मुस्लिम हक अधिकारबारे बुलन्द आवाज उठाउन आग्रह

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २६ फागुन/ नेपाल मुस्लिम नागरिक समाजका केन्द्रीय अध्यक्ष्ँ मसरुद्दिन अंसारीले मुस्लिम हकअधिकारबारे मुस्लिम समुदायलाइ बुलन्द आवाज उठाउन आग्रह गरेका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाद्वारा आयोजित साक्ष्ँात्कार कार्यक्रममा अंसारीले प्रधानमन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रका बारेमा प्रकाश पारेका थिए।
    नेपाल मुस्लिम नागरिक समाजले मुस्लिम समुदायलाई राष्ट्र विकासको मूलधारमा ल्याउने व्यवस्था, अधिकार सम्पन्न राष्ट्रिय मुस्लिम आयोग गठन, जनसंख्याको आधारमा राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था, आरक्षणको विशेष व्यवस्था, मुस्लिम समुदायको चौतर्फी विकासका लागि २५ वर्षो मुस्लिम विकास आयोजना, उर्दुभाषालाई राष्ट्रिय भाषाको मान्यता, इद र बकरिदमा र्सार्वजनिक बिदा, सवै बारात मोहम्मद दिवस, मोर्हरममा राष्ट्रिय बिदा, राष्ट्रिय मदर्रर्ााोर्ड गठन, स्थायी हज कमिटी गठन, हिजरी सम्वत्लाई राष्ट्रिय सम्वतको मान्यता, मुस्लिम पर्सनल ल बोर्डको गठन गरियोस भन्ने माग गरिएको छ।
    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डा. कमरुल होदा, केन्द्रीय कार्यालय सचिव जाकिर हुसेन, नेपाल मुस्लिम नागरिक समाज पर्सा जिल्ला अध्यक्ष्ँ आलम अंसारीलगायतको उपस्थिति थियो। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष्ँ कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    होली शुभकामना समारोह

    वीरगंज, २६ फागुन/ हिन्दूहरुको महान चाड होलीको शुभ अवसरमा प्रेस चौतारी नेपाल पर्साले आयोजना गरेको होली मिलन समारोह आज एक समारोहबीच सम्पन्न भएको छ।
    सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष्ँ शत्रुघन नेपाल, मेची महाकाली मिडिया सोसाइटीका श्रीराम रायमाझी, ब्रोडकास्टिङ एसोसिएसनका महासचिव दिपेन्द्र चौहानले आ-आफ्नो मन्तव्य व्यक्त, गर्दै होलीको शुभकामना दिएका थिए।
    कार्यक्रम प्रेस चौतारी पर्साका अध्यक्ष्ँ जीवनलाल श्रेष्ठको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो।

    0 comments: