जिल्ला प्रशासन कार्यालय पर्साद्वारा ६ हजार चार सय राहदानी वितरण

Posted on
  • Mar 24, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ चैत/ जिल्ला प्रशासन कार्यालय, पर्साले शुरूदेखि ०६५ फागुन मसान्तसम्म ६ हजार ४ सय चार राहदानी -पासपोर्ट) वितरण गरेको छ।
    आव ०६४/०६५ मा ३८८६ वटा राहदानी वितरण गरी १ करोड ९४ लाख ३० हजार राजस्व संकलन गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले आव ०६५/६६ को श्रावण ३७३, भाद्र ३०१, असोज २७७, कार्तिकमा ३७८, मंसिरमा ३८५, पुसमा ३३९, माघ २६७, फागुनमा १९८ जनालाई राहदानी वितरण गरेको छ। विश्वका विभिन्न मुलुकमा भ्रमण, अध्ययन र रोजगारीका लागि जाने नेपालीहरूको संख्या दिनानुदिन वृद्धि भइरहेको छ। राहदानी शुल्क रू ५ हजार निर्धारण गरिएको छ। दैनिक सरदर १२/१५ टा राहदानी वितरण हुने गरेका छन्।

    0 comments: