सरकार र एलटिटिइ वार्ता टोलीबीच वार्ता सम्पन्न, ५ बुंदे सहमति कायम

Posted on
  • Feb 21, 2009
  • by
  • mukesh
  • in


  • पत्रकार सम्मेलनमा नेपाल सरकारको वार्ता टोली र ल्रि्रेशन टाइगर अफ तर्राई इल्म -एलटिटिइ) को वार्ता टोलीहरु । तस्बिरः उत्तम खडगी
    वीरगंज, १० फागुन/ नेपाल सरकारको वार्ता टोली र ल्रि्रेशन टाइगर अफ तर्राई इल्म -एलटिटिइ) को वार्ता टोली बीच ५ बुंदे सहमति भएको छ।
    आज वीरगंजको होटल कुमु प्यालेसमा आयोजित पत्रकारसम्मेलनमा वार्ता टोली संयोजक संयोजक एवं नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले वार्ता टोली र लिबरेसन टाइगर अफ तर्राई इल्म -एलटिटिइ) बीच पहिलो चरणको वार्ता सम्पन्न भएको बताएका हुन्।
    नेपालको अग्रगामी परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण नयां जनमुखी संविधानबाटै गर्न सकिने विश्वासका साथ देशको र्सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकताको मूल मर्मलाई आत्मसात गर्दै ५ बुंदे सहमति भएको सरकारी वार्ता टोलीका संयोजक जनार्दन शर्मा प्रभाकरले बताउनुभयो।
    पत्रकार सम्मेलनमा एलटिटिइका संयोजक रामलोचन ठाकुर स्वामीजी, सदस्यहरु अर्जुन ठाकुर, आकाश त्यागी, नागी व्रि्रोहीको उपस्थिति थियो।
    ५ बुंदे सहमतिमा वार्ता अवधिसम्मको लागि ल्रि्रेशन टाइगर अफ तर्राई इल्मका वार्ता टोलीका सदस्यहरुको सुरक्ष्ँा नेपाल सरकारले गर्ने, एलटिटिइले आफनासशस्त्र कारबाहीहरु स्थगित गर्ने एवं कानूनले निषेध गरेका कुनै पनि गतिविधि संचालन गर्ने र नेपाल सरकारकोतर्फाट पनि सो समूहका नेता तथा कार्यकर्तालाई राजनैतिक रुपमा व्यवहार गर्ने, एलटिटिइले जेलमा रहेका र मुद्दा लगाईका आफना कार्यकर्ताहरुकोनामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानबिन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवं शान्तिपर्ूण्ा रुपमा राजनैतिक सभा, जुलुस, र्‍याली, गोष्ठी,सेमिनार तथा राष्ट्र निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि द्वन्द्वरत राजनैतिक समूहहरुलाई समेत वार्ताको टेबुलमा ल्याउन पहल गर्ने रहेका छन्।

    बाइपास दैनिक जलाइयो, सम्पादक तिवारीलाई ज्यान मार्ने धम्की

    वीरगंज, १० फागुन/ मधेशी जन अधिकार फोरम मधेशले आह्वान गरेको बन्दको आज दोश्रो दिन पनि वीरगंज बजार पर्ूण्ारुपले ठप्प भएको छ।
    फोरमका कार्यकर्ताहरुले बिहानदेखि नै चोक-चोकमा टायर बालेर पर््रदर्शन गरेका हुन्। समग्र मधेश एक प्रदेश हुनुपर्ने मांगका साथै संयुक्त मधेशी मोर्चासंग सरकारले गरे.को सहमति कार्यान्वयन गरिनुपर्ने माग गर्दै दर्ुइदिने तर्राई बन्द गरिएको हो। वीरगंज बजार पर्ूण्ारुपले बन्द रहे पनि साना सवारीसाधनहरु रिक्सा,टांगा, मोटरसाइकल,साइकल लगायत ससाना सवारीसाधनहरु चलेका थिए।
    यसैबीच फोरम मधेश, पर्साका कार्यकर्ताहरुले स्थानीय दैनिक बाइपास दैनिक जलाउनुको साथै सो पत्रिकाका कार्यकारी सम्पादक अनुप तिवारीलाई ज्यान मार्ने धम्की दिएको समाचार प्राप्त भएको छ।
    ३० केजी मासुमा बीरगंज बन्द शिर्ष समाचार बाइपास दैनिकले प्रकाशित गरेको आरोप लगाउंदै मधेशका कार्यकर्ताहरुले घण्टाघरमा पत्रिका खोसी जलाएको हो। साथै पत्रिकाका कार्यकारी सम्पादक अनुप तिवारीलाई ज्यान मार्ने धम्की दिएको उनले बताएका छन्। आज बिहान साढे सात बजे विराज यादव भन्ने एक व्यक्तिले ९८४५०६२०१४ नम्बरको मोबाइलबाट सम्पादक तिवारीलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ।

    सुख्खा बन्दरगाहका कर्मचारीद्वारा ९ बुंदे मांग

    वीरगंज, १० फागुन/ मधेशी श्रमिक फोरम नेपाल इकाइ हिमालयन र्टर्मिनल प्रालि ड्राइपोर्ट सिर्सिया, पर्सा नेपालका कर्मचारीहरुले आफूहरुको ९ बुंदे मांगहरु दर्ुइ महिना बितिसक्दा पनि कुनै सुनुवाइ नभएको गुनासो पोखेका छन्।
    सो संस्थाका अध्यक्ष मानकीप्रसाद यादव र सचिव रामप्रित महतोले श्रम ऐन अनुसार नियुक्ति पाएको दिनदेखि २४० दिन काम गरिसकेको कर्मचारीलाई स्थायी नियुक्ति गरी अरु कर्मचारीसरह संचयकोष काट्ने व्यवस्था गर्नुपर्ने, कन्भेन्स एलाउन्स रु ५ सयबाट १५ सय थप गरिनुपर्ने, टिफिन एलाउन्स रु १५ बाट २५ बढाउनुपर्ने, श्रम ऐन अनुसारको तलब वृद्धि असोज १ गतेदेखि लागू हुनेगरी उपलब्ध गराउनुपर्ने लगायतको माग राखी सम्बन्धित निकायमा बोर्द्धार्थ पठाएको प्राप्त समाचारमा उल्लेख छ।

    नयां नेपाल भोजपुरी कवि गोष्ठी


    वीरगंज, १० फागुन/ नयां नेपाल भोजपुरी साहित्य परिषदको ११ औं भोजपुरी कवि गोष्ठी अनिलकुमार यादवको अध्यक्षतामा सम्पन्न भयो। आज ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथि गोपाल अश्क रहेका थिए।
    स्रष्टाहरु भुपेन्द्रप्रसाद कुशवाहा, रामबालक साह तेली, वीरेन्द्र साह, डा. शशिभूषण वर्ण्र्ााल, अरुण विक्रम शाह, रामसेवक लाल कर्ण्र्ाााजेशप्रसादसाह, कविन्द्र कुशवाहा ँआशु’ लगायतले गीत, गजल, कविता वाचन गरेका थिए।

    रक्तदान कार्यक्रम सम्पन्न

    वीरगंज, १० फागुन/ नेपाल बजार बिक्री प्रतिनिधि संघ, क्षेत्रीय कार्यालय ले आज वीरगंजस्थित पदम पार्टर्ीीेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
    कार्यक्रममा प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विजयकुमार सरावगी, बजार विक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष ऋषि अधिकारी, रामचन्द्र पाण्डे, मधुसुदन पोखरेल, युवराज खडका, विवेकानन्द मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संघका अध्यक्ष विजयकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    रिपोर्टस क्लब नेपाल पर्साको प्रेस विज्ञप्ति


    वीरगंज, १० फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं गढीमाइ एफएमका कार्यक्रम प्रस्तोता ज्ञानेन्द्रराज मिश्रलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको घटनाप्रति रिपोर्टस क्लब नेपाल पर्सा शाखाले घोर भर्त्सना गरेको छ ।
    आज क्लबका अध्यक्ष्ँ कन्हैया गुप्ताले एक प्रेस विज्ञप्ति जारी गरी तर्राईमा बारम्बार संचारकर्मीमाथि सांघातिक हमलाशान्ति सुरक्ष्ँाको प्रत्याभूति गर्राई दोषीलाई कारबाहीको माग गरेका छन् ।

    नेपालको शान्ति प्रकृया अग्रगामि र तार्किक निष्कर्शमा पुग्ने
    हरि शर्मा
    नवलपरासी फागुन ९ । सामान्य प्रशासन मंत्रि पम्फा भुसालले नेपालको शान्ति प्रकृया अग्रगामि र तार्किक निष्कर्शमा पुग्ने वताउनु भएकोछ ।
    जनमुखि संविधान र बृहत शान्ति सम्झौता अनुरुप राष्ट्र संविधान लेखन प्रकृया सम्म पुग्दा नयां ढंगले राज्यको पर्ुनसंरचना हुने दावि गदै मंत्रि भुषालले गरिमाय संविधान सभालाई सामान्य संसदको रुपमा हेरिएको वताउनु भयो।
    नेपाल राष्ट्रिय निजामति कर्मचारि संगठन नवलपरासीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्न आज नवलपरासीको परासी पुग्नु भएका मंत्रि भुसालले क्रान्तिकारि पत्रकार संघ द्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा वताउनु भएको हो ।
    अहिलेको राष्ट्रिय आवश्यक्ता अनुरुप सम्पर्ुण्ा वर्गको समस्यालाई संविधानमा लिपिवद्ध गरेर संविधान निर्माण गर्न सरकार लागि परेको मंत्रि भुषालले दावि गर्नु भयो ।
    यस अघि मंत्रि भुसालले जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु संग भेटघाट गरि आवश्यक निर्देशन समेत दिनुभएको थियो ।

    हत्याको आरोपमा १० जना पक्राउ

    नवलपरासी फागुन ९ । हत्याको आरोपमा नवलपरासी प्रहरिले १० जनालाई पक्राउ गरेकोछ ।
    गत मंगलबार नवलपरासीको गैडाकोट गाउं विकास समिति स्थित नारायणी नदिको किनारमा टाउको काटिएको अवस्थामा फेला परेका चितवन ६ गुन्जनगर ४ का ३३ वषिर्य अर्जुन थापाकोे हत्याको आरोपमा गैडाकोट प्रहरिले १० जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा १८ देखि २० वर्षसम्मका युवाहरु रहेकाछन् । भने प्रहरिले उनिहरुको नाम र्सार्वजनिक गरेको छैन ।
    पक्राउ परेका १० जना माथि आवश्यक अनुसन्धान भैरहेको नवलपरासीका प्रहरि उपरिक्षक श्याम वहादुर खत्रिले वताउनु भएकोछ ।

    0 comments: