काठमाडौं, फागुन २० । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि पहल गर्न राजनीतिक दलका नेता, पत्रकार, मानअधिकारवादी, कानुन व्यवसायीलगायत पेशागत संघसंस्था र नागरिक समाजसंग आग्रह गरेका छन् । स्वास्थ्योपचारका लागि आज वीर अस्पताल ल्याइपुर्याइदा संचारकर्मीसंग उनले आफूमाथि नियोजित षड्यन्त्र भएकाले कुनैपनि भ्रममा नपर्न आग्रह समेत गरे।
ममाथि अन्याय भएको छ, धमलाले भने, नियोजित षड्यन्त्रको शिकार बनाइएकाले न्यायका लागि राजनीतिक दलका नेता, पत्रकार, मानवअधिकारवादी, कानुन व्यवसायी, नेपाली लगायत अन्तराष्ट्रि्य समुदायसंग आग्रह गर्छर्ुु जीवनमा कलमबाहेक कुनै हतियार नबोकेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको पक्षमा लागेकै भरमा आफूमाथि षड्यन्त्र भएको बताए । उनले षड्यन्त्रप्रति सचेत र शतर्क हुन भने । धमलाले आफूमाथि परेको अन्यायविरुद्ध बोलेकोमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाप्रति धन्यवाद व्यक्त गरे । न्याय दिलाउन सक्रिय कानुन व्यवसायी, पत्रकार, नागरिक समाज, मानवअधिकारवादीप्रति पनि धन्यवाद व्यक्त गर्दै सबै किसिमका षड्यन्त्रलाई चिर्ने दृढता व्यक्त गरे।
स्मरणीय रहोस्, धमलामाथि रणवीर सेनासंग सम्बन्ध राखेको अभियोग लगाउदै प्रशासनले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनी हिरासत र थुनामा परेको २९ दिन बितेको छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment