आयोडिन युक्त नून खुवाएमा गाइले बढी दूध दिन्छ

Posted on
  • Feb 25, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ फागुन/ आयोडिन नूनका उपभोक्ताको उपयोगिता र उपादेयता सम्बन्धमा जनचेतना कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन्न भएको छ।
    राष्ट्रिय उपभोक्ता मंच पर्साद्वारा आयोजित सो कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयकाविष्णु रेग्मी, साल्ट टे्रडिङ कर्पोरेसनका अंचल प्रमुख अमोद लामिछाने, नायब महाप्रबन्धक मनोज आचार्य, राष्ट्रिय उपभोक्ता मंचकाकेन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत मोहन पौडेललगायतले आयोडिन नूनको उपयोगिताबारे प्रकाश पार्नुभएको थियो।
    वक्ताहरुले आयोडिनको कमीबाट गलगांड, मानसिक र बौद्धिक क्षमतामा कमी, लाटो, लठेब्रोपन, पुनरुत्पादन क्षमतामा कमी, बाल मृत्यु समेत हुन सक्ने बताएका थिए। आयोडिन नूनको दिनहुं सेवनबाट चिलाउने, लुतो आउने, गर्भ तुहिने डर हुंदैन भने गाइबस्तुलाई आयोडिनयुक्त नून खुवाएमा दूध बढी दिने गर्दछ।

    ५ दिनपछि व्यापारी अपहरणमुक्त, तर्राई कोबराका कार्यकर्ता पक्राउ

    वीरगंज, १४ फागुन/ फागुन ९ गते कलैयाबाट अपहरणमा परेका बाराका एक व्यापारी अपहरणमुक्त भएका छन्।
    आज ५ दिनपछि अपहरण मुक्त भएका बारा, गंजभवानीपुरका व्यापारी अरबिन्द जैसवाल वीरगंज-१९ स्थित इनरुवा प्रहरी चेकपोष्टमा सर्म्पर्क आएको प्रहरीले जनाएको छ।
    यसैगरी गएराति तर्राईमा भूमिगत संगठन तर्राई कोबरामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
    बाराको जितपुरबाट बाबा सिंह भनिने रामप्रिरत रायलाइ बारा प्रहरीले पक्राउ गरेको जनाएको छ।
    पक्राउ परेका रायले पर्साको चोर्नी गाविस-८ निवासी छोटेलाल यादवसंग ५ लाख रुपैयां माग गरेको उनले प्रहरीसमक्ष स्विकार गरेको बारा प्रहरीले जनाएको छ।

    0 comments: