तमलोपाद्वारा तराइ-मधेश बन्द, वीरगंजको जनजीवन ठप्प

Posted on
  • Jan 30, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ माघ/ मन्त्रिपरिषदको निर्ण्र्ाावरुद्ध तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी मधेश बन्दको आह्वान गरेको छ ।
    आज वीरगंजको सम्पर्ूण्ा बजार, कलकारखाना र यातायात ठप्प भएका छन् । नगरको चोकचोकमा टायर बालिएको छ।
    मधेशमा रहेको जिल्लाको सदरमुकामलाई अन्यत्र सार्ने नीति नै बदनियतपर्ूण्ा रहेको आरोप लगाउदै आज झापादेखि पर्सर्ााम आज यातायात र बजार बन्दको आह्वान गरिएको तमलोपाका केन्द्रीय उपाध्यक्ष एवं भूतपर्ूव मन्त्री रामचन्द्रप्रसाद कुशवाहाले रिपोर्टस क्लब नेपाल पर्साका सभापति कन्हैया गुप्तालाई बताए ।
    पर्साको सदरमुकाम वीरगंजमा घण्टाघर, पावरहाउस, आदर्शनगर, बाइपासलगायत चोकमा तमलोपा पर्साका सभापति गोवर्द्धन मेहता, रमेश पटेल, देवानन्दकुमार यादवलगायत सयौं कार्यकर्ताहरुले टायर बालेर सडक अवरुद्ध गर्नुको साथै यातायात ठप्प पारी सम्पर्ूण्ा पसलहरु बन्द गराएका छन् ।
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्सर्ाा आज एक प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषदको निर्ण्र्ाावरुद्धमा आज वीरगंजको घण्टाघरमा बेलुकी ४ बजे सभा गर्ने भएका छन् । मलोपा पर्साका सचिव विपीन यादव, सदभावना पर्सर्ाा सचिव शिव पटेल र मधेशी जन अधिकार फोरम पर्सर्ाा सचिव उमेशलाल सहनीले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जनाएको हो।
    यसैवीच स्वतन्त्र मधेशी युवा फोर्स पर्सर्ाा महाताब आजमले पनि निर्ण्र्ााो विरुद्ध विज्ञप्ति जारी भर्त्सना गरेको छ ।

    कान्तिपुर पत्रिका जलाइयो

    वीरगंज, १८ माघ/ राजधानीबाट प्रकाशन हुने कान्तिपुर दैनिक पत्रिका केही समूहले छिनेर जलाएका छन् ।
    आज बिहान राजधानीबाट वीरगंज ल्याउने क्रममा गण्डक चोकमा कान्तिपुरको गाडी रोकी पत्रिका छिनेर केही व्यक्तिले लुटपाट गरेको हो ।
    यसैबीच सो घटनाको विरोधमा आज रिपोर्टस क्लब नेपाल पर्सा शाखाले एक प्रेस विज्ञप्ति जारी घटनाको भर्त्सना गरेको छ ।
    क्लबका अध्यक्ष कन्हैया गुप्ताले जारी गरेको विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा संचारकर्मीहरुको अहम भूमिका रहेको हुनाले त्यस्ता निन्दनीय कार्यहरु अन्य पक्षबाट समेत तुरन्त रोक्न आग्रह गरेको उल्लेख छ।
    त्यसैगरी नेपाल आम संचार मंच पर्सा शाखाका संयोजक एवं केन्द्रीय सदस्य महेशचन्द्र गौतमले आज एक प्रेस विज्ञप्ति जारी गरी सो कार्यको घोर भर्त्सना गर्दै दोषी व्यक्तिहरुउपर कारबाहीको लागि जोडदार माग गरेका छन्।

    0 comments: