चटयाङबाट २ जनाको मृत्यु दर्जनौं घाइते

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • रामेछाप १० चैत । आइतवार फुलासी १ बस्ने नाम नखुलेको २ जना व्यक्तिको चट्याङबाट मृत्यु भएको छ भने दुइ बालक गम्भीर घाइते भएका छन्। चटयाङबाट २ भैसी १ गाई १ को मृत्यु भएको छ ।

    आइतवार चट्या�ङमा परि नुवाकोट देउराली ३ निवासी राजेश तामाङको घर बनाउने काम गरिरहेका करिब १० जना ब्यक्तिहरु घाईते भएका छन् । घाइतेहरुमध्ये ४ जनाको स्थानीय हेल्थ पोष्ट र ६ जनालाई त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

    आइतवार धािदङको भुमेस्थान ३ स्थित मेहरमान तामाङको घरमा अचानक चट्याङ पर्दा सिकर्मी काम गर्न आएका वर्ष ५६ को दोगे तामाङको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ३ जना सामान्य घाईते भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

    0 comments: