शाखा अधिकृत मृत अवस्थामा

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ फागुन/ संविधान निर्माणको राय सुझाव संकलन गर्न खटिएका १२ नं. टोलीका एक शाखा अधिकृत मृत अवस्थामा फेला परेका छन् । आज बिहान बाराको कलैया नपा, घुसुकपुर-७ स्थित कल्याण कार्यालयमा गत २० गतेदेखि बस्दै आएका संसद सचिवालयका शाखा अधिकृत नेमराज शाक्य मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
    गए राति खाना खाएर गएका शाक्य अबेरसम्म नउठेसम्म ढोका फुटाली हर्ेदा शाक्य मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

    सशस्त्र प्रहरी वेश क्याम्प जनताद्वारा घेराउ


    वीरगंज, २६ फागुन/ पर्सर्ााजल्ला बागेश्वरी त्रितौना गाविसस्थित सशस्त्र वेश क्याम्पलाई सोमवार विहानदेखि स्थानीय जनताहरुले घेराउ गरी मर्ुदावाद नारा घन्काइरहेका छन् ।
    चैनपुर टोलका संजीव मिश्रले धेरैलाई ठगी गरेको आरोपमा स्थानीय गाउंवासीले आप\mनो कब्जामा लिएपछि सशस्त्र प्रहरी वेश क्याम्पका प्रहरी जवानहरुले जयलाल यादव र सोनालाल यादवलाई गिरफतार गरी निर्घर्ाांग पिटेको विरोधमा स्वतस्फूत आक्रोशित एक हजारभन्दा बढी स्थानीयबासी एकत्रित भइ सशस्त्र वेश क्याम्पमा घेराउ गर्न पुगेको खबर छ।

    श्रेष्ठलाई तत्काल मुक्त गर्न आग्रह

    काठमाडौं, २६ फागुन/ नेपाल तरुण दलका आर्थिक विभाग उपसंयोजक मधु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेमा नेपाल तरुण दलले घोर आपति प्रकट गरेको छ । आसन्न स्ववियु चुनावमा विपक्षीहरुको मनोवल कमजोर गराउने नियतले राज्य नै खनिनु षड्यन्त्रपर्ूण्ा भएको ठहर गर्दै तरुण दलले प्रहरीले विना कारण पक्राउ गरेका श्रेष्ठलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ।

    0 comments: