बम विस्फोटको आरोपमा १ जना पक्राउ

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ५ चैत/ बम विस्फोट गराएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। गए राति ८ः५० बजे वी.उ.म.न.पा. भानुचोक, बाईपास रोडमा टिनको कन्टेनरमा पट्का पड्काएको आरोपमा १६ वषर्ीय राजकुमार गोसाइ सहित ३ जना पक्राउ परेका हुन्।
    बम विस्फोटबाट कुनै क्षति भएको छैन भने १५ थान अखिल तर्राई मुक्ति मोर्चा जयकृष्ण गोईतको हस्ताक्षर भएको पम्पलेट फेला परेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालयले जनाएको छ। अन्य ३ जनालाई प्रहरीले नियन्त्रणमुक्त गरेको प्राप्त समाचारमा उल्लेख छ।

    श्रीमान र ससुरा मिलेर बुहारीको हत्या

    महोत्तरी, ५ चैत/ श्रीमान र ससुराले आफनै बुहारीको हत्या गरेका छन्।
    मंगलवार इटहर्वापट्टी-४ बस्ने शिवचन्द्र सिंह र छोरा पवित्र सिंहले २० वषर्ीया सिर्जना देवी सिंहको हत्या गरी नेपाल-भारत दशगजा सिमानामा फालेको प्राप्त समाचारमा उल्लेख छ।
    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पवित्र सिंहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
    अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच भिडन्त

    नुवाकोट, ५ चैत/ अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच भिडन्त हुंदा ५ जना घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्यांस प्रहार गरेको थियो।
    आज बिहान १०ः३० बजे आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको तुल ब्यानर र पम्पलेट अनेरास्ववियूले च्यातेको बिषयलाई लिएर दुवै पक्षबीच झडप हंुदा अखिल क्रान्तिकारीका ३ जना र अनेरास्ववियूका २ जना र्घाईते भएका हुन्।
    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यांस प्रहार गरेको थियो।
    घाइतेहरूको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते अखिल क्रान्तिकारीका १ बिद्यार्थीलाई थप उपचारको लागी काठमाडौ पर्ठाईएको छ।

    युवकको मृत्यु

    काभ्रे, ५ चैत/ अचेत अवस्थामा फेला परेको एक युवकको मृत्यु भएको छ।
    आज बिहान ४ बजे डाप्चा फुलबारी-८ घर भई हाल बनेपा न.पा.-५ मा डेरा गरी बस्ने २८ वषर्ीय राजन सुनुवारलाई लडीरहेको अवस्थामा फेला परेपछि उपचारको लागि लैजाने क्रममा सो युवकको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

    गाविस सचिव बेपत्ता

    रौतहट, ५ चैत/ चार दिनदेखि गाविस सचिव बेपत्ता भएका छन्।
    चैत १ गते रौतहट भेलही बह्मापुरी-१ घर भई हाल गा.वि.स.मत्सरीमा कार्यरत गाविस सचिव गजेन्द्र मिश्र हालसम्म बेपत्ता भएको निजको परिवारजनले जानकारी गराएको छ।
    घटनासम्बन्धमा सोही गाविसका प्राविधिक सहायक उमेश चौधरीले प्रहरीमा खबर गरेको र बेपत्ता गाविस सचिवको खोजतलास भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

    चुरे भावरका कार्यकर्ताहरूले टिपर र चालकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाए

    नया“रोड, ५ चैत/ खोलाबाट बालुवा र गिट्टी निकालेको आरोपमा चुरे भावरका कार्यकर्ताले २ टिपर र चालकसहित चारजनालाई पक्राउ गरी प्रहरीमा बुझाएको छ। घटनाको विरोधमा टिपर चालकले अवरूद्ध गरेको महेन्द्र राजमार्ग सुचारू भएको छ।
    आज बिहान १०ः३० बजे महेन्द्र राजमार्गको सासापुरस्थित वागमतीबाट २ टिपरले ढुंगा-बालुवा लोड गरी पर्ूवतर्फजाने क्रममा चुरेभावरका कार्यकर्ताहरूले ढुंगा र बालुवा अनलोड गरी टिपरहरू नियन्त्रणमा लिएका छन्। सोही बिषयलाई लिएर टिपरका साहु भरत थापाको नेतृत्वमा रहेको एक समूहले नयां रोड र कर्मैया गाविस-२, ४ को बीचमा टिपर तर्ेसाइ बाटो अवरोध गरेका थिए।
    चुरे भावरका कार्यकर्ताले २ टिपर र ४ जनालाई प्रहरीसमक्ष बुझाएपछि दिउंसो १ बजेदेखि अवरूद्ध राजमार्ग खुलेको प्राप्त समाचारमा उल्लेख छ।

    माछा पोखरीमा विष

    महोत्तरी, ५ चैत/ अज्ञात व्यक्तिले माछा पालन पोखरीमा विषादी हालेपछि २ लाख बराबरको क्षति भएको छ।
    चलीतर सहनीले ठेक्का लिएको इटहर्वाकट्टी गाविस-९ स्थित पोखरीमा आज बिहान १ बजे अज्ञात व्यक्तिहरूले बिष हालेपछि करिब २ लाख बराबरको क्षति भएको हो। बिषादी राख्ने व्यक्ति फेला नपरे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    दर्ुघटनामा दुइजना घाइते

    सिमरा, ५ चैत/ मंगलवार वीरगंज- पथलैया सडकखण्डको पिपरा सिमरा-५ बजनीमा जितपुरबाट पथलैयातर्फआउंदै गरेको ना.४प.३३१३ नं.को मोटरसाइकललाई नम्बर खुल्न नसकेको एक टिपरले ठक्कर दिंदा सिमरा-३ निवासी २७ वषर्ीय सन्तोष घिमिरे सामान्य र्घाईते भएका छन्।
    घाइतेको स्थानीय मेडिकलमा उपचार भएको थियो।
    यसैवीच मंगलवार पृथ्वीराजमार्गको जोगीमारा-९ मझीमटारमा पोखराबाट काठमाडौतर्फआउदै गरेको ग.४प १७९५ नं.को मोटरसाइकलले ४५ वषर्ीया हस्तकुमारी मल्ललाई ठक्कर दिंदा र्घाईते भएकी छन्। घाइतेको मलेखु अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    अवरूद्ध सडक सुचारू

    सिन्धुली, ५ चैत/ चैत २ गतेदेखि अवरूद्ध रहेको बनेपा खुर्कोट सडकखण्ड हिजो दिउंसो २ः५० बजेदेखि सुचारू भएको छ।
    काभ्रे बस व्यवासायी संघ, बिद्यार्थीहरू, धुले रोड समिति सिन्धुली र प्रहरीबीच भएको छलफलमा बिद्यार्थीलाई ३० प्रतिशत, र्सवसाधरणलाई प्रति किलोमिटर ३ रूपैयां लाग्ने सहमति भएपछि अवरूद्ध सडक सुचारू भएको हो। सो रूटमा चल्ने गाडीहरूले ४५ प्रतिशत भाडा छुट नदिएको भन्दै सुनकोशी क्याम्पस र प्रगतीशील उ.मा.वि.रातामाटाका बिद्यार्थीहरूले सो सडकखण्ड अवरूद्ध पार्दै आइरहेका थिए।

    0 comments: