चुनावको पर्ूव तयारी नभएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड, बजार बन्द गराउंदै

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, ५ चैत/ स्ववियु निर्वाचनको पर्ूव तयारी निर्वाचन आयोगले नगरेको आरोप लगाउदै ठाकुर राम बहुमुखी क्याम्पस, नेविसंघका विद्यार्थीहरुले आज क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् ।
    नेपाल विद्यार्थी संघ र्समर्थक विद्यार्थीहरुले स्ववियु चुनाव भोली भए तापनि निर्वाचन आयोगका सदस्यहरु र क्याम्पस प्रमुख दुवै पक्ष विगत ४ दिन देखि बेपत्ता भएकाले चुनावको पर्ूव तयारी हुन नसकेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त रामनारायण कर्ण्र्ाा चैत्र ४ गते सम्ममा मतदाता परिचय पत्र बनिसक्ने बताए पनि हाल आयोगका कुनै पनि सदस्य आफनो कक्षमा नभएपछि सवै विद्यार्थीको परिचय पत्र पनि बन्न नसकेको र निर्वाचनको तयारी पनि पूरा नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । आक्रोशित विद्यार्थीहरुले अहिले नारावाजी गर्दै बजार समेत बन्द गराउंदै हिडिरहेका छन् ।

    0 comments: