वीरगंज, २० फागुन/ दलित जनजाती पार्टर्ीी केन्द्रिय अध्यक्ष तथा सभासद्
विश्वेन्द्र पासवानलेे हरुवा एमाले नेता माधवकुमार नेपाललाई संबैधानिक
समितिको अध्यक्ष बनाउनु र बामदेव गौतमलाई गृहमन्त्री बनाउनुले जनताको
पक्ष्ँमा बन्ने नयां संविधानप्रति आशंका व्यक्त गर्नुभयो। आज वीरगंजस्थित
मधेशी शहीद पार्कमा दलित जनजाति पार्टर्ीीे जनवर्गीय संगठनहरूको साझा
राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गणतन्त्र नेपालका सबै जात, वर्ग,
क्षेत्र, लिंग र दलितहरूले उत्थान हुने अवसर पाउनुपर्नेमा जोड दिनुभयो ।
जनताको साथ भए सम्पर्ूण्ा दलित जनजातिलाई अधिकार दिलाएरै छाड्ने
प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि भारतीय रसायन
मन्त्री रामविलास पासवानले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा
कांग्रेस सभापति कोईरालासंग भोलि भेटघाट गरी दलित जनजातिहरुको समस्याबारे
ध्यानाकर्षा गराउने बताउनुभयो । उहांले भारतीय सरकारले कृषकहरुको लागि
वीउ विजन र रासायनिक मलहरुमा विशेष अनुदान दिएको बताउंदै यस्तो अनुदान
नेपाल सरकारले यहांका कृषकहरुका उपलब्ध गराए नेपाली किसानहरुको उत्थान
हुनेमा जोड दिनुभयो। सभासद् विश्वेन्द्र पासवानले सभापतित्व गर्नुभएको सो
महाधिवेशनमा बारा, पर्सा, रौतहटलगायतको स्थानबाट आएका दलित
प्रतिनिधिहरुको उपस्थिति थियो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment