पर्सा जिल्लाबाट १४ वटा फाइल आवश्यक कारबाहीका लागि अख्तियारमा

Posted on
  • Mar 24, 2009
  • by
  • mukesh
  • in
  • बीरगंज, ११ चैत। जिल्ला प्रशासन कार्यालय पर्सा अर्न्तर्गत रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग इकाइ कार्यालय वीरगंजले ग्रेड रोक्का नसिहत, सचेत गराउने विभागीय कारबाही गर्ने भनि सिफारिससहित १४ वटा फाइल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
    कारबाहीका लागि पठाइएको फाइलहरू रकम हिनामिना, भ्रष्टाचार, दोहोरो जागिर, नक्कली शैक्षिक प्रमाणपत्र आदि विषयका छन्।
    पर्सा बेलवा-३ का सुलेमान मियां अंसारीले अरूको शैक्षिक योग्यता प्रमाणपत्रमा आफनो नाम राखि जागिर खाएको ठहर हुंदा मुद्दा दायर गर्न विशेष अदालतमा पठाएको अदुअआ इकाइ कार्यालय बीरगंजले पठाएको छ।
    पर्सा जिल्लामा मिर्जापुर गाविस-२ बस्ने गगन देव यादवले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मिर्जापुरमा स्थायी शिक्षक रहेर जिल्ला विकास समिति पर्सा अर्न्तर्गत गरिबसंग विश्वेश्वर कार्यक्रममा जागिर खाइदोहोरो लाख उठाएको छानबिनबाट प्रमाण फेला परेपछिगरिबसंग विश्वेशवर कार्यक्रमबाट तलब भत्ता वापत निज यादवले लिएको २६,१८० असूल गरी जागिरबाट बर्खास्त गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला शिक्ष्ँा कार्यालय पर्सामापठाइएको शाखाअधिकृत कर्ण्र्ाा बताउनुभयो।

    0 comments: