विभिन्न स्थानमा दुर्घटना कयौं घाइते

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज १० चैत । विभिन्न स्थानमा सडक दुर्घटना हुंदा दर्जनौं व्यक्तिहरु घाइते भएका छन्।

    आज बिहान ९ः१५ बजे बा।६च।६५३ नंं।sाे महेन्द्र जिपले महोत्तरी खयरमारा ५ बस्ने बर्ष १३ को लक्ष्मण वाईबालाई ठक्कर दिएपछि घाइते भएका छन्। घाइते बालकको टाउकोमा चोट लागेको दुवै हात भांच्चिएको छ भने उनको उपचार वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।

    जिप र चालक प्रहरीको नियन्त्रणमा रहॆको छ ।

    आज बिहान २ः३० बजे कर्मैया ४ स्थित ना।२ख। ६८५३ नं।sाे ट्रक र विपरीत दिशाबाट आईरहेको ना।३ख।५४५६ नं।sाे बस एक आपसमा ठोकीन गई बस चालक सहित १३ जना घाईते भएका छन्। घाइतेहरुको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने ३ जनाको अवस्था गम्भीर छ ।

    आइतवार ४ः३० बजे जयन्तीनगर ३ स्थित ना।१त।५६६० नं।sाे ट्याक्टर पल्टिदा शंकरपुर २ बस्ने गणेश मण्डल घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वरहथवामा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगंज ल्याइएको छ ।

    चालक र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ।

    सोमवार गोठपानी ढांडखर्क भन्ज्याङ ७ मा गुरांसेबाट काठमाडौतर्फ आउंदै गरेको बा।२ख।५४२ नं।sाे बस ६० मिटर तल खसेपछि करिब ७० जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छभने चालक फरार रहेका छन्।

    त्यसैगरी सोमवार सांझ बजे गाती ३ बन्जीस्थित अरनिको राजमार्गमा स्याउ लोड गरी काठमाडौतर्फ जाने क्रममा बा।२ख।४०५२ नं।sाे मिनि टरक पल्टिदा नामथरवतन नखुलेको १ जना व्यक्ति गम्भीर घाईते भएका छन् । घाइतेको बाह्रविसे स्वास्थ्य केन्द्र उपचार भइरहेको छ ।

    हिजो सांझ नुवाकोटको विदुर नगरपालीका ७ स्थित गङ्गेट भन्ने स्थानमा बा।१ख।८४५८ नं।sाे मिनिटाटा र बा।१३प।१४१५ नंं। को मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक र पछाडी बस्ने व्यक्ति घाईते भएका छन् । घाइतेको पोली क्लिनिक अस्पताल बट्टारमा उपचार भइरहेको छ ।

    मिनिटाटा चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।

    माघ २८ गते पिप्ले ९ स्थित महेन्द्र राजमार्गमा सवारी दुर्घटनामा परी मृत्यु भएका रिक्सा चालक क्षेत्र बहादुर मुक्तान र रिक्सामा सवार करण खड्काको बिषयलाई लिएर पीडित पक्षहरुले हालसम्म उचित क्षतिपूर्ति नपाएको भन्दै आइतवार सो सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीले आवश्यक बल प्रयोग गरी बाटो खुलाएको थियो ।

    बन्दकर्ताहरुले १२ वटा गाडीको सिसा तोडफोड गरेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।


    0 comments: