विद्यार्थी, यातायात व्यवसायी र प्रहरीबीच झडप, ९ जना घाइते, दुइ पक्राउ

Posted on
  • Feb 26, 2009
  • by
  • mukesh
  • in

  • तनावग्रस्त वीरगंज बजार । तस्बिरः कुबेरचन्द्र गौतम

    वीरगंज, १५ फागुन/ विद्यार्थी- यातायात चालक र प्रहरीबीच झडप हुंदा हालसम्म ८ जना घाइते भएका छन् भने दर्ुइजना पक्राउ परेका छन् ।
    आज बिहान साढे ९ बजे ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजमा विविएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी इस्लाम अन्सारीको साइकलले बा ६ च ११८८ नं.को मारुती भ्यानलाई आदर्शनगरस्थित पुरानो बसपार्कमा ठक्कर दिएपछि विवाद भएको थियो ।
    साइड ऐना फुटाएको विषयमा विवाद भएपछि अन्सारीले ठाकुराम बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरू बोलाई भ्यान चालक रामआशिष सहनीलाई कुटपीट गरेको आरोप यातायात व्यवसायीहरूले लगाएका छन्। विद्यार्थीहरू र वीरगंजका चालकहरूबीच भएको झडपले उग्ररूप लिएपछि सशस्त्र प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएको थियो ।
    सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा अधिकांश विद्यार्थीहरू घाइते भएका छन् । घाइतेहरूको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहेको छ । घाइते हुने विद्यार्थीहरुमा राकेश यादव, प्रमोद यादव, सीताराम सिंह, उमेश यादव, शाह महम्मद, धर्मराज यादव, सुभाष साह रहेका छन् । घाइते भ्यान चालक रामअशिष सहनीलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याए पछि पुनः झडप हुने सम्भावना देखी सहनीलाई नेशनल मेडिकल कलेज लगिएको छ । आक्रोशित विद्यार्थीहरुले नाउक्ष्ँे अस्पतालमा उपचारको क्रममा एक्सरे छुट नगरेको भन्दै प्रशासनको झयालका सिसाहरु तोडफोडसमेत गरेका छन् ।
    झडपका क्रममा विद्यार्थीहरूले बा ६ च ११८८ नम्बरको र अर्को एक नंबर नखुलेको अलटाइम पिसिओ संचालकका टाटासुमो तोडफोड गरेपछि अहिले वीरगंजका सम्पर्ूर्ण्ँ यातायात र बजार बन्द भएका छन् । त्यस्तै यातायात मजदुरले पनि विद्यार्थीका एक दर्जन साइकलमा तोडफोड गरेको बताइएको छ ।
    झडपमा संलग्न रहेको आशंकामा प्रहरीले ठाकुराम बहुमुखी क्याम्पसका स्ववियु केन्द्रीय सदस्य उमेश गुप्ता, जिल्ला कार्यसमितिका प्रभाकर गुप्तालाई पक्राउ गरेको छ।
    असुरक्षाका कारण्ँ पुरानो बसपार्कमा रहेका सबै गाडीहरू जिल्ला प्रहरी कार्यालय पर्सर्ाा पुर्‍याइएको छ । अहिले विद्यार्थी नेता, यातायात व्यवसायी र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा छलफल भइरहेको छ ।

    0 comments: