सदभावना -आ)को जिल्ला अधिवेशन सम्पन्न

Posted on
  • Sep 29, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ असोज/ सदभावना पार्टर्ीीआ) को जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    आज वीरगंजको नगरसभा गृहमा आयोजित अधिवेशन जिल्ला अध्यक्ष कदम रसुलको सभापतित्वमा सम्पन्न भएको थियो । मधेशी जन अधिकार फोरम पर्सर्ाा अध्यक्ष शशिकपुर मिया, पत्रकार युवराज खडका, शत्रुघ्न उपाध्यायलगायतको उपस्थिति रहेको थियो सो अधिवेशनमा पर्सर्ाा विभिन्न गाविसबाट महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

    छात्रा रंगोली प्रतियोगिता सम्पन्न

    वीरगंज, १३ असोज/ हिन्दूहरुको महान चाड दशैको शुभ उपलक्ष्यमा श्री आदर्श माध्यमिक विद्यालयको प्रा·णमा अन्तर विद्यालय छात्रा रंगोली प्रतियोगिता सम्पन्न भयो ।
    स्कूलकी संस्थापिका बदन मल्लको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्ण्ाायकहरु संगीता खेतान, पल्लवी कावरा, नेहा पटवारीद्वारा गरिएको मूल्याकंनको आधारमा प्रमुख अतिथि क्याम्पसका अध्यक्ष श्याम केसीले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
    ५ विद्यालयका १५ छात्राहरु सहभागिता रहेको सो कार्यक्रममा पूनम गुप्ता, विकोन माविलाई प्रथम, निमिशा शाह लिटिल एन्जल्सलाई द्वितीय, रविना गुप्ता विकोन माविलाई तृतीय पुरस्कार तथा सान्वनामा क्रमशः आदर्शकी एन्जेल शाह तथा दिव्या र्सराफ र लिटिल एन्जल्सकी जुही गुप्तालाई प्रदान गरियो ।
    कार्यक्रममा विशिष्ठ अतिथि राधेश्याम खेतान, हरिरत्न तुलाधर, रामप्रमोद पाण्डेय, कार्यक्रम संयोजक मोहन निरौला, शिक्ष्ँक, शिक्षिका, पत्रकार उत्तम खड्गी, छात्रछात्रा तथा विभिन्न महानुभावहरुको उपस्थिति थियो ।

    0 comments: