पर्ूव रथि राजेन्द्र थापाको प्रेस विज्ञप्ति

Posted on
  • Mar 24, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ चैत/ चैत १० सोमवारको सांघु सप्ताहिकमा छापिएको अन्तर्वाताको पर्ूण्ा अंश कपोलकल्पित भएकोमा पर्ूव रथी राजेन्द्र थापाले दुख प्रकट गरेको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी उक्त झुठो अन्तर्वार्ता चैत ७ मा नयांपत्रिका दैनिकमा प्रकाशित मेरा लेखबाट विभिन्न अंशहरु झिकी त्यसमा मरमसला थपी काल्पनिक रुपमा छापिएकोमा क्षोभ प्रकट गर्दै चैत ६ गते एक व्यक्तिले सांघुका लागि अन्तर्वार्ताको अनुरोध गर्दै फोन गरेको उल्लेख छ । अन्तर्वार्ताका लागि असहमती जनांउदा पनि ६ गते जनसंचार फोरममा समेत नबोलेका केही कुरालाई बंग्याइएकोले भोली शायद नयां पत्रिकामा मेरो लेख छापिएला र मेरा विचार तिनै हुन् तथा यसबारे अरु थप म बोल्ने छैन भनी स्पष्टरुपमा अन्तवार्ता दिन्न भनेकोमा सांघुमा प्रकाशित झुठो अन्तर्वार्ताबारे सांधुका सम्पादक गोपाल बुढाथोकीसंग फोन सर्म्पर्क राख्दा, उहांको अप्रेसन भई बेडमै रहनु भएको र पत्रिकासमेत नपढेकोले दुख व्यक्त गर्नु भई यसबारे तथ्यसत्य पत्ता लगाउने वचन दिनुभएको भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    0 comments: