भारतीय नागरिकले झुक्याइ नागरिकता लिएको आरोप

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज १० चैत . झुक्याई नेपाली नागरिकता प्रमाणपत्र लिनेमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ।

    भारतको बिहार रक्सौल घर भएका अरुणकुमार अग्रवालले नागरिकता वितरण टोलीबाट २०६३ सालमा वीउमनपा १३ बाट झुक्याई नेपाली नागरिकता प्रमाणपत्र लिएकोमा नागरिकता खारेजीका लागि उजुरी परेको हो।

    जिप्रका पर्साका प्रशासकीय अधिकृत दुर्गादत्त ढकाल टोली प्रमुख रहेको नागरिकता वितरण टोली र सिफारिसकर्ता राजनीतिक दलका प्रतिनिधिहरुको मिलोमतोमा रक्सौल निवासी अग्रवालसंग १० लाख घुस लिई गैर नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्र दिएको समाचार स्रोत दाबी छ।

    जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान र छानबिन गर्न सिफरिसकर्ता आठवटै पार्टीका प्रतिनिधिलाई बयानका लागि झिकाइ बयान लिइरहेको छ।

    0 comments: