मृत अवस्थामा शव फेला

Posted on
  • Feb 26, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १५ फागुन/ फागुन ८ गते ८ बजेदेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
    आज दिउंसो १२ः३० सिर्सिया-५ खलुवा टोल बस्ने लन्टु साहको छोरी बर्ष७ की फुलमती साहलाई खलुवा टोल -नेपाल भारतको सिमाना) मा मृत अवस्थामा लास फेला परेको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
    सो घटनासम्बन्धमा प्रहरी टोलीले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

    छुट्टाछुट्टै दर्ुघटनामा २ जनाको मृत्यु, ३८ जना घाइते

    वीरगंज, १५ फागुन/ फागुन १४ गते ५ बजेको समयमा सदरमुकाम हेटौडाबाट धुवा“कोटतर्फगईरहेको ना.१ ख. ७१०० नं.को यात्रुबाहक बस स्याउली पलाउ खोलामा अचानक पल्टन जांदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छन् भने २०/२५ जना र्घाईते भएका छन्।
    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भने सोही घटनालाई लिएर उचित क्षतिपर्ूर्ति र गाडी धनी उपस्थिती गराउने माग राखी आज १२ बजेबाट १० ० जनाको समूहले सदरमुकाम अवरुद्ध गरेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
    उता फागुन १४ गते ६ः३० बजेको समयमा मनहरी-४ सिमपानीस्थित हेटौडा नारायणगढ सडक खण्डमा ना.५ प. ४४४ नं. को मो.सा. ले सोही ठाउं बस्ने बर्ष३९ को डिल ब.गुरुङलाई ठक्कर दिंदा उनी घाइते भएका छन्। घाइतेको चितवन असप्तालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
    यसैवीच फागुन १४ गते अन्दाजी ११ः३० बजेको समयमा ओखलढु·ा सिहदेवी-१ स्थित बा.१क.६७२५ नं.को फोरवान गाडी अनियन्त्रित भई पल्टिदा ६ जना घाइते भएका छन्।
    घाइते हुनेहरुमा ओखलढु·ा रानीबन ३ बस्ने बर्ष१७ को मनोज थापा, सिहदेवी ७ बस्ने बर्ष१५ की अनुपम सुबेदी, रानीबन २ बस्ने बर्ष१७ की मेनुका ढुङगेल, रानीबन २ बस्ने बर्ष३० की मनिता ढुङगेल, फुवापानी बस्ने बर्ष११ को राजु बि.क., सिहदेवी ६ बस्ने बर्ष१४ को नानीराज भण्डारी घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
    यसैवीच आज बिहान ११ः४० बजे इनरवा-८ स्थित खुजारावल चोकमा बस्ने बर्ष६५ को नेहरुल खातुनलाई ज १ त १२५० नं.को ट्रयाक्टरले ठक्कर दिंदा र्घाईते भई उपचारको लागी जनकपुर अञ्चल अस्पताल पर्ठाईएको छ।
    ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ।
    यसैगरी आज बिहान १०ः४५ बजेको समयमार् इश्वरपुर १ स्थित पर्ूवपश्चिम महेन्द्र राजमार्ग फुलजोर चोकमा लहानबाट बरहथवा जन्ती जानको लागी आईरहेको ना.३ ख. ६०८६ नं.को बस विपरित दिशाबाट आईरहेको साइकल यात्रीलाई बचाउन खोज्दा दाहिने साइडमा पल्टन जांदा बसमा यात्रा गरी आएका ७०/८० जना यात्रीमध्ये ५ जना र्घाईते भएका छन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचार भइरहेको छ भने बस चालक फरार भएका छन्।

    भारतीय दूतावासका एसपी अरोरा प्रोजेक्ट निरीक्ष्ँणमा

    सिन्धुली, १५ फागुन/ प्रोजेक्ट निरीक्षणको सिलसिलामा आउनु भएका भारतीय राजदूतावासका एसपी अरोरा सिन्धुली जिल्ला अर्न्तर्गत विभिन्न ठाउंका नवनिर्मित भवनहरुको निरीक्षण गर्नु भई फागुन १४ गते १०ः२० वजे जनकपुरतर्फलाग्नुभएको छ।

    विधान संशोधनबारे छलफल

    सिन्धुली, १५ फागुन/ नेपाली कांग्रेसका सांसद रामशरण यादब फागुन १४ गते सिन्धुली क.न.पा.-६ स्थित नेपाली कांग्रेस पार्टर्ीीार्यालयमा विधान सम्बोधन सम्बन्धी कार्यकताहरुसंग छलफल गर्नु भई सोही दिन फर्किनुभएको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    निःशुल्क स्वास्थ्य शिविरको उदघाटन

    सिन्धुली, १५ फागुन/ नेकपा माओवादीका सभासद कल्पना सुवेदीले फागुन १४ गते तीनपाटन सरोकार समिति सिन्धुलीद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य सिविरको उद्घाटन गर्नुभयो।

    बालक अपहरणमुक्त

    जनकपुर, १५ फागुन/ अपहरित एक बालकलाई अपहरणकारीले मुक्त गरेको छ।
    जनकपुर-९ बस्ने गणेश यादवको छोरा अनिश यादवलाई अज्ञात समूहले अपहरण गरेकोमा प्रहरीले शंकाको आधारमा अखिल तर्राई मुक्ति मोर्चाका रामदेव यादव र र्सवसाधारण हरि साह, दिपक यादवलाई पक्राउ गरे पश्चात अपहरणकारीहरुले फागुन १४ गते १० बजे अपहरित अनिश यादवलाई ज.न.पा. ९ थापा चोक र बेलही जाने बाटोमा ल्याइ रिहा गरेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    लागूऔषधसहित चार पक्राउ

    वीरगंज, १५ फागुन/ बुधवार सांझ ६ बजे वीरगंज- १८ बसपार्कबाट ४० ग्राम ब्राउन सुगर सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका ४ बस्ने बर्ष२३ को गणेश श्रेष्ठ, नारायणथान २ बस्ने बर्ष१९ कि उमा श्रेष्ठ, बर्ष२२ कि ज्योति राउत, बर्ष२६ को बुलेट राउत रहेका छन्। पक्राउ परेका चारैजनाबारे अनुसन्धान भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    कस्तुरीको बिनायो र बाघको छालासहित चारजना पक्राउ

    भरतपुर, १५ फागुन/ डब्लु, सि.एफ.को सूचनाको आधारमा फागुन १४ गते ५ बजे भरतपुर न.पा.-३ चितवन गेष्ट हाउसबाट कस्तुरीको विनायोसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलबस्तु सिलागढी-९ का बर्ष४५ को जयबिर र्घर्ति मगर, ऐ.वरकलपुर-३ बस्ने बर्ष३० को रिषिबहादुर थापा र जि.बाग्लुङ निसी-९ बस्ने प्यारो र्घर्तिमगर पक्राउ पर्नुको साथै नवलपरासी गिर्मी-६ बस्ने मोबरक देवानलाई चितुवाको छाला २ पिरा सहित नियन्त्रणमा लिईएको मध्यक्षेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    कर्तव्य ज्यानको अभियोगमा पक्राउ

    वीरगंज, १५ फागुन/ अवैध गर्भाधान गरी जन्मिएको शिशुलाई हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
    सिन्धुली महादेव स्थान ५ बस्ने मनोज कुमार वाईवाको छोरी वर्ष२४ की अविवाहित काली भन्ने पवित्रा वाईवाले अबैध सम्बन्धबाट गर्भ बोकी फागुन १३ गते सांझ जन्मिएको बच्चाको हत्या गरी घर नजिकैको खोल्सामा ढुंगा र पत्थरले छोपी फालेको अवस्थामा शव भेटिएकोर् इ.प्र.का. कपिलाकोट जनाएको छ।
    पक्राउ परेको वाइवालाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको मध्यक्ष्ँेत्र प्रहरी कार्यालयले जनाएको छ।

    0 comments: