बम विस्फोटमा ६ जना घाइते

Posted on
  • Jan 30, 2009
  • by
  • mukesh
  • in
  • पुन अपडेट
    वीरगंज, १७ माघ/ वीरगंजको व्यस्त स्थान माइस्थानस्थित गहवा मन्दिर अगाडि बम विस्फोट हुंदा ६ जना घाइते भएका छन् ।
    आज मध्यान्ह १२ बजे माइस्थान गहवा मन्दिर अगाडि ठेलामा राखिएको सुन्तलाको पसल नजिकै बम विस्फोट हुंदा वीरगंज रामटोल-९ निवासी फलफूल व्यापारी ३३ वषर्ीय नेक महम्मद, उनको १२ वषर्ीय बेबी खातुन, नगवा वडा नं. १९ निवासी ११ वषर्ीय सूरजकुमार साह र गहवा १० निवासी ५२ वषर्ीय जयमती देवी, रेशमकोठी-९ निवासी ३४ वषर्ीय बेबी चौधरी र १६ वषर्ीय प्रज्ञा ठाकुर घाइते भएका छन् ।
    अज्ञात समूहले महम्मद भन्ने एक सुन्तला पसलेको ठेलामा बम राखेर गए लगत्तै बम विस्फोट भएको उनले बताए ।
    घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
    यसैवीच माइस्थानमा भएको बम विस्फोटको जिम्मेवारी मधेश मुक्ति टार्इगर्स पर्सर्ाा लिएको छ ।
    आज संचारकर्मीलाई टेलिफोन गरी मधेश मुक्ति टार्इगर्स पर्सा इन्चार्ज भगत सिंहले जिम्मा लिएका हुन् ।

    माघ १९ गते विरोध र्‍याली

    वीरगंज, १७ माघ/ नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा र स्व.पत्रकार उमा सिंह लगायत पत्रकारहरुको हत्याका दोषीलाई कारवाही गर्न माग गर्दै शुरु गरेको आन्दोलनको तेश्रो चरण अर्न्तर्गत वीरगंजमा माघ १९ गते क्षेत्रीय विरोध र्‍याली गर्ने भएको छ ।
    आज नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष शत्रुघन नेपालले सो र्‍यालीमा नागरिक स्वतन्त्रता र प्रेस स्व्तन्त्रताको पक्षधर सम्पर्ूण्ा पेशा व्यवसायी महानुभावलाई माघ १९ गते दिउंसो १२ बजे वीरगंज्को घण्टाघरमा उपस्थित भईदिन अनुरोध गरेका छन् ।

    महासचिवद्वारा करीन लनग्रेनलाई नेपालका लागि आप\mनो प्रतिनिधि नियुक्त गरिने

    काठमाडौं, १७ माघ/ संयुक्त राष्टूसंघीय महासचिव बान कि-मूनले करीन लनग्रेनलाई नेपालका लागि आप\mनो प्रतिनिधिमा नियुक्त गर्ने आशयका बारेमा सुरक्षा परिषद्लाई सूचित गर्नु भएको छ ।
    लनग्रेन नेपालका लागि नयाँ हुनुहुन्न किनकी उहाँले सेप्टेम्बर २००८ -२०६५ असोज) देखि नेपालमा महासचिवको नायब विशेष प्रतिनिधिका रूपमा काम गरिरहनु भएको छ ।
    उहाँको नयाँ भूमिकामा, वर्तमान विशेष प्रतिनिधि इयान मार्टिन र्फकनु भएपछि उहाँले आकार केही सानो बनाइएको नेपालस्थित संयुक्त राष्टूसंघीय मिसन -अन्मिन) को प्रमुखको रूपमा काम गर्नु हुनेछ ।
    राष्टूसंघका विभिन्न निकायहरूमा लनग्रेनले राजनीति, व्यवस्थापकीय र अन्तर्रर्ााटूय कानुनको लामो अनुभव हासिल गर्नु भएको छ । उहाँले संयुक्त राष्टूसंघीय शरणार्थी नियोग -युएन्एच्सीआर) को इरिटिूया, सिङ्गापुर र बोस्निया हर्जगोभिनामा आवासीय प्रतिनिधिका रूपमा काम गरिसक्नु भएको छ । युएन्एच्सीआर अर्न्तर्गत भारत र फिलिपिन्समा काम गर्नुका साथै उहाँ युएन्एच्सीआरको स्तर तथा कानुनी परामर्शका प्रमुख पनि हुनुहुन्थ्यो । उहाँ धेरै वर्षम्म युनिसेफको बाल संरक्षण प्रमुख पनि हुनुहुन्थ्यो ।
    उहाँ कोलोम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एण्ड पब्लिक अफियरको आंशिक प्राद्यापकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो र उहाँले मानविय सहायता, शरणार्थी तथा बाल संरक्षणका मुद्दाहरूमा निकै धेरै प्रवचनहरू दिनुका साथै तिनमा आलेखहरू पनि प्रकाशित गर्नु भएको छ । उहाँ, अन्तर्रर्ााटूय सम्बन्धमा ब्याचलर अफ साइन्स -इकोनोमिक्स) र लण्डन स्कुल अफ इकोनमिक्सबाट अन्तर्रर्ााटूय कानुनमा मास्टर अफ ल हुनुहुन्छ ।

    भूमिगत संगठनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

    वीरगंज, १७ माघ/ अखिल तर्राई मुक्ति मोर्चाका बारा जिल्ला एरिया कमाण्डर रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
    गए राति जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान टोलीले वीरगंजको मुरली चोकबाट बारा पतरहटी निवासी लालबाबु यादव भन्ने जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ परेका यादवसंग प्रहरीले उद्योगपति, व्यापारी, डाक्टर, सरकारी कर्मचारी, गाविस सचिवलगायतका सयौ टेलिफोन नम्बर रहेको डायरी र ९८४१५५१७३७ नम्बरको सिम सहितको मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
    जीवनले आफू सो सङगठनमा पहिले कार्यरत रहे पनि पांच महिनादेखि सङगठनको कुनै पनि गतिविधिमा संलग्न नभएको बताए। पर्सर्ााार जना व्यापारीलाई फोन गरी रु.१० हजारदेखि २० हजारसम्म रकम माग गरेको र रकम लिन बिहीबार वीरगंज आएको बेला प्रहरीले आफूलाई पक्रराउ गरेको यादव बताए ।

    नेशनल मेडिकल कलेज सुचारु

    वीरगंज, १८ माघ/ नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्ष र अखिल नेपाल स्वास्थ्यकर्मी संघबीच वार्ता बसी समस्या समाधान गर्ने सहमति भएपश्चात चार दिन पनि सो अस्पतालको सम्पर्ूण्ा सेवा सुचारु भएको छ ।
    आज वीरगंज-१८ भेडियाही स्थित नेशनल मेडिकल कलेज तथा शिक्ष्ँण अस्पताल सुचारु भएपछि विरामीहरुले उपचार गराइरहेका छन् ।
    स्वास्थ्यकर्मी संघले २१ बुंदे माग राखी विगत तीन दिनदेखि आन्दोलन गर्दै सो अस्पतालको आकस्मिक सेवाबाहेक सम्पर्ूण्ा सेवा ठप्प बनाएका थिए ।
    यसैवीच नेशनल मेडिकल कलेजमा भएको विवाद र स्थानीयबासीलाई कुटपिट गरेको कारण वडा नं. १८ र १९ का व्यक्तिहरुले सो सर्न्दर्भमा अस्पताल व्यवस्थापक संग छलफल गर्न कमिटी गठन गरेका छन्।
    नेशनल मेडिकल कलेजबाट फालिएको फोहरहरुको कारण वरपर गाउंमा पारेको असरको जानकारी गराउन आज प्रमुख जिल्ला अधिकारीसमक्ष्ँ ज्ञापन पत्र पनि बुझाउने सो कमिटीका एक सदस्यले जनाएका छन्।

    0 comments: