शहीद परिवारहरुलाई सम्मान

Posted on
  • Mar 13, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० फागुन/मधेश आन्दोलनको क्रममा शहीद भएका ५ शहीद परिवारहरुलाई आज सम्मान गरिएको छ।
    नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजद्वारा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष डा. रविन्द्र सिंह, डा. सागरमान सिंह अमात्यले शहीद परिवारलाई निशुल्क उपचारको परिचय पत्र र फस्ट एड बक्स वितरण गरी सम्मान गरेका थिए।
    सम्मान हुनेहरुमा पर्सा झौवागुठी मधवन-९का शहीद दीपेन्द्र साहका छोरा ताराचन्द्र साह, राजन साह, निजकी श्रीमती सीता देवी साह, पर्सा, चौकिया बैरिया-६ निवासी वीरबल मुखियाका छोरा सुखाडी मुखिया र निजकी श्रीमती शारदा देवी बीन रहेका छन्।
    कार्यक्रममा संघका अध्यक्ष्ँ डा. रवीन्द्र सिंह, नाउक्ष्ँे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनप्रसाद साह, संघका भूपू सचिव डा. निरजकुमार सिंह, रिपोर्टस क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ता, प्रेस चौतारी पर्साका अध्यक्ष्ँ जीवनलाल श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण गर्ने क्रममा शहीद भएका परिवारप्रति संघले निशुल्क औषधि उपचारको परिचय पत्र वितरण गरेमो संघलाई धन्यवाद दिंदै मन्तव्य प्रकट गरेका थिए।
    कार्यक्रम नाउक्ष्ँे अस्पतालका डा. सागरमान सिंह अमात्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

    मुस्लिम नागरिक समाज चैत १५ गतेदेखि शान्तिपर्ूण्ा आन्दोलनमा उत्रिने

    वीरगंज, ३० फागुन/ थारु, आदिवासी जनजातिले जारी राखेको आन्दोलनप्रति नेपाल मुस्लिम नागरिक समाजले र्समर्थन गरेको छ।
    बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी अधिकारको लागि मुलुकमा हुने जुनसुकै आन्दोलनप्रति समाजको र्समर्थन रहेको उल्लेख छ। विज्ञप्तिमा मुस्लिम समुदायको हकहितका लागि संर्घष्ारत मुस्लिम नागरिक समाजले चैत १५ गते देखि शान्तिपर्ूण्ा आन्दोलनमा उत्रिने केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. कमरुल होदा अंसारीले चेतावनी दिएका छन्।


    होलीको विवादमा दर्जनौं घाइते

    वीरगंज, ३० फागुन/मंगलवार र बुधवार होली खेल्ने क्रममा विभिन्न स्थानमा झगडा हुंदा दर्जनौं घाइते भएका छन्।
    राप्रपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुंदा बिहीवार वीरगंज तनावग्रस्त भएको थियो।
    वीउमनपा-२ निवासी नेपाली कांग्रेसका सहबुदिन अन्सारी र रा.प्र.पाका नगर अध्यक्ष राजेशमान सिंह बीच पुरानो रिसिइवीको कारण रजत जयन्ती चोेकमा रहेको ढांटमा सहबुदिन समूहले आगजानी गरेको प्राप्त समाचारमा उल्लेख छ।
    आक्रोशित समूहले प्रहरीमाथि ढुंगामुडा गर्दा प्रतिकार स्वरुप प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पुनः ना.उ.क्षे.अस्पताल अगाडी दर्ुइ पक्षबीच झडप हुन लाग्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर गरेको थियो।
    हाल स्थिती सामान्य रहेको र सम्भावित झडपलाई नियन्त्रण गर्न व्यापक प्रहरी तैनाथ गरिएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
    यसैगरी बिहीवार राति पर्साको बिजवनिया-७ मा कांग्रेस र फोरमका कार्यकर्ता बीच होली खेल्ने क्रममा विवाद भइ झडप हुंदा १३ जना घाइते भएका छन्।
    र्घाईतेहरुमा कांग्रेसका कार्यकर्ताहरु बिजबनिया-७ बस्ने राजेन्द्र यादव, ध्रुब यादव, हिरा यादव, जयाहिर यादव, जितेन्द्र यादव, प्रभु यादव, जगत यादव, फोरमका कार्यकर्ताहरु मुनिलाल यादव, बृजेश यादव, हिरा यादव, अनिरुद्र यादव, बन्नु यादव, पथल यादव रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको छ।
    यसैवीच होली खेल्ने बिषयमा बुधवार वादविवाद हुंदा महादेवपट्टी-१ बस्ने रामेश्वर चौधरीको ना.२ प.६४३६ नं. को मोटरसाइकल पकडी टोलका व्यक्तिहरुले जलाई दिएका छन्।
    यसैगरी बुधवार राति ८ बजे चितवनको पिप्ले गा.वि.स.को लोथरमा होली खेल्ने क्रममा दर्ुइ पक्षबीच झगडा हुंदा मकवानपुर जिल्लाका स्थानीय केटाहरुले भण्डारा बस्ने सन्तोष पाठकलाई कुटपिट गरेका थिए।
    सोही बिषयलाई लिएर मकवानपुरका स्थानीय केटाहरुले अ.प्र.पो.को सिसा तोडफोड गर्नुका साथै र्साईनबोर्ड उखालेर फाली बाटो समेत अवरोध गरेका थिए।
    मंगलवार नुवाकोटको थानासिग-१ छहरेमा सभासदहरु डा.प्रकाश चन्द्र लोहनी, जगदिश नरसिहं के.सी., विमला सुवेदीले संविधान मस्यौदाको लागि राय सुझाव संकलन गर्ने क्रममा स्थानीयबासिन्दाले ने.का.का बिनोद पाठकलाई रंग लगाइदिएको भन्दै पाठकले थानापती-७ बस्ने राजिव तामाङलाई कुटपिट गरेका थिए। सोही बिषयलाई लिई स्थानीय युवाहरुले पाठकलाई हातपात गरेका छन्।
    यसैगरी मंगलवार धादिङको गजुरी-१ बजारबाट होली खेल्न आएका केटाहरुलाई गजुरी-१ .बस्ने बिशाल पण्डितले आशिष बिष्टलाई खुकुरी प्रहार गरी गम्भिर र्घाईते बनाएका छन्। घाइतेको काठमाडौंस्थित बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेको छ।
    मंगलवार राति बाराको पिपरा सिमरा-९ स्थितमा पर्ूव पश्चिम महेन्द्रराजमार्गको जि.वि.स. ढाडमा बस्ने रवि सुब्बा, कबि सुब्बा, अनुप सुब्बा, बिमल आचार्य र सुजन आर्चायले शशि कुंवर र सुरेश मुल्मीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
    सोही बिषयलाई लिएर पिडीत पक्षले ना.३.ख.६०२४ नं.को. ट्रकको सिसा फुर्टाई दिएको छन्। र्घाईतेहरुको संजिवनी मेडीकल सिमरामा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

    विभिन्न स्थानमा दर्ुघटना दर्जनौं घाइते

    वीरगंज, ३० फागुन/विभिन्न स्थानमा सडक दर्ुघटनामा परी दर्जनौं यात्रुहरु घाइते भएका छन्।
    मंगलवार राति ८ बजे मोतीसर-१ मा ना.२ प.५६१२ नं. को मोटरसाइकल र ना.७प.६०५८ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खांदा दुइजना सामान्य घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
    मंगलावर राति ८ बजे पिपरा सिमरा-९ मा बा.२५प.१३०५ नं.को मोटरसाइकलले सोही ठाउं बस्ने किरणदेवी र्सराफलाई ठक्कर दिंइ गम्भीर घाइते भएका छन्। घाइतेको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
    बुधवार राति ८ः२० बजे नुवाकोटको गोर्खु खोलामा बा.१.ख. ८७३९ नं.को मिनी ट्रक एक्कासी पल्टीदा १७ जना सामान्य र्घाईते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भएको थियो।
    यसैगरी बुधवार चितवनको भरतपुर-१ पानीट्याङकी नजिक ना.३ ख.५५५७ नं.को बसको छतबाट नाम थर, वतन, नखुलेका ५ जना यात्रु खसेर घाइते भएका छन्। घाइतेहरुको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने बस चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।
    उता बुधवार रौतहटको गौर न.पा.-९ स्थित बडहर्वा पुल नजिक, महादेवपट्टी-४ बस्ने आमोद कुमार झाको छोरा बर्ष२५ को आनन्द कुमार झा ग्ःच् २६२३ नं.को मोटरसाइकल दर्ुघटनामा परी गम्भीर र्घाईते भएका छन्।
    मंगलवार राति ८ः४५ बजे सांगा चोक-१, सुकुटेमा ना.१.ज.२०२२ नं.को टाटा सुमोले बा.११.प.७७७नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार लामोसांघु बस्ने बर्ष३२ को भुपेन्द्र भुजेल, बर्ष२५ को दिपक श्रेष्ठ घाइते भएका छन्।
    घाइतेको काठमाडौंस्थित बीएन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।
    बुधवार निलकण्ठ-५ स्थित पुछार बजारमा बा.२प.९८२२ नं.को मोटरसाइकलले मुरेली भञ्ज्याङ-६ बस्ने बर्ष२३ को असन कुमाललाई ठक्कर दिएर गम्भीर घाइते बनाएका छन्।
    मंगलवार थाक्रे-३ महादेवबेसीमा ग.१च.३६६० नं.को कार र बा.२ च.९८७६ नंं. को जिप एक आपसमा ठक्कर खांदा ३६६० नं.को कार चालक र्घाईते भएका छन्। सोही दिन थाक्रे-४ मा ग.१ज.३३०७ नं.को माईक्रो बसले नौविसे ३ बस्ने बर्ष९ को सविन श्रेष्ठलाई ठक्कर दिई गम्भीर घाइते बनाएका छन्।
    र्सलाही, भक्तीपुर गा.वि.स.२ स्थितमा जन्ती लिई हिडेको महोत्तरी क्षेत्र नं.५ का जनाअधिकार फोरमका सभासद कौशल्या कुमार राय यादवको द्यच् घण् ए ण्ज्ञठठ नं. को गाडीलाई सागरनाथका स्थानिय बासिन्दाले तोडफोड गरेका छन्।
    मंगलवार राति द्यच् छछ न्छघद्धद्ध नं.को ी।ए। ग्यांस ट्याङकरले लालबन्दी-२ बस्ने रामकुमार श्रेष्ठ र सप्तरी, कंचनपुर बस्ने भिषण चौधरीलाई ठक्कर दिंदा दुवै गम्भीर घाइते भएका छन्।
    घाइतेको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। ट्याङकर प्रहरी नियन्त्रणमा छन् भने चालक फरार भएका छन्।
    मंगलवार राति दुगेखोला-१ स्थित मिलन चोकमा बा.१.ख.४१२८ नं.को ट्रक ओभर स्पिडको कारण पल्टिदा १ को मृत्यु हुनुको साथै ५ जना र्घाईते भएका छन्।
    घाइतेहरुको भरतपुर अस्पताल र नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
    मंगलावार सांझ धनुषामा ज.१ख.६११ नं.को बसबाट खसेर महोत्तरी, गोनरपुरा-५ बस्ने बर्ष७५ की वौकीदेवी दास घाइते भएका छन्। घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। यसैगरी मंगलवार भरतपुर-११ सडकखण्डमा ना.२ ख.६९६६ नं.को ट्रकले भरतपुर-११ बस्ने बर्ष५ को अमित पौडेललाई ठक्कर दिएपछि उनको मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीहरुले क्षतीपर्ूर्तिको माग महेन्द्र राजमार्ग बन्द गराएका थिए।

    विभिन्न ठाउंमा आगलागी लाखौंको क्षति

    वीरगंज, ३० फागुन/ विभिन्न स्थानमा आगलागी हुंदा लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
    बुधवार अलौ र्सिसिया-७ स्थित लालीगुरांस बचत तथा ऋण सहकारी संस्थामा आगलागी हुंदा कम्प्युटर, र्इर्न्भटर, ब्याट्री, घरलगायत जलेर करिब ७ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
    स्थानीय प्रहरी र दमकलले आगलागी नियन्त्रणमा लिएको थियो भने आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
    यसैगरी धादिङमा रहेको सामुदायिक वनबाट सल्केको आगलागीले ५ घर जलेर नष्ट भएको छ। बुधवार सालाङ-९ स्थित गौथली गांउको महाकाली सामुदायिक वनमा आगलागी हुंदा चन्द्र थापा मगरको घरसहित ५ घरमा आगलागी हुंदा घरहरुमा रहेको अन्नपात, लत्ताकपडा पशुपंक्षी गरी करिब १५,००,०००।- बराबरको क्षती भएको प्रहरीले जनाएको छ। प्रहरी र गजुरीबाट सेनाको टोलीले आगलागीलाई नियन्त्रणमा लिएको थियो।
    यसैवीच बुधवार हांडीखोला-२, मकरी बस्ने मुकुन्द अर्यालको काठको घर, गोठ र राम प्रसाद अर्यालको घरगोठमा अचानक आगलागी हुंदा करिब तीन लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय प्रहरी र गाउलेको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।
    यसैगरी र्सलाहीको लौकेट-५ हिरापुरमा रहेको नेपाल सहनीको उखु पेल्ने मिलमा अचानक आगँलागी हुंदा मेसिनहरु जलेर करिब ७,६०,०००।- बराबरको क्षति भएको छ। आगलागी नियन्त्रण गर्ने क्रममा हिरापुर-५ बस्ने बर्ष३५ को विरेन्द्र साह, दुखा मुखियाको हात जलेर र्घाईते भएका छन्। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र वरथवामा उपचार भइरहेको छ ।
    बुधवार लालवन्दी-६ बस्ने डम्बर ब. श्रेष्ठको परालको टालीबाट अचानक आगलागी हंुदा अन्दाजी ७०,०००।- बराबरको क्षती भएको छ।

    कारखानाको छतबाट खसेर मजदुर घाइते

    वीरगंज, ३० फागुन/ कारखानाबाट खसेर एक मजदुर गम्भीर घाइते भएका छन्।
    मंगलवार पिपरा-३ स्थित जगदम्वा स्टील फयाक्ट्रीको छतबाट भारत मोतिहारी बस्ने मजदुर वकिल खसेर गम्भीर घाइते भएका छन्। घाइतेको दुवै खट्टा भांचिएको र टाउकोमा चोट लागेको छ भने उनको उपचार नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ।

    विभिन्न स्थानमा सडक अवरुद्ध

    बारा, ३० फागुन/ बिहीवार पिपरा सिमरा-९ स्थित पर्ूव पश्चिम महेन्द्र राजमार्गको पथलैया सडकखण्डमा थारुहट कार्यकर्ता राजन चौधरीको नेतृत्वमा रहेको टोलीले बाटोमा टायर बालेर सडक अवरुद्ध गरेका थिए।
    त्यसैगरी बिहीवार भवानीपुर जितपुर-३ स्थित वीरगंज-पथलैया सडकखण्ड र छातापिपरा-४ सडकखण्डमा थारु कल्याणकारीसभाले सडक अवरुद्ध गरेका थिए।

    राजमार्ग अवरुद्ध गर्ने ११ जना पक्राउ

    बेनीघाट, ३० फागुन/ राजमार्ग बन्द गर्न खोज्ने भूपू प्रहरी सेना र सशस्त्र प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार वेनीघाट बजारमा पर्ूव प्रहरी, सेना र सशस्त्रहरुले पर्ूनवहाली मांग राख्दै हाइवे बन्द गर्न खोज्दा ११ जना पक्राउ परेका छन्।
    पक्राउ पर्नेहरुमा दाङ सिउजा गा.वि.स.१ का लाल गुरुङ, टोप मल्ल ठकुरी, हलवार-५ का आइत राम थापा, परिगाँउ-५ का राम सिंह चौधरी, तुल्सीपुर नगरपालिका-१ का कोसर सिंजाली, लालमठिया-२ का छुन्नीलाल चौधरी, तुल्सीपुर नगरपालीका-२ का तुल्सी पोख्रेल, राजपुर-४ का दिनेश कुमार भण्डारी, धर्ना गा.वि.स.-३ का इन्द्र के.सी., रौतहट सरवी-१ का इश्वर डांगी, रोल्पा उवा गा.वि.स.-८ का बाघसुर र्घर्ती रहेका छन्।

    वृद्धभत्ताको विषयमा झडप हुंदा तीनजना घाइते

    रौतहट, ३० फागुन/ वृद्ध भत्ताको विषयमा गाविस सचिव र स्थानीयबासीबीच झडप हुंदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
    मंगलवार राति ९ः४५ बजे दिपही-७ का गाविस सचिव बिश्वनाथ साहसंग सोही गाविस वडा नं. -१ बस्ने लिला साह, संजय साह, पाचु साह, र जिबनाथ साहले वृद्ध भत्ताको बिषयलाई लिएर झडप हुंदा गजेन्द्र राय यादव गम्भीर घाइते भएका छन् भने छटुराय यादव र जोगु यादव सामान्य र्घाईते भएका छन्।
    घाइतेहरुको उपचार गौर अस्पताल र स्थानीय मेडिकलमा भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा जीवनाथ साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार रहेको प्रहरीले जनाएको छ।

    जग्गासम्बन्धी झडपमा ८ जना घाइते

    महोत्तरी, ३० फागुन/ जग्गासम्बन्धी विवाद हुंदा तीनजना घाइते भएका छन्।
    मंगलवार राति ११ः३० बजे सोनागाई गा.वि.स.-५ मा जग्गाको विषयलाई लिई दर्ुइ पक्षबीच झडप हुंदा श्रवण कुमार ठाकुरलगायत आठ जना घाइते भएका हुन्। घाइतेको धरान अस्पताल र स्थानीय हेल्थपोष्टमा उपचार भईरहेको छ

    खैरो हेरोइनसहित दुइजना पक्राउ

    वीरगंज, ३० फागुन/ ३९ ग्राम खैरो हेरोइनसहित दर्ुइजना पक्राउ परेका छन्। मंगलवार प्रहरी चौकी इनर्वाले चेकजांचको क्रममा वी.उ.न.पा.-२ बस्ने बर्ष३५ को साकिर ठाकुर्राई र सुनसरी न.पा.४ बस्ने बर्ष२० को टंक प्रसाद ढकाललाई ३९ ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ।

    घरायसी विवादमा एक घाइते

    धनुषा, ३० फागुन/ घरायसी विवादका कारण छिमेकीको कुटपिटबाट एकजना गम्भीर घाइते भएका छन्।
    बुधवार ७ बजे यज्ञभूमी गा.वि.स.-८ बस्ने बर्ष३६ को गणेश मोक्तानलाई सोही ठाउं बस्ने बर्ष२० को संजोक लामाले घरायसी विवादका कारण फलामको रडले हिर्काएर गम्भीर घाइते बनाएका हुन्।
    र्घाईतेको उपचारको लागी स्थानीय मेडीकलमा पर्ठाईएको छ भने कुटपिट गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।

    विष सेवन गरी आत्महत्या

    र्सलाही, ३० फागुन/ बिष सेवन गरी एकजनाले आत्महत्या गरेका छन्।
    मंगलवार बुधसिंह-४ स्थित ढकान थोकना बस्ने बर्ष५५ को कृष्णलाल श्रेष्ठले बिष सेवन गरी आत्महत्या गरेका हुन्।

    0 comments: