२७ जना पक्राउ

Posted on
  • Feb 24, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ फागुन/ जिल्ला प्रहरी कार्यालय, पर्साले गए राति वीरगंजको विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिक रहेका छन्। प्रहरी निरीक्षक केपी शर्माले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक सोधपुछ गरिरहेको बताएका छन्।
    पक्राउ पर्नेमा भारत, बिहार, पर्ुर्वी चम्पारण निवासी रामनरेश महतो, विजयकुमार र सितामढीका हरेन्द्र दासलगायत रहेका छन्। वीरगंज शहरको विभिन्न ठाउंमा रहेको होटल, रेष्टुरेन्ट र आसपासको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    कांग्रेसको एकाइ कमिटी विघटन

    वीरगंज, १३ फागुन/ नेपाली कांग्रेसले ठाकुर राम बहुमुखी क्याम्पसको सम्पर्ूण्ा एकाइ कमिटी विघठन गरेको छ।
    नेविसंघ पर्सार नेपाल तरुण दल पर्साको समन्वय एवं परिचालन गरिएको कमिटीको निर्ण्र्ाार सिफारिसमा कांग्रेस पर्सा जिल्ला कार्य समिति, नेपाल विद्यार्थी संघको इकाइ कमिटीको विघटन गरिएको कांग्रेस पर्साका सचिव बाबुलाल कुम्हालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    नेपाल मुस्लिम हकहित संर्घष्ा समितिमा विवाद छैन

    वीरगंज, १३ फागुन/ नेपाल मुस्लिम हकहित संर्घष्ा समितिका अध्यक्ष जालिम मियां अंसारी र प्रचार प्रसार प्रमुख जफर अंसारीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संर्घष्ा समितिमा कुनै विवाद नरहेको जनाएका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार कार्यक्रममा उनीहरुले आगामी १७ गते वीरगंज छपकैयास्थित मदर्सर्ाा आयोजना गरिने भनिएको मुस्लिमहरुको आमसभा स्थगित गरिएको जनाएको छ।
    हिजो जफर अंसारीले पत्रकार सम्मेलन गरी आफूहरुलाई मुस्लिम हकहित संर्घष्ासमितिको प्रचारप्रसार प्रमुख बताउंदै यही १७ गते आमसभा गरी केन्द्रीय कमिटी पर्ुनर्गठन गर्ने बताएका थिए।
    रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।
    यसैवीच नेपाल मुस्लिम हकहित संर्घष्ा समिति पर्साले आज जिल्ला प्रशासन कार्यालय, पर्सा वीरगंजमा ज्ञापन पत्र बुझाएको छ।
    विज्ञप्तिमा सो समितिको नामबाट जफर अंसारी भन्ने व्यक्तिले आफू प्रचार प्रसार प्रमुख रहेकोले फागुन १७ गते दिनको ११ बजे मदर्सर्ाारकतुल उलुम छपकैयामा केन्द्रीय नेपाल मुस्लिम हकहित संर्घष्ा समिति गठन गर्न जागो मुसलमानो भएको पर्चा वितरण गरी यसै नामको सामानान्तर केन्द्रीय कमिटी गठन गर्ने अधिकार नरहेको उल्लेख गर्दै ज्रि्रका प्रशासनको ध्यानाकर्षा गराएको अध्यक्ष जालिम मियां मंसुरीले उल्लेख गरेका छन्।

    १४ औं महाअष्ठयाम यज्ञ सम्पन्न

    वीरगंज, १३ फागुन/ वीरगंज उपमहानगरपालिका-१३ घडीअर्वा, अशोकवाटिकास्थित आदिशक्ति मन्दिरको प्रा·णमा देशमा भएको अशान्त अवस्थालाई मध्यनजर गरेर विगत १४ वर्षेखि महाअष्टयाम हुंदै आइरहेको छ।
    अशोकवाटिका समाज सेवा समितिको आयोजनामा उक्त महायज्ञ प्रत्येक वर्षमहाशिवरात्रिको दिन हुंदै आइरहेको जानकारी कामेश श्रीवास्तवले दिएका छन्।
    उक्त महायज्ञ फागुन १२ गते दिउंसो २ बजेदेखि सुरु भएको थियो। यज्ञमा भजनकिर्तन गर्न पर्सा रबाराका विभिन्न ठाउंबाट १ दर्जन भन्दा बढी भजनमण्डलीहरुको सहभागिता थियो भने अशोक वाटिकास्थित आदिशक्ति मन्दिरलाई दुलहीझैं सिंगारिएको थियो।
    रातभरि भजनकिर्तनमा स्थानीय भक्तजनहरु नांचगान गर्दै रमाइरहेका थिए। आज अपरान्ह ठिक २ बजे महायज्ञको विधिवत समापन यज्ञका पुरोहितद्वारा गरिएको थियो।

    प्याब्सनद्वारा दर्ुइ घण्टा धर्ना

    वीरगंज, १३ फागुन/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल -प्याब्सन) पर्साले विभिन्न १३ बुंदे मांग राखि जिल्ला शिक्षा कार्यालय, पर्सामा धर्ना दिएका छन्।
    प्रचलित ऐन कानुनले तोके बाहेकको ५ प्रतिशत सेवा कर खारेजी, संस्थागत विद्यालयको स्थायित्व र निरन्तरताको ग्यारेन्टी, संस्थागत विद्यालय शिक्ष्ँा ऐन तत्काल व्यवस्था, शिक्ष्ँा क्षेत्रलाई प्राथमिकता क्ष्ँेत्र घोषणा लगायतको १३ बुंदे मांग राखी धर्ना दिएको प्याब्सनका अध्यक्ष श्याम केसीले जनाएको छ।

    पर्सा जिल्लाले २ करोड आर्थिक अनुदान गुमायो

    वीरगंज, १३ फागुन/ न्यूनतम शर्त तथा कार्यसम्पादन मापन अनुशिक्ष्ँण गोष्ठी स्थानीय निकाय वित्तीय आयोग र जिल्ला विकास समिति पर्साको संयुक्त आयोजनामा आज जिविसको सभाकक्षमा सम्पन्न भयो।
    अनुशिक्षण गोष्ठीमा स्थानीय निकाय वित्तीय आयोगका खिमलाल देवकोटाले प्रतिवेदन प्रस्तुत गरेका थिए। हालै नेपाल सरकारले ७५ जिल्लाको लेखा परीक्षण तथा कार्यसम्पादन गर्दा २८ जिल्लाका जिविस परीक्षण गर्दा असफल भएको पाइएको थियो भने ४७ जिल्ला सफल भएको गोष्ठीमा जानकारी गराइएको थियो। पर्सा जिल्लाले पनि १ करोडदेखि २ करोडसम्म आप\mनो आर्थिक अनुदान गुमाएको देवकोटाले उल्लेख गरेका थिए।
    कार्यक्रममा विभिन्न पार्टर्ीी्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति थियो। जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी रामदयाल यादवको अध्यक्ष्ँतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

    ब्राउनसुगरसहित दर्ुइ पक्राउ

    वीरगंज, १३ फागुन/ जिल्ला प्रहरी कार्यालय पर्साले अपराध अनुसन्धान नियन्त्रणको क्रममा ड्रग्स कन्ट्रोल पुलीस टिमले ११५ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर स्म्याकसहित दर्ुइजनालाई गण्डक चेक पोष्ट प्रहरीले पक्राउ गरेको छ।
    सोमवार राति भारत रक्सौलबाट बा २६ प ५९८० नम्बरको पल्सर मोटरसाइकलको सिटमुनी लुकाई काठमाडौं तर्फ लैजान लागेको अवस्थामा प्रहरीले शंका लागी चेकजांच गर्दा चितवन, मंगलपुर-५ बर्मानगर बस्ने वर्ष२५ का खुमराज घले र काठमाडौं वडा नं. २ बस्ने वर्ष२२ सुजन विक्रम शाहीलाई पक्राउ गरेको हो।
    पक्राउ परेका दर्ुइजनालाई सोधपुछ गर्दा रक्सौल रेल्वे लहान पोखरी परेवाटोला बस्ने चचा भन्ने मानिसबाट भारु ३ लाखमा खरिद गरेको बयान दिएको प्रहरीले जनाएको छ। पक्राउ परेका द्वयलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम १४ देखि २० वर्षकैद तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान रहेको पर्सा प्रहरीले जनाएको छ।

    कृषि पर््रदर्शनी मेला सम्पन्न

    अजय यादव ँबियोगी’
    हर्दिया, १३ फागुन/ जिल्ला कृषि विकास कार्यालय, बाराको आयोजनामा १ दिनको कृषि पर््रदर्शनी मेला श्री सिद्धेश्वर माविमा सम्पन्न भयो।
    महाशिवरात्रिको पावन अवसरमा आयोजना गरेको सो मेला जिल्लाबासीहरुको खेतीपातीमा मनोबल बढाउने उद्देश्यले आयोजना गरिएको थियो। जिल्ला कृषि विकास कार्यालय, बाराले आयोजना गरेको सो पर््रदर्शनीमा स्टलहरु राखिएको थियो। मेलामा हरेक गाविसका कृषकहरुले उत्पादन गरेको अन्नबाली, फलफूल र नगदेबालीहरु पर््रदर्शनीमा राखिएको थियो। मेलामा सर्वोत्कृष्ट बाली पर््रदर्शन गर्ने किसानलाई पुरस्कृत गरिएको आयोजक कमिटीले जनाएको छ।

    साइनिङ फ्युचर एकेडेमीको उद्घाटन सम्पन्न

    उत्तम खड्गी
    वीरगंज, १३ फागुन/ साइनिङ प\mयुचर एकेडेमी स्कूलको सोमवार उदघाटन कार्यक्रम सम्पन्न भयो। आदर्शनगर, ठाकुर राम बहुमुखी क्याम्पसस्थित रहेको उक्त विद्यालयको उदघाटन नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष श्याम पोखरेलले रिबन काटेर गरेका थिए।
    स्वागत मन्तव्य दिंदै पोखरेलले निजी विद्यालयले व्यापारिक सोचभन्दा माथि उठेर शिक्ष्ँा विकासमा सोच लगाउनुपर्नेमा जोड दिएका थिए। उनले अहिलेको अशान्त अवस्थामा आप\mनो बच्चाहरुलाई महंगो भनिने राम्रो स्कूलमा पढाउन अभिभावकहरु रुचाएको आरोप लगाउदै भने -महंगो शुल्क भएको स्कूललाई अभिभावकले राम्रो ठानेर आप\mनो बच्चाहरुको भविष्यसंग खेलवाड गरेका छन्।
    उद्घाटन कार्यक्रममा अनन्तकुमारलाल दास, राजेन्द्र ठाकुर, मुन्सी महतो, रामसुन्दर मल्ल, अखलेश्वरप्रसाद कर्ुर्मी, फुलेन्द्रप्रसाद कर्ुर्मीलगायतको उपस्थिति थियो। स्कूलमा नर्सरीदेखि कक्ष्ँा१ सम्म मात्र पर्ढाई हुने र प्रत्येक कक्षामा २० देखि २५ जना विद्यार्थीहरु राखेर पठाइने प्रिन्सीपलले बताएका छन्।
    कार्यक्रमको सभापतित्व स्कूलका प्रिन्सीपल मोहन गोपाल श्रेष्ठले गर्नुभएको थियो।

    भोजपुरी साहित्य परिषदको एकाइ कमिटी गठन

    वीरगंज, १३ फागुन/ प्रगतिशील भोजपुरी साहित्य परिषद वीरगंज पर्साका अध्यक्ष्ँ धु्रवलालप्रसाद सहनी -सास्ती)र सचिव अजय यादव ँवियोगी’को उपस्थितिमा मकवानपुर जिल्लाको हेटौंडा संगम चौक-२ स्थित ज्ञानोदाइ बो. स्कूलमा पढ्ने कक्षा ६, ७, ८ र ९ का विद्यार्थीहरुको एक भेलाले १३ सदस्यीय प्रगतिशील विद्यार्थी एकाइ कमिटी गठन गरेको छ।
    सो कमिटीको अध्यक्षमा ज्ञानोदाइ बो. स्कूल कक्ष्ँा ७ मा अध्ययनरत दिलीपकुमार सहनी चयन भएका छन् भने सदस्यहरु मिश्रीलाल सहनी, हरिकिशोर, नन्दकिशोर पौडेल, रिता खतिवडा लगायतले भोजपुरी गीत, कविता, बाचन गरेका थिए। भेलामा मकवानपुर हेटौडामा बस्ने थुप्रै मधेशी मूलका व्यक्तिहरुको उपस्थिति रहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
    भोजपुरी भाषा सुन्न र बोल्नको लागि लालयित विद्यार्थीहरुको सपना पूरा गर्न परिषद्ले कमिटी गठन गरेको विद्यार्थीहरुको प्रतिक्रिया छ।

    महाशिवरात्रीको उपलक्ष्यमा मझरियाको महादेव मन्दिरमा दर्शनार्थीहरुको घुइंचो

    अजय यादव
    हर्दिया, १३ फागुन/ महाशिवरात्रिको उपलक्ष्यमा हरेक साल बाराको मझरियास्थित महादेव मन्दिरमा लाग्ने मेला यस वर्षपनि धुमधामले सम्पन्न भएको छ।
    मेलामा बरियारपुर, धर्मपुर, बबुआइन, हर्दिया,परशुरामपुर,चरमोहना, तेलकुंवा, इनर्वा,ओरैया, कबही, सतगंज लगायत छिमेकी देश भारतबाट आएका श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
    मेलामा सरकस, झुलुवा, मौतका कुवां लगायत अन्य खेल तमासाहरु देखाइएको थियो। यसपालिको मेला विगतभन्दा तुलनात्मक रुपमा धेरै आकर्ष र ठूलो भीड लागेको थियो।
    बरियारपुरको गढीमाइ मन्दिरभन्दा दर्ुइ किलोमिटर दक्षिणमा रहेको मझरिया महादेव मन्दिरमा प्राचीनकालदेखि पूजाआजा तथा मेला लाग्दै आइरहेको थियो भने मेलामा उचित व्यवस्था गरिएको मन्दिरका पूजारीले बताएका थिए।

    0 comments: