पत्रकार धमलाप्रति राष्ट्रसंघिय चासो

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in

  • काठमाडौं, ९ चैत/ नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेले पत्रकार ऋषि धमला लगायत अन्य दर्ुइ पत्रकारहरुलाई अदालतले रिहा गरिसक्दा पनि सरकारले जेलमा राखिरहेको घटनाप्रति गहिरो चासो व्यक्त गरेकी छिन् । आज आयोजित पत्रकार सम्मेलनमा उच्चायुक्त पिल्लेले भनिन पत्रकार धमला लगायत अन्य पत्रकारहरुको केसमा आफ्नो नेपाल स्थित कार्यालयले गहिरो अध्यन गरिरहेको छ । उनले मानवअधिकारको रक्षा र प्रेस स्वतन्त्रताका विषयमा आफ्नो कार्यालय अत्यन्त सजग रहेको बताईन् । उच्चायुक्त पिल्लेले नेपालमा मानवअधिकारका रक्षक र पत्रकारहरु आफ्नै सुरक्षाका लागि बढि सचेत रहनुपर्ने अवस्था रहेको बताउँदै मानवअधिकारका रक्षक पत्रकारहरुप्रति विशेष ध्यान दिन सरकारसंग आग्रह गरेकी छिन् । सरकारले नै गिरफ्तार गर्ने, अनुसन्धान गर्ने रफैसला गर्ने गरिरहेको कार्य तर्फईकिंत गर्दै उच्चायुक्त पिल्लेले नेपालकोन्याय पालिका सक्षम र क्षमतावान भएकाले पत्रकारहरुलाई लगाईएको मुद्धा अदालतबाटनिरुपण गर्न सरकारलाई सुझाव दिएकी छिन् । "अनुसन्धानको नाममा लामो समयथुनामा राख्नु मानवअधिकारको ठाडो उलंघन हो" उच्चायुक्त पिल्ले भनिन् ।

    1 comments:

    Anonymous said...

    k ho manab adhikar ko kura matra garchha eni haru, chor lai chor ta banna paiyo ni yaar.

    Aru le j bane pani ma ta dhamala lai khatam giroha ko manchhe nai banchhu.