सरस्वती पूजाको नाममा विकृति

Posted on
  • Jan 30, 2009
  • by
  • mukesh
  • in
  • -मुकेश बस्नेत
    वीरगंज, १७ माघ/ माघ शुक्ल पंचमीका दिन विद्याकी देवी सरस्वतीको पूजा गर्ने चलन छ । यस दिनलाइ श्रीपंचमी अर्थात वसन्त पंचमी पनि भनिन्छ ।
    ऋग्वेदमा उल्लेख गरिए अनुसार इतिहासको कालखण्डदेखि वसन्त आगमनको स्वागत गर्ने प्रचलन रही आएको पाइन्छ। वसन्त पंचमीका दिन विधाताले ब्रहमाद्वारा विद्याकी आदि शक्ति सरस्वतीको यो जगतमा पर्दापण भएपछि अंन्धकारको विनास भएको थियो । साथै संगीत शास्त्रको अधिष्ठात्री देवी भएकी कारण संगीतका प्रेमीहरुले ताल स्वर, राग आदि सात किसिमको स्वरबाट पनि स्मरण गरिन्छ । सात विद्याकी ज्ञाता भएकीले यिनको नाम सरस्वती भनिएको हो ।
    वसन्त पंचमी तर्राई-मधेशको महान चाड पर्व हो भने विद्यार्थीहरुको महत्वपर्ूण्ा दिन पनि हो। विद्यार्थी तथा विद्यालयले यस दिन हर्षोल्लासका साथ सरस्वती माताको मर्ूर्ति र तस्बिरमा पूजाआजा गरी बन्दना गर्दछन् । वसन्त पंचमीकै दिन बालबालिकालाई अक्षर चिनाउने तथा कान, नाक छेड्ने चलन पनि छ ।
    स्कूल, विद्यालय, शिक्ष्ँण संस्था लगायत शहर, गाउंको टोल, गल्लीमा सरस्वती माताको मर्ूर्ति किनेर पूजा गर्ने, मनोरञ्जन गर्ने, रातभरि जाग्राम बस्ने र भोलिपल्ट नजिकैको तलाउ, नदीमा मर्ूर्ति सेलाउने नियम छ।
    वसन्त पंचमी किसानहरुको पनि विशेष दिन हो । यस दिन तराइको खेत र खलिहानको विशेष पूजा गरिन्छ भने हलोद्वारा खेत जोत्न आरम्भ गरिन्छ । घरमा रहेका खर्ुर्पी, हसिया, कोदालोलाई लोहारकहां लगी शानसमेत लगाइने गरिन्छ ।
    हिजोआज यस पवित्र चाडको नाममा विकृतिहरु फैलिरहेको छ । वीरगंजका लुच्चा, लफंगा, लठुवा र दर्ुर्व्यसनीहरु आफनो स्वार्थपर्ूर्तिको आजभोलि चन्दा उठाउन व्यस्त छन् । युवाहरुले बाटोमा नै डाट, रसरी राखेर साइकल, मोटरसाइकल, टांगा, जीप, कार, ट्रक, ट्याकंर लगायत सवारी साधन रोकी ५-१० रुपियां चन्दा उठाइरहेका छन् । चन्दा नदिए कुटन पनि बेर नलगाउने एक चालकले बताए ।
    कहिले स्कूलको मुखै नहेरेका लागूऔषध दर्ूर्व्यसनीहरुले पनि सरस्वती पूजाको नाममा दिनभरि चन्दा उठाइ राति जांड रक्सी सेवन गर्ने र बिहान भारतको रक्सौलमा गइ लागू औषध -ट्याप्स, भ्याट, कोरेक्स) खाने प्रवृत्ति बढेको छ ।
    सरस्वती पूजाको नाममा विद्यालयहरुले नै चन्दा उठाउन थालेपछि विद्यार्थीहरुले पनि किन चन्दा उठाउन नपाउने - एक स्कूले विद्यार्थी भन्छन्- बसन्त पंचमीमा यहांका थुपैं निजी तथा सरकारी विद्यालयहरुले ५० देखि १०० रुपियांसम्म सरस्वती पूजाको नाममा चन्दा उठाइरहेका छन्।
    दिनभरि सयौं युवाहरु सरस्वती पूजाको चन्दा माग्न आउने गरेको स्थानीय व्यापारीहरुले गुनासो पोख्दै भने- एकातर्फभूमिगतको चन्दा आतंक छ भने अर्कोतिर विद्यार्थी, लफुवाहरुको चन्दा आतंक छ । पैसा नदिए झैंझगडा गर्छन् । राति जांड खाएर होहल्ला गर्छन्।
    जथाभावी चन्दा उठाएर, महंगो मर्ूर्ति खरिद गरेर आडम्बर पूजा गरेर विद्या आर्जन गर्न सकिदैन- अभिभावक अरुण विक्रम शाहले भने, -विद्यार्थीको परिचय पत्र मात्र हेरेर चन्दा दिने परिपाटी बसाल्नर्ुपर्छ ।
    सरस्वती पूजाको नाममा विद्यार्थीहरुको नाममा उठाइएको रकममा पनि व्यापक हिनामिना भइरहेको एक निजी विद्यालयका शिक्ष्ँकले भने-सरस्वती पूजाको दिन विद्यार्थीलाई एक प्याकेट प्रसादी दिएर भोज पचाउने गर्ने प्रवृत्ति पनि बढेको छ ।

    वीरगंज भंसार सुख्खा बन्दरगाहमा सारिने

    वीरगंज, १७ माघ/ नेपाल- खुला सिमामा हुने आपराधी गतिविधि, चोरी, डकैति, तस्करीलगायतका समस्या समाधान गर्ने उद्देश्यका साथ वीरगंजमा दुइ देशका सचिव स्तरीय सहमति भएको छ ।
    भारतीय टोली र नेपालको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव उमाकान्त झाको नेतृत्वको १३ सदस्यीय स्टेरिङ कमिटीबीच वीरगंजको होटल भिस्वामा सम्पन्न बैठकले प|mेबुअरी अन्तिमबाट वीरगंज भंसार कार्यालयलाइ अलौं गाविसस्थित वीरगंज सुख्खा बन्दरगाहमा सार्ने निर्ण्र्ाागरेको छ । व्यवस्थित रुपमा र उच्च लगानीमा एक अत्याधुनिक सुविधा सम्पन्न नेपाल भारतको इन्टिग्रेटेड चेकपोष्टको रुपमा र्सर्ने भएको हो।
    भारत सरकारको सहयोगमा वीरगंजको सुख्खा बन्दरगाह नजिकैको एक सय विघा जग्गामा वीरगंज भंसार र्सार्न लागिएको भंसार प्रमुख केवलराज भण्डारीले बताएका छन् ।
    अहिले वीरगंज भंसारमा सेक्युरिटी, क्वारेन्टाइन, अध्यागमन विभाग, कर्मचारी आवास छुट्टाछुट्टै भएकोले कामकाजमा अवरोध पुगिरहेकोमा अलौंमा बन्ने नयां इन्टिग्रेटेड चेकपोष्टमा ती सबै कुरा एकै ठाउंमा हुने र त्यसले ट्रान्जेक्सनलाई सहज र प्रभावकारी बनाउने भण्डारीले बताए।
    बैठकमा भारतीय टोलीका नेता तथा भारतीय महावाणिज्य दूतावासका काउन्सीलर प्रणय वर्माले भारत-नेपालको सहजताका लागि भारत सरकारले चार सीमा क्षेत्रमा इन्टि्रगेटेड चेकपोष्ट बनाउन लागेको बताए ।
    उनले भारतको दर्ुइ तिहाइ व्यापार रक्सौल-वीरगंज नाकाबाटै हुने गरेकोले पहिलो प्राथमिकता वीरगंज भंसारलाई दिएको र लगभग बीस महिनाको अवधिमा इन्टिगे्रटेड चेकपोष्ट निर्माण कार्य पूरा गर्ने गरी काम थालिने बताए ।
    भारतले अलौंको इन्टि्रग्रेटड चेकपोष्ट निर्माणका लागि २० अर्ब रुपियां बजेट छुट्याएको छ ।
    भारत सरकारको लगानीमा नेपालको वीरगंज, विराटनगर, भैरहवा र नेपालगजमा इन्टि्रगेटेड चेकपोष्ट बनाइदिन लागेको हो । चेकपोष्ट बनेपछि यहांबाट हुने राजस्व संकलनमा सहजता हुने अपेक्षा गरिएको छ ।

    0 comments: