बन्दविरुद्ध व्यापारीको बन्द

Posted on
  • Mar 24, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, ११ चैत । नवलपरासीका उद्योगी व्यापारीहरुले वन्दविरुद्ध आज पसल, व्यवसाय वन्द गरेका छन्।
    पटक-पटक हुने वन्दले उद्योग व्यवसाय धरासायी बन्दै गएको र वन्द आव्हानकर्ताहरुले व्यापारीहरुलाई गालीगलौज गरि पसल व्यवसाय वन्द गर्न वाध्य गराएको जनाउदै सदरमुकाम परासीमा रहेका व्यापारीहरुले सम्पर्ूण्ा पसल व्यवसाय वन्द गरेका हुन्।
    आगामी दिनमा हुने कुनै पनि वन्दमा, वन्द आव्हानकर्ताहरुले उद्योग वाणिर्ज्य संघमा अग्रीम जानकारी दिनु पर्ने समेत बताएका छन्। उद्योगी, व्यापारीहरुले गरेको वन्दका कारण सदरमुकाम परासीमा रहेका सम्पर्ूण्ा पसल व्यवसाय वन्द रहे पनि सवारीसाधन भने सुचारुरहेको छ।

    0 comments: