बन्दबाट वीरगंज प्रभावित । तस्बिरः कुबेर गौतम
वीरगंज, १६ फागुन/ विभिन्न १३ बुंदे मांग पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका तर्राई-मधेश लोकतान्त्रिक पार्टर्ीी एक दिने मधेश बन्दको घोषणा गरेको छ ।
आज बन्दको कारण वीरगंजको जनजीवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारीसाधन, उद्योग कलकारखाना, शैक्षिक संस्था, बजार तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।
तमलोपा, पर्सर्ाा कार्यकर्ताहरूले वीरगंजको घण्टाघरमा टायर बालेर साइकल, रिक्सालाई समेत चल्न अवरोध पुर्याएका छन् ।
आज तमलोपा पर्सर्ाा जिल्ला सचिब रमेश पटेलको नेतृत्वमा निस्किएको एक जुलुसले नगर परिक्रमा गराइ बजार बन्द गराएका थिए भने बाराको भरतचोकमा केन्द्रिय सदस्य जितेन्द्र सोनलको नेतृत्वमा रहेको एक समूहले जुलुस निकाल्नुको साथै सडकमा टायर बालेर सडक अवरूद्ध गरेका छन् ।
आज बिहान सवा सात बजे भवानीपुर जितपुरस्थित बीरगंज पथलैया सडक खण्डमा त.म.लो.पा. सदस्य शिवजीप्रसाद साहको नेतृत्वमा निस्किएको एक जुलुसले बाटो अवरूद्ध गरेको छ । अवरूद्ध बाटो खुलाउने प्रयास भईरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
यसैवीच बन्दको पर्ूव सन्ध्यामा बिहीवार जलेश्वर न.पा.-४ स्थितमा त.म.लो.पा.का आन्दोलन परिचालन समितीका संयोजक नरेन्द्र यादबको नेतृत्वमा रहेको एक जुलुसले महेन्द्र चोकबाट शान्तिपर्ूण्ा जुलुस निकालेका थिए भने र्सलाहीको गढैहिया डुमरियास्थित त.म.लो.पा.का केन्द्रिय किसान संघका सदस्य उपेन्द्र सिंह, सदस्य अलग प्रसाद सिंहको नेतृत्वमा शान्तिपर्ूण्ा जुलुस निकालिएको थियो । मलगंवा न.पा. ८ स्थित त.म.लो.पा.पार्टर्ीीार्यालयबाट जिल्ला अध्यक्ष जंगिलाल रायको नेतृत्वमा निस्किएको शान्तिपर्ूण्ा जुलुसले नगर परिक्रमा गरेको थियो र्।र् इश्वरपुर गा.बि.स.१ स्थित त.म.लो.पा.गाँउ बिकास समिती अध्यक्ष पत्चुलाल महत्तोको नेतृत्वमा पनि जुलुस निकालिएको थियो ।
सरकारले संयुक्त मधेशी मोर्चासँग गरेको ८ बुँदे सहमाति कार्यान्वयन नगरेकेा विरोधमा आजको दिनलाई कालो दिवसको रूपमा मनाउन आज मधेश बन्दको अव्हान गरीएको तमलोपाका केन्द्रिय उपाध्यक्ष रामचन्द्र कुशवाहले बताए।
जिशिअलाई कालोमोसो
काठमाडौं, १६ फागुन/ व्यापक भ्रष्टचार र अनियमितता गरेका प्युठान जिल्ला शिक्षा अधिकारी मानवहादुर क्ष्ँेत्रीलाई कालोमोसो दलिएको छ।
१८ ओटा विद्यालय भवन वनाउंदा व्यापक अनियमितता गरेको, साक्षरता अभियानको क्रममा स्टेशनरी खरिद गर्दा भ्रष्टचार गरेको विषयमा पटक पटक सचेत गराउंदासमेत अटेर गरेपछि उहा“लाई कालोमोसो दलेका हुन्। तरुण दलको नेतृत्वमा भएको उक्त कार्यक्रममा स्थानीयवासीले साथ दिएका थिए। जिल्ला अध्यक्ष मानबहादुर केसीको नेतृत्वमा रहेको तरुण दल जिल्ला कमिटिले उहांलाई कालोमोसो दली प्रमुख जिल्ला अधिकारीलाई विहिवार दिउंसो वुझाएको थियो। पटक-पटक सचेत गराउंदा समेत नमानेपछि उहांलाई कालोमोसो दल्न वाध्य भएको तरुण दलले प्रेषित गरेको समाचारमा उल्लेख छ।
0 comments:
Post a Comment