प्रेस स्वतन्त्रताको पक्ष्ँमा विरोध र्‍याली

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ माघ/ प्रेस स्वतन्त्रता र पत्रकार उमा सिंहलगायत पत्रकारहरूको हत्याका दोषीलाई कारवाही गर्न मांग गर्दै नेपाल पत्रकार महासंघले शुरू गरेको आन्दोलनको तेश्रो चरण अर्न्तर्गत आज विरोध र्‍याली पर््रदर्शन गरेको छ ।
    आज वीरगंजको घण्टाघरबाट नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष शत्रुघन नेपालको नेतृत्वमा निस्केको विरोध र्‍यालीमा स्थानीय संचारकर्मी, पेशाकर्मी लगायतले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए ।

    नेपाल राष्ट्र बैंकमा जागिर खोज्नेहरूको मेला

    वीरगंज, १९ माघ/ नेपाल राष्ट्र बैंकको शाखाहरू वीरगंज, सिर्द्धार्थनगर, नेपालगंज, धनगढीमा रिक्त २५ पदपूर्ति गर्न गरिएको विज्ञापनमा दरखास्त भर्न बेरोजगार शिक्षित युवायुवतीहरूको मेला नै लागेको छ ।
    नेपाल राष्ट्र बैंक वीरगंज शाखाले गरेको ७ वटा सहायक द्वितीय पदको विज्ञापनमा दरखास्त दिनेहरूको संख्या करिब २५ सय पुगेको छ ।
    नेपाल राष्ट्र बैंकले आफना ४ वटा शाखामा खुल्ला १४, महिला ५, आदिवासी ४, मधेशी २ गरी सहायक द्वितीय पदमा २५ जना मांगेकोमा दरखास्त दिने अन्तिम आजसम्म दरखास्त दर्ता करिब ७ हजार पुग्ने अनुमान गरेको छ ।
    खुल्लाको लागि दरखास्त शुल्क प्रति व्यक्ति फारमको रू १००, दर्ता गराउने बेलामा ३०० र महिला, आदिवासी र मधेशी आरक्षणमा रू १०० निर्धारण गरेकोले दरखास्त शुल्क मात्र २८ लाख उठ्ने भएको छ ।
    फागुन ५ गते दरखास्त दिनेहरूको लागि सर्म्पर्क मिति रहेको र सो पदका लागि फागुन महिनाभित्रमा परीक्षा लिइने स्रोतले बताएको छ । वीरगंजमा दरखास्त दर्ता गर्न नेपाल अधिराज्यका टाढा-टाढाको क्ष्ँेत्रबाट युवाहरू आएका छन् । र्फम भर्नेहरूले परीक्ष्ँा पास नभए पनि अनुभव हासिल हुने विश्वास लिएका छन् ।
    सरकारी जागिरमा तलब, सहुलियत र सुविधा बढी र जागिरको सुनिश्चितता भएकोले निजी क्षेत्रमा भन्दा सरकारी क्ष्ँेत्रमा आकर्षा वृद्धि भएको पाइन्छ । नेपालमा निजी र सरकारी क्ष्ँेत्रमा रोजगारीको अवसर नगण्य छ । स्वरोजगारीको अवसर प्रशस्त भए पनि युवापुस्ताहरू स्वरोजगारतर्फउन्मुख हुन सकेको देखिदैन । खुल्ला सिमानाका कारण निर्वाध आवतजावत गर्दा रोजगार बजारको ठूलो हिस्सा भारतीय नागरिकहरूले ओगटेको देखिन्छ ।

    बिलय हुने अवस्थामा रहेको स्वीमिङ पोखरी

    प्रणय कुमार
    वीरगंज, १९ माघ/ हामी हाम्रो देशलाई सुन्दर, शान्त नेपाल भन्ने गर्दछौं । नेपालभित्र विभिन्न सहर, जिल्लाहरू पर्ने गर्छ । जसअर्न्तर्गत एक वीरगंज शहर पनि हो । नेपालको राजधानी काठमाडौं बाहिरको ठूलो स्वीमीङ पुल वीरगंज उपमहानगरपालिकाअर्न्तर्गत रहेको छ । विस २०५५ सालमा यो स्वीमीङ पुल ३ करोड, ८६ लाख पंूजी लगाएर निर्माण गरिएको थियो । स्थापना भए देखि नैं त्यहां मानिसहरूको भीड हुने गर्दथ्यो तर अहिले प्रायःजस्तो व्यक्तिहरू त्यहां आउन छाडेका छन् । बिहान केही व्यक्तिहरू पनि घुम्न जाने गर्दथे तर जहिलेदेखि वीरगंजमा अपराधीहरूको बिगबिगी भयो त्यो बेलादेखि धेरै मानिसहरू त्यहां आउन छाडेका छन् । एउटा राष्ट्रिय र दर्ुइवटा अन्तर्रर्ााट्रय खेल भएको सो स्वीमीङपुलको ५० मिटर लम्बाई र १२.५० मिटर चौर्डाई भएको उक्त पुल निर्माणमा नगरपालिकाको बजेट नैं उपयोग गरिएको थियो । स्वीमीङ पुलमा ६ महिनामा एक पटक सरसफाई भइरहेको हुन्छ भने ३० लाख लिटर पानीको क्षमता रहेको छ । यो स्वीमीङ पुल परिसरमा २०६० सालमा अधिराज्यव्यापी खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको थियो । प्रवेश शुल्क र्सवसाधारणको लागि २५ रूपैयां र विद्यार्थीका लागि १० रूपैयां हंुदा पनि यहांका मानिसहरू पर्याप्त मात्रामा स्वीमीङ पुलमा पौडी खेल्न नजानु कम आर्श्चर्यको कुरा होइन । बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म मात्र महिलाहरूलाई प्रवेश गर्न दिने गरेको छ । यो स्वीमीङ पुल परिसरमा करिब २४ हजार दर्शकको क्षमता रहेको छ तर एक दिनमा करिब २५/३० जनामात्र आउने गरेका छन् । उपत्यकाको सात दोबाटो स्वीमीङ पुलको आकारमा बनेको वीरगंजको स्वीमीङ पुलमा राजधानीको जस्तो पौडी रूचाउनेहरू कम मात्र हैन अति कम देखिन्छ । स्वीमीङ पुलमा २ जना पुरूष लाइफगार्ड छन् भने एउटा इमर्जेन्सी ढोका समेत रहेको छ ।
    यो वीरगंजको गौरब हो, तर यसलाई व्यवस्थित गर्नका कोही अग्रसर भएको देखिदैन । यो स्वीमीङ पुलले सम्पर्ूण्ा नगरवासीहरूको सहारा खोजेको छ ।
    हामीले पनि यो सहारालाई स्वीकार गरी बेला बेलामा स्वीमीङ पुलमा गएर पौडी खेल्यौं भने अवश्य पनि यो मौलाउने थियो। यसमा कसैको पनि दर्ुइ मत हुन सक्दैन ।

    ज्योतिष परिषदद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान

    वीरगंज, १८ माघ/ वसन्त पंचमीको शुभ उपलक्ष्यमा नेपाल ज्योतिष परिषद पर्साले सम्मान कार्यक्रमको आयोजना गर्‍यो ।
    आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष मण्डलका अध्यक्ष डा. लोकराज पौडेलले रिपोर्टस क्लब नेपाल पर्साका सभापति कन्हैया गुप्ता, टिका लक्ष्मी, रेडियो वीरगंजका महिला पत्रकार संजाल पर्साका अध्यक्ष रसना ढकाल, मदन चौबे, अवधेश तिवारी, त्रिभुवनजी, राजेन्द्र उपाध्याय, मोहन राजपाल र उमेश साहलाई कदर पत्र दिइ सम्मान गरेको हो।

    ऐतिहासिक रामजानकी मन्दिर बचाउन ९ चरणको आन्दोलनको घोषणा

    वीरगंज, १८ माघ/ ऐतिहासिक श्रीराम जानकी मन्दिर एवं थारू धर्मशाला बचाउ अभियान समितिका अध्यक्ष्ँ रामशरण थारूले ९ चरणको आन्दोलनको घोषणा गरेका छन् ।
    आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्ष्ँमा कवयित्री शान्ति चौधरी थारूको ५२ औं कृति ँऐतिहासिक श्रीराम जानकी मन्दिर एवं थारू धर्मशालाको लोकार्पण गर्दै उनले सम्मानित अदालतमा सबुत प्रमाणहरू सहित नक्कली पूजारी उपर रिट दर्ता गर्ने, थारू गाउंहरूमा धर्मशाला बचाउ अभियानका लागि समितिहरू गठन र वीरगंजमा जनदबाब पर््रदर्शन र सभा गर्ने, जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिक समाजको हस्ताक्षरसहित सर्वोच्च अदालतको फैसलालाई लिखित किर्ते नक्कली पूजारीलाई निष्काशन सहित कानुनी कारबाहीको निवेदन दर्ता गर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोग काठमाडौंमा पूजारी र नापी कार्यालयको मिलोमतोबाट भएको लिखित किर्तेको जानकारीसहित दोषीहरू उपर कानुनी कारबाहीको निवेदन दर्ता, नवौं चरणको आन्दोलन अर्न्तर्गत नियम पुर्‍याइ र्सार्वजनिक सूचना जारी गरी जन पर््रदर्शनसहित श्रीराम जानकी मन्दिर एवं थारू धर्मशालाको अधिकार कायम गर्ने बताए ।
    तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी केन्द्रीय उपाध्यक्ष रामचन्द्र कुशवाहाले भूमाफिया भारत छपरा जिल्लाबाट आएको विक्रम सिंहले श्रीराम जानकी मन्दिर एवं थारू धर्मशालाको जग्गा लुटेको आरोप लगाए । उनले कवियत्रि शान्ति चौधरी अबला महिला होइनन्,अन्याय विरूद्ध लड्ने झांसीको रानी हुन् भनेका थिए ।
    कवियित्री शान्ति चौधरीले र्सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न आग्रह गर्नुहुंदै स्वार्थबाट माथि उठेर एकता गरी किर्ते पूजारी विरूद्ध लड्न थारू समुदायहरूसंग अपील गरेकी थिइन् ।
    ऐतिहासिक श्रीराम जानकी मन्दिर एवं थारू धर्मशाला बचाउ अभियान समितिका सल्लाहकार एवं राष्ट्रिय दैनिकका सम्पादक सर्ुदर्शनराज पाण्डेले रामजानकी मन्दिर एवं थारू धर्मशाला बचाउ अभियान एउटा सशक्त मोर्चा भइसकेको बताए ।
    उनले भूमाफियाहरूको सपिङ कम्प्लेक्स बनाउने उद्येश्य र लक्ष्यलाई चकनाचुर पारी वीउमनपा-१२ मा अवस्थित राम जानकी मन्दिर एवं थारू धर्मशालाको र्सार्वजनिक सम्पत्ति रक्ष्ँा गर्न एकजुट हुन आग्रह गरेका थिए ।
    हमर दुधु थारू विकास केन्द्रद्वारा आयोजित सो समारोहको अध्यक्ष्ँता केन्द्रका अध्यक्ष भागवत चौधरीले गरेका थिए ।

    बैंक र सहकारीबीच द्वन्द्व हुंदा सहकारी संस्था फरार भएको आरोप


    वीरगंज, १८ माघ/ नेपाल राष्ट्र बैंकका मुख्य व्यवस्थापक रमेशकुमार पोखरेलले सहकारी र नेपाल राष्ट्र बैंकबीच द्वन्द्वका कारण सहकारी संस्था फरार भएको आरोप लगाएका छन् ।
    आज वीरगंजस्थित श्री गणेश वचत तथा ऋण सहकारी संस्था लि.को उदघाटन गर्दै पोखरेलले फरार सहकारी संस्थालाई राष्ट्र बैंकले कुनै कारबाही गर्न नसकेकोमा बताए । उनले १५ वर्षो अन्तरालमा २५ वटा सहकारी संस्थाले आबद्धता लिए तापनि ४० वटा सहकारी नीति नियमभन्दा बाहिर गएको हुंदा खारेज गरिएको बताए।
    अहिले बैंक वित्तीय संस्थाहरूले ११ देखि १३ प्रतिशत ब्याज असुलेको भन्दै उनले भने यो ज्यादै अव्यवहारिक छ।
    श्री गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए ।

    आन्दोलनमा उत्रिने चेतावनी

    वीरगंज, १८ माघ/स्वास्थ्यकर्मी संर्घष्ा समिति नेशनल मेडिकल कलेज तथा शिक्ष्ँण अस्पताल इकाइ वीरगंज-१८ भेडियाही, पर्साले आज एक प्रेस विज्ञप्ति जारी गरी माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी नेशनल मेडिकल कलेजको कर्मचारी आन्दोलन सम्बन्धमा अस्पताल र कर्मचारीबीच माघ १५ गते अनेटे्रयु महासंघ नेपाल, सिएमए संघको रोहबरमा पर्सामा भएको लिखित सहमति अनुसार माघ १५ गतेको घटनाका दोषी प्रहरीमाथि छानबिन गरी कारबाही गर्ने लगायत ५ वटा निर्ण्र्ााभएकोमा १६ गते सांझ पुन कर्मचारी साथीलाई छलबल गरी ओपीडी बन्द हुंदा जनतालाई पीर मर्का भएको बहानामा माघ १७ गतेदेखि नै आन्दोलन रोकी ओपीडी खोल्न प्रशासनले गराएको सहमत्रि्रति आन्दोलनरत कर्मचारीको असहमति हुंदाहुंदै पनि सहमति मान्न बाध्य हुनुपरेको उल्लेख छ ।
    अब पनि माग पूरा नभए माघ २१ गतेदेखि सशक्त आन्दोलनमा उत्रिने चेतावनी युनियनका सचिव एवं पीडित कर्मचारी रमेश भट्टराइले दिएका छन् ।

    नेपाल कारखाना श्रमिक संघको तेश्रो अधिवेशन

    वीरगंज, १८ माघ/ नेपाल टे्रड युनियन स्वतन्त्रसंग आबद्ध नेपाल कारखाना श्रमिक संघको तेश्रो जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो ।
    आज आज जिल्ला बाल कल्याण समितिको सभाकक्ष्ँमा सम्पन्न उद्घाटन सत्रमा नेटे्रयु स्वतन्त्रका केन्द्रीय सदस्य रामनारायण कर्ुर्मी, धीरेन्द्रकुमार सिंह, अमृतलाल जोशी, चन्द्रनारायण सिंह, विजय पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    छतबाट खसेर बालक घाइते

    छतबाट खसेर गम्भीर घाइते

    वीरगंज, १८ माघ/ उडीरहेको चंगा हेरिरहेका एक बालक छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
    आज वीरगंज उपमहानगरपालिका वडा नं. ९ रामटोल निवासी वर्ष६ का विसुनकुमार दुइतल्ले छतबाट लडेर घाइते भएका हुन् । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा हुन नसकेपछि थप उपचारको लागि रक्सौलको डंकन अस्पताल लगिएको छ।

    0 comments: