वीरगंज, २६ असार/ एक मधेश एक प्रदेशविरुद्ध थारु संर्घष्ा समितिले आह्वान गरेको बन्दका कारण वीरगंजको जनजीवन प्रभावित भएको छ भने थारु कल्याणकारी सभा र मधेशी जन अधिकार फोरम, पर्सर्ााच झडप हुंदा ५ जना घाइते भएका छन् भने दर्ुइ जना थारु संर्घष्ा समितिका कार्यकर्ता पक्राउ परेका छन् ।
आज घण्टाघरमा थारु संर्घष्ा समितिका कार्यकर्ताले वीरगंज-१३ बस्ने धमेन्द्र चौरसियाको ना ३ प ८०७२ नं.को मोटरसाइकल तोडफोड गरेपछि मधेशी जन अधिकार फोरम पर्सर्ाा थारु संर्घष्ा समितिका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी संजीव चौधरीलगायत पांचजना घाइते भएका छन् ।
फोरमका कार्यकर्ताहरुले थारु संर्घष्ा समितिको जुलुसको ब्यानर च्यातेर जलाएपश्चात दुवै पक्षबीच झडप भएको थियो भने फोरमका कार्यकर्ताले थारु संर्घष्ा समितिको दर्ुइ कार्यकर्ता संजीव पञ्जियार र नन्दकिशोर पन्जियारलाई समातेर प्रहरीमा बुझाएका थिए ।
पर्ूव घोषित बन्दको कार्यक्रमका कारण वीरगंज बजारका अधिकांश पसल, व्यापारिक प्रतिष्ठान, उद्योगहरु बन्द रहे पनि नगरका औषधि पसल, होटल, खुलेका छन् भने यातायातका साधनहरु फाटफुट चलेको छ । प्रदर्शनकारीहरुले आज बिहान घण्टाघरमा टायर बाली ना २ ख २२४० नं.को धु्रवतारा बस, ना १ ह ५५७, ६५१, ना १ ह ६१७ नम्बरको टयाम्पोमा तोडफोड गरेका छन् भने डाबर नेपालको कारखानामा पसी तोडफोड गरेका छन् ।
अभिमुखीकरण गोष्ठी
वीरगंज, २६ असार/ जिल्ला वन समन्वय समिति परर््साले स्थानीय होटल सम्झनामा सार्वजनिक परिक्षण सम्बन्धी दर्ुइ दिने अभिमुखीकरण गोष्ठीको आयोजना गर्यो ।
आज र भोलिसम्म चल्ने सो गोष्ठीमा पर्सा र बाराका ३० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।
गोष्ठीको उद्घाटनपश्चात स्वागत भाषण तथा गोष्ठीको उद्देश्यबारे सहजकर्ता योगेन्द्र यादवले प्रकाश पार्नुभएको थियो भने सुविधासम्बन्धी जानकारी सहजकर्ता गोपाल घिमिरेले गराउनुभएको थियो ।
उपस्थित गोष्ठीका सहभागीहरुलाई जिल्ला वन समन्वय समितिका सम्पर्ूण्ा संघसंस्थाअन्तर्गत कार्यरत रहेको कर्मचारीहरुलाई ज्ञान दिने एवं कार्य विधिको पारदर्शीताका बारेमा जानकारी गराउने उद्देश्यअनुरुप सो गोष्ठीको आयोजना गरेको बताइयो ।
प्रशिक्ष्ँक केशवराम आचार्य, योगेन्द्र यादव, गोपाल घिमिरे रहनुभएको सो गोष्ठीमा वन क्षेत्र विकासको लागि सार्वजनिक प्रशिक्षण मार्गदर्शनका सैद्धान्तिक पक्ष, वन क्षेत्र विकासका लागि सार्वजनिक परिक्षण कार्यान्वयन पक्षका प्रक्रिया र विधि, फिल्ड अभ्यास पूर्व तयारी, कार्य विभाजन र आचारसंहिता माझी छलफल गरिएको थियो । भोलिसम्म चल्ने सो गोष्ठीमा समीक्षा, सुझाव, गोष्ठीको सार्वजनिक परिक्षण बारेमा प्रकाश पारिने आयोजकले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment