वीरगंजको दुइ स्थानमा बम विस्फोट

Posted on
  • Feb 25, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ फागुन/ अज्ञात समूहले वीरगंजको दुइ छुटाछुटै स्थानमा सकेट बम विस्फोट गराएको छ।
    बुधवार सांझ ७ः१५ बजे वीरगंज-१६ तेजारथ टोलस्थित मनोज ग्यांसका संचालक मनोज दासको घरबाहिर सकेट बम विस्फोट गराउनुको साथै १५ मिनेटपछि वीरगंज-१० पानीटंकी निवासी श्याम श्रेष्ठको घर अगाडि बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भूमिगत संगठनले गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

    मधेशवादी दलहरुले मधेशविरुद्ध बन्दूक उठाएको ठाकुरको आरोप

    हरि शर्मा
    नवलपरासी, १४ फागुन। तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्त ठाकुरले मधेशवादि केही दलहरुले नै मधेशविरुद्ध वन्दुक तर्ेसाएको आरोप लगाउनु भएको छ।
    मधेशविरोधीसंग सत्ता साझेदार गरेर मधेशवादी मधेशविरुद्ध लागेको वताउ“दै अध्यक्ष ठाकुरले मधेशका लागि लडेका पार्टर्ीीएर सत्ता त्याग गरि आन्दोलनमा आउन सक्नु पर्ने वताउनु भएको हो।
    पार्टर्ीी संचालन गरेको आन्दोलनको कार्यक्रम अर्न्तगत तर्राई मधेश लोकतान्त्रीक पार्टर्ीीवलपरासीले मंगल आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्न परासी आउनु भएका अध्यक्ष ठाकुरले सो कुरा वताउनु भएको हो।
    विगतको सरकारले झै अहिलेको सरकारले पनि मधेशलाई उपनिवेशका रुपमा राख्न खोजेको वताउ“दै ठाकुरले पार्टर्ीीग भएको संझौता कार्यन्वन नभएसम्म आन्दोलन जारी रहने वताउनु भयो।
    एक मधेश नरहे एक नेपाल पनि नरहने पुन दोहराउ“दै अध्यक्ष ठाकुरले मधेशका समस्या समाधान नगरी संविधान निर्माण भए आफूहरुलाई संविधान मान्य नहुने पनि बताउनु भयो।
    वरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठीले वहुमतको आधारमा संविधान निर्माण भए व्रि्रोह गर्ने चेतावनि दिंदै मधेश आन्दोलनलाई दवाउन सशस्त्र समूह परिचालन गरीएको आरोप लगाउनु भयो। अहिले आन्दोलनको खाता मात्र खुलेको वताउ“दै नेता त्रिपाठीले मांग पूरा नभए बिजय र मृत्युको आन्दोलन शुरु गर्ने वताउनु भयो।
    विरोध सभामा महासचिवहरु र्सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरि, महेन्द्र राय, सह महासचिव दान बहादुर चौधरी, पार्टर्ीीचेतक बृजेशकुमार गुप्ता, केन्द्रीय सदस्य नन्दलाल मिश्रलगायतले मधेशका समस्या समाधान गर्न सरकारसंग माग गर्नु भएको थियो।
    तर्राई मधेश लोकतान्त्रीक पार्टर्ीीवलपरासीका अध्यक्ष सत्राजित यादको अध्यक्षतामा सम्पन्न विरोध सभामा लोकतान्त्रिक शिक्षक युनियनका महासचिव शशिभुषण पाण्डे, महिला संघकी केन्द्रिय सदस्य देवकी रेग्मी, युवा प|mन्टका केन्द्रिय उपाध्यक्ष हैदरअलि मोमिन, मुकुरिजव गिरी, करम हुसेन अंसारी, उमेश यादव, जगदीश चौधरी, सुभान अलि अंसारी लगायतले सरकारसंग भएको सहमती कार्यान्वयनमा दवाव दिन फागुन १६ गते तर्राई र मधेश वन्दको आह्ान गरिएको वताउनु भएको थियो।

    तरुण दलको प्रचार विभाग गठन

    काठमाडौं, १४ फागुन/ नेपाल तरुण दलले २७ सदस्यीय केन्द्रीय प्रचार तथा प्रकाशन विभाग मंगलवार गठन गरेको छ।
    केन्द्रीय सदस्य तथा प्रचार विभागका प्रमुख सर्ुदर्शन आचार्य प्रमुख रहेको उक्त विभागमा विभिन्न जिल्ला तथा सन्चारसम्बद्ध व्यक्तिहरुलाई मनोनयन गरिएको अध्यक्ष महेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
    विभागको सदस्यमा लिलाराज खनाल झापा,पवन आचार्य नुवाकोट, खिला कार्की ओखलढुङगा, श्याम मदन केसी काठमाण्डौं, संगम बानिया“ मकवानपुर,तेजेन्द्र काफ्ले झापा, एस आचार्य र्सलाही, लक्ष्मी लम्साल सर्ुर्खेत, बासुदेव ढुङ्गाना काठमाण्डौं, मुक्तिनाथ गैरे रुपन्देही, कमला पन्थी गुल्मी, श्रृजना अर्याल चितवन, सोनाम थिङ लामा सिन्धुपाल्चोक, अजित झा धनुषा, अभिलाषा कर्ण्र्ाानुषा,चुडा उप्रेती मकवानपुर, पेम्वा शर्ेपा सिन्धुपाल्चोक, जितेन्द्र साह पर्सर्ाारामभक्त भट्टर्राई स्याङजा, लक्ष्मी सापकोटा सर्ुर्खेत, विकास लामा सिन्धुपाल्चोक, मेघराज ओली बा“के र श्रीराम स्ािग्देल बा“के रहनु भएको तरुण दलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

    0 comments: