सशस्त्र समूह र प्रहरीबीच भिडन्त, १ जनाको मृत्यु, १ घाइते

Posted on
  • Feb 26, 2009
  • by
  • mukesh
  • in
  • सशस्त्र समूह र प्रहरीबीच भिडन्त, १ जनाको मृत्यु
    हरि शर्मा
    नवलपरासी, १५ फागुन । शसस्त्र समूह र प्रहरीबीच आज दिउंसो भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको छ भने एक जना र्घाईते भएका छन् ।
    रुपन्देही र नवलपरासीको सिमानामा पर्ने धगधईस्थित रोहिणी पुल नजिक भएको दोहोरो भिडन्तमा रुपन्देही कमरियाका रामवलि चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । दोहोरो गोली हानाहानमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक कुवेर चन्द घाइते भएको वताईएको छ ।
    ज्रि्रका नवलपरासीबाट गएको प्रहरी टोलीले पिछा गर्ने क्रममा सशस्त्र समूहद्वारा फायरिङ भएपछि प्रहरीको जवाफी कारवाहीमा संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका रुपन्देही सदस्य रामवलि चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकसंग एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली चार राउण्ड र पर्चा पम्पलेट बरामद भएको नवलपरासीका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले वताउनु भएको छ ।
    कम्ब्याक्ट पोशाकमा रहेका दर्ुइजना मध्ये रुपन्देही सिक्टहन गाविस वस्ने अमर धवललाई प्रहरीले पक्राउ गरेको छ ।

    0 comments: