भंसार कर्मचारीको आन्दोलन फिर्ता

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • अपडेट
    वीरगंज, ५ चैत/ वाइसिएल र युथफोर्सले वीरगंज भंसारका कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउदै आन्दोलनमा उत्रिएका भंसारका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन्।
    आज वीरगंज भंसारका कर्मचारीहरुले भंसार ढाट बन्द गरी पेनडाउन गरेपछि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले चैत १० गते पुनः बैठक बस्ने शर्तमा पेनडाउन हडताल तोडिएको हो।
    भारत रक्सौलबाट भंसारको मूल नाका हुंदै महिला तस्करहरुले राजस्व छलि साडी, सुरुवाल कर्ुता कपडा लैजांदै गर्दा गए राति वाइसिएल तथा युथफोर्स पर्साले बाटोबाट पक्राउ गरी भंसार बुझाएका थिए।
    सोही समय वीरगंज भंसारका कर्मचारी र युथफोर्स र वाइसिएलबीच विवाद भएपछि युथफोर्स र वाइसिएलले सडकमा टायरबाली कर्मचारीहरुलाई गाली गर्नुको साथै ज्यान मार्ने धम्की दिएको भंसार स्रोतको भनाइ छ।
    भ्रष्ट भंसार कर्मचारीहरुले कपडाको कम मूल्याकंन गरी छाडेको घुस लिएर राजस्व नलिएको भन्दै दोषी कर्मचारीहरुलाई कारबाही, पक्राउ गरिएको तस्करीको कपडा भंसार दाखिला गर्नुपर्ने वाइसिएल तथा युथफोर्सका ेभनाइ छ।
    आज वीरगंज भंसारका कर्मचारीहरुले तातो पानी भंसार नाका तथा त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल बाहेकका सम्पर्ूण्ा भंसार नाकामा पेनडाउन गर्न लगाएपश्चात प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी निरीक्षक, जनपथ प्रहरी निरीक्षक, नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, युथफोर्स, वाइसिएलका प्रतिनिधिहरुको रोहबरमा एक आकस्मिक बैठक बसेर पुनः चैत १० गते ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा बैठक बसी निर्ण्र्ाागर्ने सहमतिमा कर्मचारीहरुको हडताल फिर्ता लिएका हुन्।
    यता हिजो राति ३८ जना महिलामध्ये १९ जना महिला तस्करहरुले भंसार राजस्व तिरेको भेटिएपछि तत्काल सामान लिई गए पनि बा“की तस्कर महिलाहरु भंसार मूल नाकामा आज धर्नादिइ बसेका छन्।

    0 comments: