वीरगंज, २५ असार/ तराइमा संघर्षरत सशस्त्र समूह मधेशी मुक्ति टाइगर्स, बाराका जिल्ला इन्चार्ज हतियारसहित पक्राउ परेको छ।
गए राति ९ बजे बारा, कलैया नपा-६ बस्ने कुन्दन साह सुरजलाई प्रहरीले विश्वम्बरपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सुरजको साथबाट नलकटुवा पेस्तोल १ थान, तीन थान गोली र पार्टीका चन्दा, रसिद र दस्तावेजहरु फेला परेको र हाल अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कायार्लय, बाराका प्रहरी उपरीक्षक हेमन्त पालले बताउनुभयो ।
एकीकृत योजना तर्जुमा
वीरगंज, २५ असार/ पर्साबासीको हितमा योजना तर्जुमा गरी आउंदो २०६५/०६६ को लागि विकास निर्माण गर्ने उद्देश्य अनुरुप जिल्ला विकास समिति, पर्साले २०६५/०६६ को एकीकृत योजना तर्जुमा गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आज स्थानीय होटल मकालुमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले विकास निर्माणका क्षेत्र पहिचान, कार्यसम्पादन गर्नुपर्ने स्थानको प्राथमिकतालगायतका कुराहरुको पूर्वाधारबारे जोड दिएका थिए ।
स्थानीय विकास अधिकारी राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी, संचारकर्मी, सरकारी कर्मचारी, सचिवलगायतको उपस्थिति थियो ।
वडा समितिमा तालाबन्दी
वीरगंज, २५ असार/ वीरगंज उपमहानगरपालिका वडा नं. ७ स्थित रहेको वडा समितिले वडामा ध्यान नपुर्याएको भन्दै नेकपा माओवादीसंग आबद्ध सुरेश शर्माले आज तालाबन्दी गरेका छन् ।
निकै दिनदेखि सो वडाको सडक बत्ती ब्रि्रनुकासाथै सरसफाइ, धारा मरम्मत आदि कार्यमा सम्बन्धित वडा समितिले ध्यान नपुर्याएको भन्दै सो तालाबन्दी गरेको शर्माले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment