स्वरोजगार कार्यक्रममा आवेदन भर्नेको भीड

Posted on
  • Mar 13, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३० फागुन/ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय, सिंहदरबारले जारी गरेको सूचनाको आधारमा आजभोलि युवा तथा साना व्यवसायी रोजगारको लागि आवेदन र्फम दर्ता गर्ने क्रम बढेको छ।
    आजभोलि वीरगंजको स्थानीय पिसिओ, साइबर क्याफेमा आवेदन र्फम भर्न युवाहरुको उल्लेखनीय भीड लागेको छ। प्रत्येक साइबरले र्फम भरेर प्रिन्ट निकालेवापत रु १०० सम्म लिने गरेका छन्।
    आजसम्म ४५५ जना युवा तथा साना व्यवसायी स्वरोजगारीहरुले वीरगंज उद्योग वाणिज्य संघमा र्फम दर्ता गराएका छन्।
    बेरोजगारी र स्वरोजगारीहरुले www.mof.gov.np/swarojgar मा र्फम भरी वीरगंज उद्योग वाणिज्य संघमा फोटोसहितको आवेदनपत्र, नागरिकता र योग्यताको प्रमाणपत्रको प्रतिलिपी चैत १५ गतेसम्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
    युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम, अर्थ मन्त्रालय काठमाडौंमा मुलुकभरिका युवा तथा साना व्यवसायी स्वरोजगारहरुले इन्टरनेटमार्फ आवेदन भरिरहेका छन्।
    इमेल भराउने साइबरहरुले प्रत्येक आवेदनकर्तासंग रु १०० र आवेदन शुल्क वापत वीरगंज उद्योग वाणिज्य संघले रु १०० लिइरहेको छ।
    नेपाल सरकारले प्रत्येक कर्मचारीहरुबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोष २०६५ का लागि पा“च दिनको तलब बराबरको रकम संकलन गरीरहेको छ।
    सो संकलित रकमबाट खडा भएको कोषले नेपाल अधिराज्यका ७५ वटै जिल्लामा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ब्याज दरमा बिना धितो दर्ुइ लाख रुपियांसम्म आवधिक ऋण उपलब्ध गराउन लागेको छ। युवा तथा साना व्यवसायी स्वरोजगारहरुले आप\mनो रुचिको विषयको उद्यम गर्ने भनि आवेदनपत्रमा उल्लेख गरेको आधारमाप्रत्येक जिल्लामा रहेको नेपाल उद्योग वाणिज्य महासंघ अर्न्तर्गत उद्योग वाणिज्य संघहरुले आवेदनकर्ताहरुलाई तोकिएको विषयमा अभिमुखी तालिम कार्यक्रम संचालन गर्नेछन्।

    0 comments: