वीरगंज, २६ असार/ नेपाल-भारत खुल्ला सिमानाको भरपूर फाइदा उठाइ तस्कर गिरोहले दुवै देशको सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्ष्ँाकर्मीलाई मिलाएर हिजोआज ऐतिहासिकरूपमा तस्करी -अनधिकृत व्यापार) गर्दै आइरहेका छन ।
भारत, विहार राज्य पश्चिमी चम्पारण जिल्लाको नेपालसंग सीमा जोडिएको रक्सौलदेखि बैरगनियासम्मको भंसार नाका वरपरको क्षेत्रबाट भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको खाद्यान्न, रासायनिक मल लगायत विभिन्न वस्तु ठूलो परिमाणमा नेपालमा चोरी पैठारी हुन दिएवापत सीमावर्ती क्षेत्रमा तैनाथ दुवै देशका सुरक्ष्ँाकरमीहरुले करोडौं घुस संकलन गर्ने गरेको एक स्रोतले उल्लेख गरेको छ ।
भारत सरकार र राज्य सरकारले खाद्यान्न अभावको कारण देखाई निर्यातमा प्रतिबन्ध लगाएको भारतीय खाद्य निगम लेखिएको बोरामा प्याक भएको गहुं, चामल, धान, दाल आदि ठूलो परिमाणमा सीमावर्ती क्षेत्रका भारतीय सुरक्षा बलको संरक्षण र सहयोगमा नेपाल भित्रिरहेको छ । नेपालका व्यापारीहरूले चोरी पैठारी भइ आएका भारतीय चामल, गहुं र दाल संकलन गरी गोदाममा राखेर नेपालको उत्पादन बनाएर उद्योग वाणिज्य महासंघ र संघबाट उत्पत्तिको प्रमाणपत्र -सर्टिफिकेट अफ ओरिजन) लिएर तेस्रो मुलुकमा पठाइरहेका छन् ।
त्यसैगरी बारा जिल्ला मटिअर्वा भंसार नाकाबाट ठूलो परिणामको भारतीय रासायनिक मल चोरी पैठारी दिनहुं भइ नेपालको विभिन्न भूभागमा पुग्ने गरेको छ ।
दैनिक ५ ट्रक रासायनिक मल लोड भई पथलैयास्थित राजस्व अनुसन्धानको ढाट, प्रहरी चौकी, बारा र पर्सर्ाा केही पत्रकारहरूलाई मिलाउंदै मलको तस्करी गर्ने व्यक्तिहरूले हेटौडा र भरतपुरमा पुर्याउने गरेका छन् ।
तस्करले सुरक्षाकर्मी, पत्रकार सवैलाई महिनावारी बुझाएर आप\mनो तस्करी धन्दालाई सुचारू र सुरक्षित पारेका छन् । प्रत्येक दिन निर्वाध, निसंकोच तस्कर गिरोहले तस्करी धन्दा संचालन गरिरहेका छन् । हाल मटिअर्वाबाट रासायनिक मल चोरी पैठारी धन्दा गर्नेहरुमा बारा, बेनौलीका नेविसंघका प्रभु साह, विजय, मदन, सुरेश, पन्नालाल, गोल्डेन, पर्ूव प्रहरी विष्णु दयाल, सोनालाललगायत आदि रहेका छन् ।
एक ट्रक भंसार चोरी पैठारी गरिएको भारतीय रासायनिक मल हेटौडामा लगेर बिक्री गर्दा करिब १ लाख मुनाफा हुने र सो मुनाफाको ६० प्रतिशत प्रहरी, भंसार, पत्रकार नेतामा वितरण गर्दा खर्च हुने एक तस्करका नाइकेले बताएका छन् ।
मटिअर्वा भंसारबाट मासिक ७० ट्रकभन्दा बढी भैंसी लोड हुन्छ । पशु क्वारेन्टाइन र छोटी भंसारका कर्मचारीले भंसार राजस्व चुहावट गरी आप\mनो गोजी भर्ने गरेको पाइन्छ । यसरी सुरक्ष्ँाकरमीले देशप्रति लापरवाही गरी पैसा कमाउन तल्लिन भएपछि दुवै देशका सिमावर्ती क्षेत्रमा अपराधले प्रश्रय पाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment