारण सभाबाट समितिमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष श्री सन्तोष दाहाल, उपाध्यक्ष श्रीमती जुही अनिरुद्र, सचिव श्री प्रनिश गिरी, उपसचिव श्री नारायण थापा, कोषाध्यक्ष श्री दिपक नेपाल र सदस्यहरुमा श्री गोकुल बर्देवा, श्री चन्द्र गुरुङ, श्री अमर परियार, श्री महेन्द्र खड्का, श्री ब्रि्रम चुडाल, श्री यमलाल पराजुली रहनु भएको छ ।
    त्यस्तै गरेर सल्लाहकारहरुमा प्रमुख सल्लाहकार श्री बासुदेव भट्टर्राई र सल्लाहकारहरुमा श्री दिपराज खड्का, श्री बीरध्वज सिवा, श्री अबदुल्ला नेपाली, श्री अनिरुद्र प्रसाद र श्री कृष्ण मगर हुनुहुन्छ ।
    शुक्रबारका दिन सम्पन्न उक्त्त साधारण सभाको सञ्चालन धधध।लभउबष्दिबजचबष्ल।अom प्रधान सम्पादक श्री प्रनिश गिरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य न्गाि म्बष्थि ल्भधक का सहसम्पादक श्रीमती जुही अनिरुद्रले दिनु भएको थियो ।

    0 comments: