ब्रहमकुमारीद्वारा वाजागाजासहित झांकी पर््रदर्शन

Posted on
  • Feb 25, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ फागुन/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बारा सिमराको आयोजनामा ७३ औं महाशिवरात्रिको पावन उपलक्ष्यमा बाजागाजा, पंचकन्या, शिव-पार्वतीको झांकीसहितको शान्ति यात्रा निकालिएको थियो।
    आज बारा सिमरास्थित ओम शान्ति भवनबाट निकालिएको झांकीले पथलैया, डुमरवाना, प्रष्टोका, चोर्नी, प्रष्टोका, सहदेवा लगायत स्थानहरुको परिक्रमा पछि ओम शान्ति भवनमा पुगेर सम्पन्न भएको थियो। सिमरा क्याम्पसका प्रमुख सुमन भट्टराइले उदघाटन गर्नुभएको सो कार्यक्रममा ब्रहमकुमारी रविणा दिदीले विभिन्न विकृति, विसंगति, कुलतबाट मानव जीवनलाई मुक्त राख्न आग्रह गर्दै शान्ति सन्देश पनि दिनुभएको थियो।
    शिवरात्रिको अवसरमा निकालिएको झांकीमा बारा, पर्सा, रौतहट र भारत बिहारका विभिन्न ठाउंबाट आएका व्यक्तिहरुको सहभागिता थियो। ब्रह्मकुमारी संचालिका रविणा दिदीकोनेतृत्वमा सो झांकी निकालिएकोथियो। शिवरात्रि पर्वको अवसरमा यस वर्षसेवा केन्द्रले २१ दिनसम्म परमात्मा शक्ति अनुभूति शान्ति यात्रा, प्रवचन गोष्ठी, चित्र पर््रदर्शनी, स्नेह मिलन लगायतको कार्यक्रम गर्ने ब्रहमकुमार गुणराज लामिछानेले बताउनुभएको छ।

    कादम्बरी एकेडेमीको वाषिर्कोत्सव सम्पन्न

    वीरगंज, १४ फागुन/ कादम्बरी एकेडेमी वीरगंजले आज एक समारोहबीच आफ्नो वाषिर्कोत्सव सम्पन्न गर्‍यो।
    प्रमुख अतिथि त्रिजुद्ध माध्यमिक विद्यालय, वीरगंजका पर्ूव प्रधानाध्यापक अच्युतप्रसाद उपाध्यायले उदघाटन गर्दै विद्यार्थीहरूलाई भौतिक सुविधाका साथसाथै गुणस्तरीय शिक्ष्ँा प्रदान गर्न सकोस् भनी शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
    सो एकेडेमीका प्रिन्सीपल राजेन्द्रप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिका रूपमा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष्ँ शत्रुघन नेपाल, नेपाल आमसंचार मंच, पर्साका अध्यक्ष महेशचन्द्र गौतम, अभिभावक संघ पर्साका अध्यक्ष प्रवीण मानन्धर, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश बज्राचार्य रहनुभएको थियो। कार्यक्रममा वयोवृद्ध दत्ता सरलाई दोसल्ला ओर्ढाई प्रमुख अतिथि उपाध्यायले सम्मान गर्नुभएको थियो भने सो एकेडेमीका पीजी कक्ष्ँादेखि ९ कक्षासम्मका खेलकूदमा भाग लिएका प्रथम, दोश्रो र तेश्रो विद्यार्थीहरुलाई सहभागि अतिथिहरुले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
    सो कार्यक्रमको संचालन कादम्बरी एकेडेमीका शिक्ष्ँक राकेश मिश्रले गर्नुभएको थियो।

    0 comments: