टेलिकमको लापरवाही सिडिएमए सेवा बन्द

Posted on
  • Mar 4, 2009
  • by
  • mukesh
  • in

  • वीरगंजको टेलिकम कार्यालयमा गुनासो गर्दै स्थानीयबासीहरु । तस्बिरः दिलीप प्रधान

    वीरगंज, २१ फागुन/ नेपाल टेलिकमको सिडिएमए सेवा वीरगंज क्षेत्रमा १० दिनदेखि अवरूद्ध भएकोले सेवाग्राहीहरू निकै मर्कामा परेका छन् ।
    सिडिएमएबाट फोन सर्म्पर्क गर्दा फोनको स्वीच अफ छ, सर्म्पर्क हुन सकेन तथा तपाईले सर्म्पर्क गर्न खोजेको व्यक्ति सर्म्पर्क हुन सकेन भन्ने जवाफ मात्र पाइने गरेको छ । सिडिएमएले किन सेवा दिइरहेको छैन भनि नेपाल टेलिकम वीरगंज शाखामा सर्म्पर्क गर्दा चित्त बुझ्दो जवाफ ग्राहकहरूले पाउने गरेका छैनन् । नेपाल टेलिकममा कार्यरत कर्मचारी राम विनोद ठाकुरले सिडिएमएका ग्राहकहरूप्रति गैरजिम्मेवारपर्ूण्ा व्यवहार गर्दै आइरहेबाट ग्राहकहरू निकै आक्रोशित बनेका छन् । सेवा अवरूद्ध भयो भनी उजुरी दिन गएका ग्राहकहरूप्रति टेलिकमका कर्मचारीहरूले गलत व्यवहार गर्दै आएकाले कुन दिन कर्मचारी र ग्राहकबीच नराम्रो झडप हुने सम्भावना बढ्दै गइरहेको छ । सेवा उपलब्ध नगराइ पैसा मात्र संकलन गर्न पल्किएको भनि सेवाग्राहीहरूले टेलिकममाथि आरोप लगाउ“दै आएका छन् । अर्काथरिले नेपाल टेलिकमलाई धाराशायी बनाउने योजनामा केही निजी कम्पनीहरुले सो टेलिकमका कर्मचारीलाई खरिद गरी सेवालाई अवरुद्ध पार्न लगाएको आरोप लगाएका छन् ।

    महिलाको अधिकारप्रति हस्ताक्षर अभियान

    वीरगंज, २१ फागुन/ एचआइभी/ एड्सविरुद्ध राज्यको प्रतिबद्धता संक्रमित महिलाको अधिकारप्रति हामी सबैको ऐक्यबद्धता नाराका साथ एकता पैरब समूहले हस्ताक्षर संकलन गरेको छ ।
    आज वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन गरिएको हो । सो अवसरमा वितरित एक पर्चामा महिला अधिकार र एचआइभी एड्स फैलिनुबीच गहिरो सम्बन्ध रहेको छ । तर लाखौं महिलाले एचआइभी संक्रमणबाट ज्यान गुमाए पछि मात्र यो कुरा परिचित हु“दै आएको उल्लेख छ । राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्र २००८ का अनुसार गृहणि ३०४०, महिला यौनकर्मी ७८२, महिला यौनकर्मी ग्राहक १०४, लागूपदार्थ सेवनकर्मी महिला ४५, पुरुष समलिंगी एचआइभीबाट संक्रमित छन् ।

    0 comments: