पिछडा वर्गको बारा, रौतहट, जनकपुर र सर्लाहीमा आन्दोलन

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • कलैया १० चैत . नेपाल पिछडा वर्ग महासंघले आहवान गरेको तीन दिने मधेश बन्दको तेस्रो दिन वीरगंज कलैया सडक अवरुद्ध भएको थियो ।

    आज बिहान ७ बजे कलैया ६ स्थित भरत चोकमा पिछडा वर्गका कार्यकर्ताहरुले सडकखण्ड अवरोध गरेका थिए ।

    सोही स्थानमा बस भाडा दर घटाउन पर्यो भन्ने बिषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पस र हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पनि बाटो अवरुद्ध गरेका छन्। प्रहरीले बिहान ९ बजेदेखि सो सडकखण्ड सुचारु गराएको थियो ।

    आज बिहान ८ बजे देखि जयनगर चोकमा नेपाल पिछडिएको वर्गका जिल्ला अध्यक्ष रघुनाथ महत्तोको नेतृत्वमा रहेको जुलुसले सडकमा बेन्च तेसाई गौर चन्द्रनिगाहपुर सडकखण्ड बन्द गरेका छन्।

    आज बिहान ८ बजे जनकपुर ७ स्थित भरमपुरा चोकमा पिछडा वर्गका अध्यक्ष भरत ठाकुरको नेतृत्वमा रहेको समूहले टायर बाली बाटो अवरोध गरेपछि बिहान ९ः२५ बजे सो सडकखण्ड सुचारु भएको थियो।

    बिहान १०ः३० बजे सर्लाहीको नेत्रगंज ६ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा पिछडा वर्गका जिल्ला अध्यक्ष रामचन्द्र प्रसाद साहलगायतले अवरोध सिर्जना गरेका छन्।


    0 comments: