स्ववियु निर्वाचनमा कम्युनिष्ट संयुक्त प्यानलको विजय सुनिश्चित

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २ चैत/ चैत ६ गते नेपाल अधिराज्यका त्रिविवि अर्न्तर्गतका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चहलपहल निकै बढेको छ। सात हजार ६ सय ६६ विद्यार्थी संख्या रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा ११ वटा प्यानलले स्ववियु निर्वाचनमा भाग लिएका छन् । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ।
    दर्ुइ वर्षा लागि स्वतन्त्र विद्यार्थी युनियनको १५ जना पदाधिकारीहरुको चुनावमा नेपालका सत्तासिन दलका तर्फाट विद्यार्थी प्यानल खडा गरिएको छ। विद्यार्थी उम्मेदवारसंगसंगै राजनीतिक दलका नेता र कार्यकर्ताहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन्। भोट मांग्न विद्यार्थीको घर र डेरामा जाने क्रम चलेको छ। क्याम्पस प्रचारको गतिविधिको क्रममा पोष्टर टांस्ने, तुल झुन्डयाउने भित्ते लेखनको होडबाजी चलेको छ।
    ठाराब क्याम्पसमा खडा भएका ११ वटा विद्यार्थी प्यानलमध्ये अनेरास्ववियु -क्रान्तिकारी) र अनेरास्ववियू संयुक्त प्यानल शक्तिशाली देखिएको छ। विद्यार्थीहरु आकर्षा कम्युनिष्ट संयुक्त प्यानलतर्फबढ्दै गएको छ। प्रत्येक पटकको स्ववियु निर्वाचनमा आप\mनो वर्चस्व राख्दै आएको नेविसंघमा गूट र फुटका कारण चार वटा प्यानल चुनाव भएको कारण कम्युनिष्ट संयुक्त प्यानलको विजय सुनिश्चित भएको र दोश्रो स्थानमा सदभावना, तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीमधेशी जन अधिकार फोरम मिलेर उठाएको संयुक्त प्यानल रहने अनुमान छ।
    ठाराब क्याम्पसको स्ववियु निर्वाचनमा सभापति अमिताभ बच्चन दास तत्वा -रोहित), उपसभापति उमेशप्रसाद साह, सचिव रामबाबूप्रसाद यादव, सहायक सचिव पन्नालालप्रसाद कर्ुर्मी, कोषाध्यक्ष शिवजीप्रसाद गुप्ता लगायत चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

    0 comments: