देहव्यापार चरम विन्दूमा, स्थानीयवासीहरू विरोधमा

Posted on
  • Jan 15, 2010
  • by
  • mukesh
  • in

  • वीरगंज, १ माघ। वीरगंजको विभिन्न स्थान तथा रेष्टुरेण्टमा खुलेआम देहव्यापारको धन्दा चल्न थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्।
        वीरगंजको पावरहाउस, रंगशाला रोड, यातायात व्यवस्था कार्यालयको अगाडि, नेपाल आयल निगमको प्रतिमाचोक स्थित कार्यालय अगाडि रहेको झुपडीमा खुलेआम वेश्यावृत्ति हुने गरेपछि स्थानीयवासीले चर्को विरोध गर्दै वीरगंजमा रहेका केही पसल तथा रेष्टुरेण्ट नै करिब एक महिनादेखि बन्द गराएका छन्।

        वीरगंजको पावरहाउस, नारायणी रंगशाला जाने सडकमा, यातायात व्यवस्था कार्यालय नजिकै रहेको एक झुपडी, नेपाल आयल निगम प्रतिमाचोक नजिकै रहेको करिब एक दर्जन भन्दा बढी  झुपडी र पसलहरूमा रू १०० देखि १००० सम्ममा वेश्यावृत्ति भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।
        वेश्यावृत्ति भएको आरोपमा स्थानीयवासीले नारायणी रंगशाला जाने एक झुपडीमा करिब दर्ुइ हप्तापहिले आगजनी गरेका थिए, भने वीरगंजको पावरहाउसमा रहेको एक दर्जन भन्दा बढी पसलहरू स्थानीय मर्ुर्लीका केही केटाहरूले बन्द गराएका छन्।
        त्यसैगरी वीरगंजको वाइपास, नगवा, इनर्वामा रहेको रेष्टुरेण्टहरू पनि स्थानीयवासीले बन्द गराएपछि अहिले वेश्यावृत्तिको धन्दा मोबाइल फोनबाट हुने गरेको छ। अहिले वीरगंजको केही लज, तथा कोठामा नै ग्राहकहरूसंग मोबाइल सर्म्पर्क गरी वेश्यावृत्ति हुने गरेको छ।
        नेपालको पहाडी जिल्ला तथा भारतबाट आएका केही युवती, महिलाहरूले वीरगंजमा वेश्यावृत्ति गरिरहेका छन्। करिब १२ वर्षकिशोरीदेखि ६० वर्षो वृद्धाले समेत यो पेशा अंगालेको पाइन्छ। वीरगंजमा वेश्यावृत्ति खुलेआम भइरहेको भएता पनि प्रहरीले पैसा लिएर कुनै कारबाही नगरेको एक बुद्धिजीवीले बताए।
        केही महिना अघि वीरगंजको पावरहाउसमा १६ वषर्ीय युवती नांगै सडकमा हिंडिरहेको देख्दा आफूलाई लाजमर्दो एक व्यक्तिले बताए। पछि प्रहरीले उनको उद्धार गरेको थियो।
        वीरगंजको पावरहाउस अहिले भारतको सितामढी र बेतिया भन्दा पनि प्रख्यात स्थान बन्न थालेपछि सो स्थान बन्द गर्नुपरेको बताइएको छ। पहिले पहिले वेश्यागमनको लागि भारतको सितामढी, बेतिया लगायत स्थान जानेहरू अहिले वीरगंजमा नै न्यूनतम मूल्यमा यौन सर्म्पर्क गर्न पाएपछि यहां वेश्यावृत्तिको धन्दा चरमविन्दूमा पुगेको थियो।
        वीरगंजको नगवा निवासी वेश्यावृत्तिको लागि चर्चित चन्दा देवीको नाम अग्रणी पंक्तिमा आउछ। उनले पहाडी जिल्ला तथा गाउं-गाउंबाट युवतीहरू फकाएर वीरगंजमा ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी छन्।
        व्यवसाय तथा मेहनत गरेर खान पाउनु सबैको अधिकार हो। यहि अधिकारलाई प्रयोग गर्दै मानवसमाज अगाडि बढि रहेको छ। तर कतिपय व्यक्तिले यो अधिकारलाई लतयाउदै वा भनों दुरूपयोग गर्दै अनैतिक कामहरू पनि गर्दै आएका छन्। त्यस्ता अनैतिक काम गर्ने थलोको रूपमा अवैधानिक तरिकाबाट संचालन हुने रेष्टुरेन्टहरूलाई लिन सकिन्छ।
        वीरगंजको वाईपास क्षेत्रमा संचालन हुदै आएका रेष्टुरेन्टहरूले समाजमा विकृति फैलाउने, अनशिलता पर््रदशन गर्ने तथा अपराधिक क्रियाकलापको बढावामा गराइरहेको छ।
        वीरगंज लगभगका क्षेत्रमा घट्दै आएको घटनाको योजनाहरू त्यस्ता-त्यस्ता ठाउंमा नै बन्ने गरेको कुरा स्वतः प्रमाणित समेत भएको छ। यस्तै अश्लिल, अपराध, विकृति जस्ता सामाजिक विकृति फैलिएको भन्दै एकपल्ट नगवाबासी जुरमुराएका थिए। नगवाबासीको त्यस्तो जुरमुहाटले अन्ततः नगवा वरपरका रष्टुरेन्टलाई पर्ुण्ात बन्द नै गराएका थिए । नगरवासीको यो रेष्टुरेन्ट बन्द गराउने कदम निकै नै सराहणीय रहेको थियो।

        हाल आएर नगरवासीले बन्द गराएका र बन्द गराउन छुटेका रेष्टुरेन्टहरू मध्य केहि रेष्टुरेन्ट संचालनमा आउन थालेका छन्। कतिपयले ढाकछोप गरी त कतिपय रेष्टुरेन्ट खुलेयाम रूपमा संचालन भइरहेका छन्। रेष्टुरेन्ट संचालकले त संचालन गरी आप\mनो ढुकुटी गर्ने काम गरेका छन् तर त्यस रेष्टुरेन्ट वरपरका समाजप्रति वास्ता गरेका छैनन। गरून पनि त किन न  उनिहरूको त्यहां घर नै छ न त्यहां उनिहरूका आफन्तहरू छन्। यसरी निर्विवाद रूपमा संचालन भएका रेष्टुरेन्टहरूले गर्दा स्थानिय समाजमा नकारात्मक असर परेको कुरा बताउनु हुन्छ नगवाकै अजय गुप्ता। वहांले सबैभन्दब ढी नकारात्मक प्रभाव यस क्षेत्रमा रहेका बालबालिका माथि परेको कुरा बताउनुहुन्छ। साथै कुनै-कुनै बेलामा त्यहांको वातावरण कोनाहलमय बन्ने गरेको पनि स्थानियवासी गुप्ताको भनाई छ।
        यसरी पनुः छिटपुट रूपमा संचालन आउन थालेका रेष्टुरेन्टलाई समाज भन्दा परको क्ष्ँेत्रतिर लानुपर्ने र संचालकले पनि अन्य समाजलाई परेको असरप्रति गम्भिर बन्नु आवश्यक छ। नत्रभने यसले आउंदा पिढिका व्यक्तिलाई विगार्ने कुरा कसैले शंका गरिराख्नु पर्दैन।

    0 comments: