देवीदेवताको फोटो हटाउन मांग

Posted on
  • Mar 24, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ चैत/ वीरगंज उपमहानगरपालिका हाताभित्र भएका भगवानको फोटोहरु हटाउन धर्म जागरण मञ्चले मांग गरेको छ।
    आज धर्म जागरण मंच, वीरगंजका अध्यक्ष मोहन राजपालको अगुवाइमा गएका टोलीहरुले नगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराइसंग उक्त मांग गरेका हुन्।
    नगरपालिकाभित्र, पार्किङ स्थल, भर्‍याङ, बालकोनी लगायत स्थानमा विभिन्न देवीदेवताको टायलमा अंकित फोटोहरुमा सर्ुर्ती र पानको थुक मान्छेहरुले फाल्ने गरेपछि मंचले देवीदेवताको फोटो हटाउन मांग गरेको हो।
    फोटो राखेको ठाउ“मा पान, सर्ुर्तीको थुक नफालेस भन्ने उद्देश्यले सो ठाउंमा फोटोहरु राखेको नपाका अधिकृत भट्टराइले बताए ।अधिकृत भट्टराइले मिटिङ गरेर एक महिना भित्र फोटोहरु हटाउने आश्वासन दिए।

    0 comments: