हरि शर्मा
नवलरासी, २० फागुन। सुस्ता समस्या समाधान गर्न सुस्तावासीहरुले सभासदहरुसंग आग्रह गरेका छन्।
आज संविधान निर्माणको राय सुझाव संकलन गर्न नवलपरासी आएको सभासद्हरुको टोली समक्ष उनिहरुले सो मांग गरेका हुन्।
पटक पटक समस्या समाधान गर्न सरकार संग आग्रह गर्दा पनि समाधान नभएको जनाउंदै सुस्तावासीहरुले समस्या समाधानका लागि भारत सरकारसंग पहल गर्न सभासदहरुसंग मांग गरेका छन्।
भारतीय अतिक्रणको चपेटामा पर्दै आएको सुस्ताको अवस्था र स्थानीयवासीको संविधान निर्माणमा राय लिन सुस्ता पुगेको सभासदहरुसंग उनीहरुले अतिक्रमण स्थलको सीमांकन गरि स्थायी स्तम्भ खडा गर्न समेत मांग गरेका छन्।
सुस्ता पुगेका सभासदहरु कुमार र्राई, सपना मल्ल प्रधान, कलाउद्दिन देवी, निलम वर्मा, तारा र्घर्ती मगर, पार्वती महतो र विनोद चौधरीसमक्ष भारतीय पक्षले पटकपटक सुस्ताको जग्गा अतिक्रमण गरि स्थानियवासीलाई दुःख दिने गरेको र समस्या समाधान गर्न उनीहरुले आग्रह गरेका थिए।
उता सुझाव संकलन गर्न सभासदहरु महेन्द्र ध्वज जि.सि., हसिना मियां र सुरेश आले मगर पक्लीहवा पुग्नु भएको छ । १२ जना सभासदहरु आउने भनिएपनि २१ नंम्बरको टोलिमा ११ जना सभासद मात्र सहभागी रहेका छन् ।
राय सुझाव संकलन गर्न आईतवारदेखि नवलपरासी आएको सभासदहरुको टोलीसमक्ष सुस्तावासीहरुले सुस्ताको समस्याका वारेमा जानकारी गराएका छन् । सभासदहरुको टोलीमध्येका ६ जना सुझाव संकलन गर्न तनहंु जाने भएका छन्। टोलीले चैत्र ९ गते सम्म नवलपरासीका गाउं-गाउंमा सुझाव संकलन गर्ने बताईएको छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment