वीरगंज भंसारका कर्मचारीहरु विरोधमा उत्रिए

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ चैत/ युथ फोर्स र वाइसिएल पर्साको ज्यादतिविरुद्ध वीरगंज भंसारका सम्पर्ूण्ा कर्मचारीहरु विरोधमा उत्रेका छन्।
    आज भंसार कार्यालयका सम्पर्ूण्ा कर्मचारीहरुले कलम बन्द गरी कामकाज ठप्प पारी विरोध जनाएका हुन् ।
    हिजो राति भारतको रक्सौलबाट ३५ जना महिलाहरुले आफनो शरीरमा लुकाएर साडीहरु वीरगंज भंसार हुंदै अन्य स्थानमा लैजान क्रममा युथ फोर्स र वाइसिएलले पक्राउ गरी ३५ पोका कपडा वीरगंज भंसार बुझाएका थिए।
    महिलाहरुले साडीहरु आफनो शरीरमा लुकाउनुको साथै एक-एक पोका बोकेर वीरगंज भंसारबाट कम मूल्याकंन गरी लैजाने क्रममा भंसारका कर्मचारीहरुसंग युथ फोर्स र वाइसिएलबीच विवाद उत्पन्न भएको थियो ।

    कम्युनिष्ट र फोरम प्यानलबीच सिधा टक्कर

    वीरगंज, ५ चैत/ ठाकुर राम बहुमुखी क्याम्पसको चैत ६ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा माओवादी, नेकपा एमाले संयुक्त विद्यार्थी प्यानल र मधेशी जन अधिकार फोरम, सदभावना र तमलोपा र्समर्थक विद्यार्थी संयुक्त प्यानलबीच सिधा टक्कर हुने देखिन्छ।
    यतिखेर वीरगंजमा स्ववियु निर्वाचनमा आ-आफनो प्यानललाई जिताउन राजनीतिक दलका नेता, कार्यकर्ता र विद्यार्थीहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। जय मधेश र लाल सलाम नारा वीरगंज नगरमा विद्यार्थीहरूले घन्काएका छन्। जय नेपालको नारा घन्काउने नेविसंघबाट भने चारवटा प्यानल स्ववियु निर्वाचनमा खडा भएको छ। चुनाव स्थगितको मांग राख्दै नेविसंघ प्यानलका उम्मेदवारहरू आमरण अनसनमा बसेका छन्। र्सवदलीय विद्यार्थीहरूको बैठकमा कुनै पनि हालतमा चुनाव स्थगित हुन नहुने बहुमतको आवाज उठेपछि नेपाली कांग्रेस पार्टर्ीी केन्द्रदेखि नेता नेविसंघको एउटै आधिकारिक प्यानल बनाइ विद्यार्थीहरूबीच एकता कायम गर्न प्रयासरत छन्। वर्तमान मत र्सर्वेक्षण गर्ने हो भने कम्युनिष्ट संयुक्त प्यानल र मधेशवादी संयुक्त प्यानलका विद्यार्थीहरूबीच चुनावमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। कतिपय विश्लेषकले कम्युनिष्ट प्यानलको विजय सुनिश्चित भएको बताएका छन्।
    यसैवीच ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन आयोगले अन्यायपर्ूण्ा निर्ण्र्ाागरेको आरोप लगाउंदै नेविसंघको आधिकारिक उम्मेदवार आफूहरू नै भएको दाबी गर्दै संघका ३ वटा समूहले आमरण अनसन जारी राखेका छन्।
    आज पनि क्याम्पस हाताभित्र नेविसंघ सन्तोष सिंह समूह, मुकेश द्विवेदी समूह र नविन सिंह समूहले तीन स्थानमा अनसनमा बसेका छन्।

    श्री द्वादश ज्योतिलिंग यज्ञ एवं कथावाचन

    वीरगंज, ५ चैत/ मारवाडी सेवा ट्रष्टको ११ हजार दिवसको उपलक्ष्यमा सफल यात्राको प्रसन्नताको निम्ति श्री भगवान शिवको कृपा प्राप्तिका लागि वीरगंजमा चैत ७ गतेदेखि श्री द्वादश ज्योतिर्लिङको महिमा एवं इतिहासलाई उजागर पार्न पांच दिवसीय श्री द्वादश ज्योति लिंग यज्ञ एवं कथा वाचन प्रारम्भ हुंदैछ।
    स्थानीय श्री राणी सति मन्दिर एवं अतिथि सदन मेनरोड वीरगंजमा विश्व प्रसिद्ध विद्वान सन्त पूज्य श्री भूपेन्द्र भाइ पंडयाजीले चैत ७ गतेदेखि १० गतेसम्म प्रत्येक दिन दिउंसो २ः३० बजेदेखि ६ः३० बजेसम्म कथा वाचन गर्नुहुनेछ। चैत ११ गते श्री द्वादश ज्योतिर्लिङ यज्ञ हुनेछ।
    मारवाडी सेवा ट्रष्टद्वारा आयोजित श्री द्वादस ज्योतिर्लिङ यज्ञ एवं कथा वाचन समारोहका अध्यक्ष हिरालाल केडिया, उपाध्यक्ष बाबुलाल चाचान, सचिव रामअवतार खण्डेलवालले भव्य एवं दिव्य सो समारोहमा उपस्थित भइ कथा श्रवण, सन्त दर्शन, प्रभु पूजनको त्रिवेणी लाभ लिन सबै श्रद्धालु भक्तजनहरूमा अनुरोध गर्नुभएको छ।
    सो समारोहलाई भव्यतापर्ूवक सफल पार्न श्री श्याम हनुमान ज्योति मण्डल, श्री श्याम नवयुवक मण्डल, श्री श्याम परिवार, श्री महावीर मन्दिर कमिटी, श्री सुन्दर काण्ड समिति, श्री कृष्ण प्रणाली, धार्मिक संस्था र मारवाडी समुदायका नरनारी विशेष रूपमा सक्रिय देखिएका छन्। यस यज्ञ र कथा वाचनमा तीन लाखभन्दा बढी नेपाल र भारतका मानिसहरू सरिक रहने आयोजक समितिको अनुमान छ।

    0 comments: