५ सशस्त्र प्रहरी जवान गाउंलेको नियन्त्रणमा

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ चैत/ लुटपाट, कुटपिट र महिलालाई दुर्व्यर्वहार गरेको आरोपमा स्थानीयबासीले ५ जना सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।
    गए राति पर्साको खल्वाटोल सिर्सिया ९ स्थित रामेश्वर कम्कडको घरमा पसेर सशस्त्र प्रहरीले २ लाख मूल्य बराबरको धनमाल लुट्नुको साथै कम्कडकी पत्नीलाई दर्ुर्ब्यवहार गरेका छन् भने उनको बुबालाई कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितले बताएका छन्।
    घाइतेको वीरगंजस्थित नारायण्ँी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा राति १ बजे शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रल्हाद केसी र प्रहरी नायव उपरीक्षक सीताशरण्ँ कण्ठ पुगेर दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि पांचजना सशस्त्र प्रहरीलाइ गाउंलेले छाडेका थिए।

    यात्रुबस दर्ुघटनामा १६ घाइते

    वीरगंज, ५ चैत। यात्रुबाहक बस दर्ुघटना हुंदा १६ जना घाइते भएका छन। आज बिहान चार बजे काठमाण्डौबाट धरानतर्फजांदै गरेको ना २ ख ४००३ नम्बरको रात्री बस निजगढको तामागढीमा पल्टिदा बसमा सवार सशस्त्र प्रहरी हवल्दार कुलबहादुर कार्की लगायत १६ जना घाइते भएका हुन्।
    गम्भीर घाइते भएका कार्कीको बीरगंजस्थित नारायण्ँी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने अन्यको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको कारण बस दर्ुघटनाग्रस्त भएको र चालक फरार रहेको प्रहरीले जनाएको छ।

    काठ व्यापारीको हत्या

    वीरगंज, ५ चैत। अज्ञात समूहले बारामा एक भारतीय काठ व्यापारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ।
    गए राति कलैया-१ टेङग्राहा खोला नजिकै भारत मोतिहारी घर भइ कलैयामा काठको व्यापार गर्दै आएका ३० वर्षर्ीीरामशरण्ँ साहको शव फेला परेको हो।
    हत्याका सम्बन्धमा अनुसन्धान भइरहेको बाराका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनु भयो।

    सशस्त्र प्रहरीले डढेलो नियन्त्रण्ँ गर्ने

    वीरगंज ५ चैत। तर्राईको वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण्ँ गर्न सशस्त्र प्रहरीले अभियान संचालन गरेको छ।
    सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाले पर्सा, बारा, रौतहट, र्सलाही र महोत्तरीको वन क्षेत्रको वनमा फैलिएको डढेलो नियन्त्रण्ँ गर्न दैनिक गस्ती त्रि्र पारेको छ। जंगलमा आगो लगाउनेलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिइएको सशस्त्र प्रहरी नायव महानिरिक्षक शैलेन्द्र श्रेष्ठले बताउनु भयो।
    पर्सा बन्य जन्तु आरक्षको जंगलमा पनि डढेलो फैलिएको छ। डढेलोका कारण्ँ आरक्षमा पाइने एक सय नौ प्रकारका पंक्षीहरु र जनावरहरु विस्थापित हुन पुगेको आरक्षले जनाएको छ।

    0 comments: